भिक्टोरीयाको लागि नेपाली सामदायीक भवन बनाउने जिम्मा लिएको एएनएमसीले नेपाली समुदाएसँग साक्षात्कार गर्ने भएको छ। हाल सम्म भएको कामको प्रगती बिवरण र समुदायसँग राय सल्लाह लिने अपेक्षाका साथ यहि ९ सेप्टेम्बर शनिबार बिहान दश बजे एक साक्षात्कार कार्यक्रम आयोजना गर्न लागेको हो।
समुदायसँग प्रतीक्रीया र सुझाव सङ्कलन गर्दै कसरी यस कार्यलाई चाँडो भन्दा चाँडो निचौडमा पर्याउन सकिन्छ भन्ने बारे छलफल हुने जानकारी रहेको छ। यससँग आबद्द सबै आजिवन सदस्य लगायत सम्पर्ण नेपाली समुदायलाई यस कार्यक्रममा आएर आफ्नो राय अनि सुझाव दिन हुन एएनएमसीले अनुरोध गरेको छ।
नेपाली सामुदायीक भवन एउटा साझा नेपाली घर हो जहाँ नेपाली कला, धर्म ,सँस्कृती, भाषा लगायत नेपाली पनको आभाष झल्किने बस्तुहरु पाईनेछ। नेपाली समुदायमा हुने गतिबीधिहरु गर्न खासै भौतारीन पर्दैन र नेपालको पर्यटकीय प्रबर्दन गर्न यसले प्रमुख भुमीका खेल्ने छ।
कार्यक्रमको बिबरण यस प्रकार रहेको छ
Program: ANMC Community Consultation
Date and Time: 10:00 AM, Saturday 9th of September 2017
Venue: Central Australia College (CAC), 8/10 Cross St, West Footscray VIC 3012