एकचोटी पासपोर्टको फोटो मुनीको लेखिएको Nationality भन्ने लाईन हेरौ त, के त्यहाँ बाहुन, क्षेत्री, नेवार, मधेसी, पहाडी, झापाली, चितवने भनेर लेखिएको छ। पक्कै छैन। सुन्दर देश नेपाल भनेर लेखिएको छ। अस्ट्रेलीयन सरकारले पनि सबैलाई भिषा नेपाली भनेर दिएको हो कुनै जात, जाती, साम्प्रदाय, ठाउँ बिषेश भनेर पक्कै दिएको होईन। अनि केको लागि चाहियो आफ्नो छुट्टै पहिचान। हामीले नेपालमा देखौ, भोग्यौ, नजिकबाट आत्मसाथ गर्यौ र यसले केबल बिभाजन मात्र ल्याउँछ, भाई भाई बिच कटाक्ष हुन्छ, बैरीले हाँस्ने मौका पाउँछन् भन्ने थाहा हुँदा हुँदै त्यो भ्रुण आफु सँगै लिएर आयौ।
आज नेपालमा भन्दा बढी राजनिती यता हुन्छ, जातको नाममा झगडा नेपालमा भन्दा बढी यता हुन्छ, प्रदेशको नाममा कोलाहल नेपालमा भन्दा यता बढी हुन्छ। नेपाली भनेर हामी आफै गर्व गर्दैनौ भने हाम्रा पछिल्ला पिडीले के सिक्ने। नेपालको राजनीति यतैबाट चल्छ। तराई बाढीले ग्रस्त भएको बेला सबै एक जुट हुनु भन्दा बिभीन्न सँघ र सँस्थाको नाम गरेर राहत भन्दै पैसाको व्यापार गरिएको छ। फलानोले राहत सङकलन गर्यो तर मधेसलाई बेवास्ता गर्यो, हामी झापाका मान्छेले राहत सङ्कलन गर्यौ अव यो राहत झापामा बाढीन्छ। चितवन समाजले उठाएको रकम चितवनमा मात्र बाडीनु पर्छ। कस्तो समय आयो सबैले आफ्नो क्षेत्र र ईलाका मात्रै हेर्ने सिङ्गो नेपाल भनेर कोहीसे नसोच्ने।
पहिलो चोटी भईरहेको नेपाल आईडलमा नि त्यही कुरो छ। फलानोलाई जिताउन हुन्न किनकी त्यो बाहुन हो रे, ढिस्कानालाई जिताउन पर्छ किन की त्यो बुहुजातीमा पर्छ रे। फेसबुक हेर्यो भने जात जातको कुरालाई लिएर बहस हुन्छ। जसले जिते नि एक नेपालीले जित्ने हो तर यहाँ त्यहि एउटा रियालीटी शोलाई लिएर शित युद्दनै चलेको छ।
अव समाज त च्याउ सरीनै छन्। एउटा चोकमा एउटा समाज छ भन्दा पनि हुन्छ। कतै चितवन समाज र झापाली समाज। मोरङ समाज, तनहुँ समाज त स्याङ्जाली समाज। फलानो समाजले त तीज कार्यक्रम गर्यो हामी किन नगर्ने। फलानोले त्यो चाड मनायो हामी कीन नमाउने। अनि समाजै पिच्छेका अध्यक्ष र सचिव। कतै कार्यक्रम हुने भयो भने गर्दन तेर्साएर भन्छन् मलाई अतिथीको रुपमा मेल आएको छ। तपाईले पाउनु भयो। यहि बिषयमा द्वन्द हुन्छ। यदि कसैले बोलाएन भने म फलानो समाजको अध्यक्षलाई किन डाकेनन् गम्भीर षडयन्त्र छ। एक्कान दुईकान मैदान हुन्छ। चर्का चर्की हुन्छ। भोली कतै मौका पाएर माईक्रोपन मुखमा पर्यो भने बिरोधका आवाज तोप पड्के जसरी पड्किन्छ। सबैलाई चाहिएको छ पद र कुर्सी।
साँच्चै भन्ने हो भने हामी बिदेशमा बसेर अरुलाई दोष थुपार्नमै मस्त हुन्छौ। फलानोले किन गरेन, चिलानोले किन जुलुस निकाल्यो। फलानो पाटीले किन समर्थन गरेन। पहाडीले मधेसलाई किन हेला गर्यो। बाहुनहरु मात्र किन माथिल्लो दर्जामा पुगे। मधेसीहरु किन आन्दोलीत छन्। अरे यार हामी पढे लेखेका बिदेशको कानुन बुझेका, निती नियमको थोर बहुत ज्ञान भएकाहरु त जात र जाती, नेता र पाटी, समाज र सँस्थाको नाममा लापाबाजी खेल्छौ। मिल्ने भए कुस्तीनै खेल्थ्यौ होला। अव त्यतिका नेपाली जसलाई बिहान र बेलुकाको छाक टार्नलाई धौ धौ परेको छ। तिनीहरुले गरेको आन्दोलनले त केही हदसम्म सहि मान्न सकिन्छ कमसेकम आफ्नो हकको लागि त लडेका छन्।यता बसेर नानाभातीका कुरा गरेर बस्नु वाईयात जस्तो लाग्दैन।
जस्तो जहाँ र जुन स्थितीमा आए पनि जतिनै बिवेक र बद्धीजिवी भए पनि झन् बिदेशमा बस्ने नेपालीहरुमा नै एकता नभएको देख्दा उदेक लागेर आउँछ। अनि हामी स्वम् गाली गर्छौ खै त नेपालीमा हामी नेपाली भन्ने देशभक्तीको भाव स्रृजीत भएको। बिडम्बना।