eNepal

बढो मजा लाग्यो यो नेपाल आईडलको टिमको पैसा कमाउने आईडिया

के केटी भएकी कारण सुजता पान्डे आउट भईन्। के उनका फलोअर्सनै कम भएर बाहिरीएकी हुन्। के भोटनै कम आएर बाहिरीएकी हुन्। आखिरी किन निर्णायकहरुको पावर लागेन सुजता पाण्डेलाई। के महिला भएकै कारण टप पाँचमा पुग्दा समेत हार सहर्ष स्विकार गर्दै निस्कँदा खै त तिमीहरुको भिटो पावर।

आज लाखौ दर्शक टप चारबाटको बिहीरीने हुन् भनेर कुर्दा कार्यक्रमको अन्त्य सम्म दर्शकलाई भ्रममा राख्दै जर्जको पावर लाग्यो र कोहीपनि बाहिरीएनन्। के यो भेदभाव भयो की भएन।
नेपाल आइडल सारा नेपाली जनताको माझ लोकप्रिय कार्यक्रम थियो हिजोसम्म तर हिजोको परिणाम पछि एकाएक मानिसहरु माँझ यस कार्यक्रम प्रती नकारत्मक प्रभाव परेको छ। बिभीन्न टिकाटिप्पणीहरु सुरु भएको छ। के यो जन्ता को पैसा असुल्ने काम हो ? हिजोबाट पैसा मै बिकेको हो नत्र हिजो चार जना मध्य एउटा जसरी नि नियम अनुसार आउट हुन पर्ने जस्ता करा बजारमा आएका छन्।

आज फेसबुक भरि हिजो सम्म लोकप्रीयताको शिखरमा पुगेको नेपाल आईडल एकाएक बहिस्कार गर्ने पक्षमा धेरै लागेका छन्। टप थ्रिका लागि भएको भोटीङमा ३७ लाख भोट खसेको जनाईएको छ । एमएमएसकै कुरा गर्ने हो भने पनि प्रति एमएमएस पाँच रुपैयाँका दरले १ करोड ८५ लाख रुपैयाँ दर्शकले आइडलका नाममा समर्पित गरेको देखिन्छ । एलिमेनेसन राउण्डको अन्त्यमा आएर एकाएक कुरा बद्लिएकोले यसमा पक्कै राजनीति घुसपैठ भएको देखिन्छ।

यसको अर्थ पुन: अर्को पटक पनि दर्शकले टप थ्रिका लागि भोट गर्नुपर्ने भो । यसको अर्थ अर्को ३७ लाख भन्दा बढी भोट फेरी आउने आस नेपाल आईडललाई छ । अव यत्तिको रकम उठाउनु नेपाल आईडलको सुन्योजित षडयन्त्र त पक्कै हो। के कतार जम्बो टोली लगेर फिनाले गर्न अपुग रकम जुटाउने षडयन्त्र त होईन। के यसरी जनतालाई छारो हालेर व्यापार गर्न पाइन्छ ? दर्शकले बुझिसके जादु देखाएर सिलाजीत बेच्ने चटकेहरुको दाउ ? अव जति नेपाल आईडलको क्रेज थियो हिजो सम्म त्यसमा कमी पक्कै आउँछ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349