धेरैलाई बिदेशको लाईफ स्टाईल देखेर त्यस्तो रमाईलो जिवनयापन आफुले पनि भोग गर्न पाएँ कस्तो न हुन्छ भन्ने शोच अख्सर धेरै युवाहरुको हुन्छ। धेरैले चाहेर पनि बिदेश आउन पाईरहेका हुँदैनन्। कोहीलाई पढाईले धोका दिएको हुन्छ त कोहीलाई घरको आर्थीक स्थितीले। यसरी बिदेश जाने भुतले समाए पछि जुनसुकै हर्कत गरेर भएपनि बिदेश छिर्ने दाउमा लागेका हुन्छन्।
आजकाल फेशबुक र भाईबर अनि ईन्स्टाग्राम जस्ता सामाजिक सन्जालहरु गतिलो साधन भएका छन्।
फेरी बिदेशको लाईफ स्टाईल दुईवटा हुन्छ। एउटा देखाउने अर्को यथार्थ। देखाउन सबै खोज्छन् अझ युवाहरुमा कसरी हुन्छ देखाउने लर्कोनै लागेको हुन्छ। तर पछाडीको बास्तबिकता छुट्टै हुन्छ जुन देखाउन चहाँदैनन्। सुकीला लुगामा समन्द्रको तटमा खिचिएको फोटो होस् या सपीङ टाईम होस्। मुभी हेर्न गएको चेकईन् होस् या रेस्टुरेन्टको डिनर टाईम हो। केले अरुलाई आकर्षीत पार्छ त्यो राख्यो अनि त्यहि देखावटी आकर्षणमा फस्छन् कैयौ मान्छेहरु। अनि त्यहि लोभमा आफुले पनि आफ्नो जालमा फसाउन जे पनि गर्न तत्पर हुन्छन् आजकालका युवाहरु।
कोही सम्पती र पैसाको रवैया देखाएर फसाउन खोज्छन् भने कतिले आफुलाई नङ्गाएर पनि फसाउन खोज्छन्। डिपेन्डेन्टमा आउने ठुलो सपनाको खातिर फेसबकमा चिनेको साथीलाई आफ्नो सर्बर्शो देखाउन पनि हिच्कीचाउँदैनन्। एकछिन फेशबुकमा च्याट गरेको भरमा आफुलाई फेसबुकबाटै नङगाई दिन्छन्। कारण एउटै हुन्छ नग्नताको लोभमा परेर कतै डिपेनडेन्टमा लगिपो हाल्छकी भन्ने। यो आजकालको अदृश्य बास्तबिक यथार्थ हो।
हाम्रो समाज कता तिर जादै छ, आखिरी किन यसरी आफ्नो जिन्दगीलाई बिदेश आउने लोभको कारण नङ्गाउँछन्। भोली कदमकदाचित यस्तो हर्कत बाहिर आयो भने यसको जिम्बेवारी कसले लिने। हातमा स्मार्ट फोन छ भन्दै कुनै अपरिचीत व्यक्तीलाई केही दिनको कुराकानीमा सबै भन्दा ठुलो बिश्वास गर्न सक्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो कि होईन। फेशबुकमा भेटेको भरमा दुई चार दिनमै मायाँ प्रेम बस्ने कस्तो मायाँ हो। अनि केही दिनको फोन बार्तामा सर्वश्व देखाउने कस्तो चटक हो।
के सन्चारले फड्को मार्दै जाँदा त्यसैको भर्पुर प्रयोगको उपज पो हो कि । युवा बर्ग सचेत हुन जरुरी छ। भोली क्षणभरको रोमान्स र जोशको कारण आफ्नो जिन्दगीमा त्यहि रोमान्स सबै भन्दा ठुलो धोका नबनोस्। सोच बिचार गरेर आफ्नो लिमीटमा बसेर अघि बडेको राम्रो हुन्छ। यहाँ भन्न खोजीएको जसलाई हो उहाँहरुले आफै बुझ्नु हुन्छ। कसैलाई लाल्छना लगाउन कदापी खोजीएको होईन। भैसके पछि पुर्पुरोमा हात राखेर सधैको लागि तनाबमा बाँच्नु भन्दा सम्यमित भएर आफुलाई परिस्कृत गर्दै लैजाँदा आफुलाई भलो हुन्छ भने किन जोशमा आएर होस गुमाउने।
नोटः जो जससँग सम्बन्धित छ