जिवन कहँासम्म चल्छ कस्लाई के थाहा?
समयले कतिबेला छल्छ कस्लाई के थाहा?
पटक पटक मरेर बाँचिरहेछ मानिस
जिउँदै कतिबेला ढल्छ कस्लाई के थाहा?
सक्दो कुम्ल्याउने सुरमा छ दुनियँा
कात्रोमा खल्ति फल्छ कस्लाई के थाहा?
सरिर त जेनतेन डढाउँलान मलामिहरू
त्यो लोभि आत्मा जल्छ कस्लाई के थाहा?