अब यो थेगो दन्त्य कथाहरुमा मात्र सिमीत भयो। छोराले जस्तो काम छोरीले पनि गर्न सक्छे भन्ने काममा अडिग रहिन रमा। कहिल्यै बरालिनन्, आफ्नो कर्ममा कटिबद्द भएर लागिन। पढाईमा सधै कक्षाका केटालाई टक्कर दिने रमाले कहिलै कक्षामा दोश्रो हुन परेन। सानै देखि पढाईका अलावा अतिरिक्त क्रियाकलापमा उस्तै टाठी रमाले गाउँमा कोही मर्दा मलामी देखी चोरले बितण्ड मच्चाउँदा केटाहरुसँग चौकीदारी पनि गरिन्। निड्डर र आईपरे अघि सर्न नहिच्काउँने रमाले एसएलसी पनि राम्रो नतिजा लिएर पास गरिन। बिज्ञान बिषय लिएर प्लस टु पढेकी रमामा खासै प्रेमको चक्करमा डुव्न रुचाईनन्। मन पराउने नभएका होईनन्। फेसबुकमा म्यासेज नगर्ने पनि नभएका होईनन् अनि कलेज सकेर कलेज बाहीर ढुकेर बोल्नेहरु पनि नआएका होईनन्। तर कसैलाई चोट नपुराई साथीत्वको नजरले हेर्थिन्। त्यहि भएर सबैले मन पराउनु स्वभाबीकै थियो।
सानैमा बाबा बित्नु भएको घरमा भाई र आमा मात्रै। दिन प्रतिदिन ब्यवहार बड्दै गयो। भाईको र आफ्नो खर्च आमाको त्यो प्राईभेट जागीरले कतिनै धान्थ्यो र। आमाले दुख गरेर पढाएको उसले टुलुटुलु हेर्न सिवाय केनै गर्थी। तर मामाघर भने पैसावाला थिए। ठलो मामा बैकका प्रबन्धक अनि कान्छा मामाको होटेल त्यो पनि पर्यटकीय नगर पोखरामा।
अव यसरी आमालाई दुख दिएर बस्न हुन्न। सबै गएका छन् बिदेश। म जान पक्कै नसक्ने होईन। म पढेकी छु काम गर्न सक्छु अनि व्यबहार चलाउन सिकेको छु। म किन नजाने बिदेश। के फलानोको छोरोले कमाएको पैसा म कमाउन सक्दिन र। के मैले पढेर भोली आमालाई पनि देशबिदेश घुमाउन सक्दिन र। यहि शोचका साथ आमालाई बिदेश जाने कुरा दर्शाई। आमाले शुरुमा त छोरी मान्छे के गर्छेस अर्काको देशमा। न कोही चिनेको छ न कसैले कठै बरा भन्छ पर्दैन जान बोरु यहि जागीर खा भनेर अन्काउनु भयो। तर राम्रोसँग सम्झाएपछि अनि मामाहरुको सहयोगमा रमा अस्ट्रेलीया आई पुगीन।
बिरानो देश न कोही चिनेको छ न कठै भन्ने। सबै भन्दा ठुलो सकारत्मक आत्मबल भए पछि कसैको भर परि रहनु पर्दैन। केही साथीहरुसँग सम्पर्कमा रहि। काम खोज्न जतातातै धाई। कहिँ आश देखाए तर धेरै ठाउँमा निराश। केटाले मात्र गर्छन किचेन हेन्ड काम भन्नेलाई च्यालेन्ज दिएर तिन महिना ग्रीक रेस्टुरेन्टमा किचन ह्याणड गरिन्। त्यहि रेस्टुरेन्टमा काम गर्दै जाँदा एकजना ग्रीकको मान्छेले घर बनाउने कुरा सेफ मात्र थाहा पाईन्। एकजना ईटलियन बिल्डरसँग मिलेर घर बनाउने कामको लागि सहयोगी हात चाहिएको थाहा पाई। सेफ मज्जाको भएर आफुले त्यो काम गर्न सक्ने जानकारी दिईन्। सेफ एकछिन त हाँसे अनि म कुरा गरेर खबर गर्छु भनेर सेफले आश्वासन दिए।
त्यो इटलीयनले पठाईदे न त भनेर भनेछ। रमा भोली पल्ट काम गर्ने ठाउँमा गईन। काम घर बनाउने रहेछ। शुरुमा त हाँस्यो तैले यो काम गर्न सक्छेस भन्दै। सक्छु मेरो काम मन पराईस भने मलाई बोला भन्यो। काम गरि रहेको बानी। घरमा हुँदा पनि कहिले खेतीपातीमा आमाहरुलाई सहयोग गरेको ज्यान भएर होला रमालाई खासै गार्हो लागेन।
काम गर्दै गर्दा हाँसेर सोध्ने बानीले सायद साहुले मन पराएछ क्यारे उसको काम। उसलाई सधै बोलाउन थाल्यो। भन्थ्यो केटाहरु भन्दा त तैले धेरै राम्रो र छिट्टो काम गर्दो रहेछस्। अव तँ र म भएर यो घरको काम सक्न पर्छ। नभन्दै जग हाल्ने देखि वाल लगाउने, ईट्टाको गार्हो लगाउने देखी छानोको टायल हाल्नेसम्म रमाले गरी। कहिले काँही खुसी भएर बोनस पनि दिन्थ्यो। त्यो र रमा मिलेर एउटा सिङ्गो घरनै तयार गरे।
पैसा पनि क्यासमा दिन्थ्यो। हरेक महिना घरमा खर्च र ऋृण घटाउन पैसा पठाउँथी। कलेजलाई फि तिर्न पनि खासै गार्हो भएन। क्रमसः काम र पढाईलाई निरन्तरता दिदै गई। पढाई पनि सकियो आईएलटिएसमा सात पनि आयो। पिआरको लागि आबेदन दिईन् नभन्दै पिआर पनि आयो। ग्रेजुयसनको मिती कलेजबाट निस्कियो। सोचे छोरा छोरीको खुसीको लागि कुनै दुःखको परबाह नगरीकन यो स्थानमा पुर्याउने आमालाई एकचोटी बोलाएर आफुले गरेको पौरख देखाउँ। भाई र आमाको भिषा आबेदन भरिन्। भिषा आयो अनि आमा र भाईलाई तिन महिना राखेर मज्जाले घुमाई दिन्। आफुले गरेको दुःखपनि देखाईन् र अहिलेको काम पनि देखाई दिईन्। हाल उनी एक एजक्येरमा फुल टाईम जागीर खान्छिन्। आमाले बिहे गर्ने कुरो चलाई रहँदा हाँस्दै तपाई आफै हेर्नु होस् मलाई सुहाउने तपाईको ज्वाई भन्दै आमालाई त्यसको जिम्बेवारी दिईन्। अहिले आमा भन्छिन कताबाट छोरी भएर जन्मिछस् हुन पर्ने त छोरो हो। सबै कुरा छोराका दिए एउटै कुरोमा भगवान झुक्कीएछन्। एक छिन हाँसो भयो। अब त छोरो पाए बिदेशमा छोरी पाए ज्वाईलाई भन्ने जुग गयो। छोरा छोरी दुबै सरोबरी। गरे छोरीले पनि सन्सार हाँक्न सक्छन्।