आज मौसमले खासै साथ दिएन। रातीदेखी लगातार परेको निरोधार पानीले काममा जान मननै मानेको थिएन। तर के गर्ने नेपाल भएपो ह्या पानी पर्यो जाँदीन भन्नु। यता त साहुलाई अलिकति मनमा सङ्का लाग्यो भने नआईज भोलीबाट भन्दिन्छन्। फेरी साहु पनि किच्किचे छ। अलिकती ढिला पुग्दा त बाघले स्याललाई घुरे जसरी हेर्छ।
के गर्नु फेरी मुखको माडको कुरो छ। जान मन नभई नभई मोबाईलको रिङटोनले सबै रातभरी देखेका अनि बुनेका सपना चकनाचुर पारी दिन्छ। राती अबेर कामबाट फर्किदा अनलाईन आई राख्ने मोरी पनि खै कता गई कता। यता आउनेबेला निधारमा मोही खाँदै अब छिट्टै सबै बन्दोबस्त मिलाएर तिमीलाई लगिहाल्छु नि भन्दै बिदा भएको पनि लगभग एकबर्ष बितेछ। कोहीसँग बोल्दा सम्म डाह हुन्थ्यो मलाई। त्यसरी मस्केर चाँही बोली हाल्नु पर्दैन थियो है भन्दै अरुको गिद्दे नजरबाट जोगाउन खोज्थे। राती अबेर कामबाट फर्कीदा पनि एक घण्टीमा फोन उठाउँथी र मेरै फोनको प्रतीक्षामा छु भन्दै अत्तालिदै बोल्थी अनि मायाँका कुरा गर्ने मोरी एकाएक फेशबुकबाटै हराई। शायद गाउँ गई होला मामाघरमा ईन्टरनेट नभएर पनि हुन सक्छ। मनलाई सान्त्वना दिन्थे।
यस्तै कुरा मनमा खेल्दै गर्दै उसको फेशबुक गएर उनको नखरमाउली प्रोफाईल पिक्चर हेर्न मन लाग्यो। उनको नाम सर्चबक्समा डायल गरे। तर उनको नाम त्यहाँ आएन। धेरै चोटी गरे। अहँ आएन। मलाई बिश्वास गरेर पास्वर्ड दिएकी थिई। पासवर्ड हालेर ट्राई गरे। त्यो पनि भएन। मनमा त्यसै चिसो पसेर आयो। शायद केही पो भयोकी। बिरामीपो परिन् कि। फेरी सधै फेशबुकमा कुरा हुने बानी, मसँग उसको नम्बर पनि थिएन र उसको कोही आफन्तको सम्पर्क नम्बरनै लिएको थिएँ। मै मोरो पनि त्यस्तै सोझो।
मन भारी बनाउदै साँझको कामबाट फर्कीदै थिएँ। एक्कासी उसको प्रोफाईल खुल्यो। नाकमा नथ्था लगाएकी अनि अरुनै कुनै केटासँग बनारसी साडीमा सजिएकी प्रोफाईल पिक्चर देखे। ठम्याउनै सकिन। उनीनै हुन भनेर। जुम गरेर हेरे। उनीनै थिईन्। मनमनै सोचे ठिकै गरिछीन्। मेरो प्रतीक्षामा बसेकी भा अझै कति बर्ष बिताउन पर्थ्यो। जे जस्तै भएनी सार्है नखरमाउली थिईन्। अनि लेखिदिए कमेन्टमा अल द बेस्ट, कमसेकम निम्तो दिएको भए तिम्रो नाममा काटेका कैयौ यादहरु तिमीलाई गर्दुवामा दाईजो सम्जेर दिने थिए। कङ्ग्राचुलेसन फर योर न्यु डे एण्ड न्यु बिगीनिङ लेखेर सेन्ड गरे र सधा सधाको लागि फेसबुकबाट अन्फ्रेन्ड गरि दिए।