नेपाल आईडलमा गत हप्ता अतिथीका रुपमा आएका गायक रामकृष्ण ढकालको पाँच प्रतीस्पर्धीहरु प्रती आएको मिश्रीत प्रतीकृयाले बजार तातेको छ। यसैलाई लिएर बिजय लामाले आफ्नो फेशबुकमा यस्तो स्ट्याटस लेखे। यसै स्ट्याटसलाई कमेन्ट गर्ने क्रममा सन्तोस पौडेलले यस्तो जबिफ दिएका छन्।
यो सबै कुरा तपाई लाई भनिरह्नु पर्दैन किन की तपाईं धरै बुद्धि जिबि।अनि इमान्दार हुनुहुन्छ तर अफ्सोच तपाईं जस्तै गरि बुझ्ने को कमि छ हाम्रो देश नेपाल् मा रु पक डोटेल, इन्दिरा जोशीलाई छोडेर दिपक लिम्बुलाई, सुरज थापालाई छोडेर सन्तोष लामालाई र प्रताप दाशलाई छोडेर प्रताप लामालाई क्रमश प्रथम, दोस्रो र तेस्रो नेपाली तारा बनाएकै हो । यस्तै खोजी प्रतिभामा बिक्रम लिम्बू, रेवत राई लगायतलाई जिताएकै हो । प्रताप लामालाई नेपाली तारा बनाउँदा साे सिजनका निर्णायक रामकृष्ण ढकाल पनि थिए ।
अनि आज तिनै रामकृष्ण ढकालले निशान भट्टराईलाई राम्रो गित गायौ भन्दा जात हेर्यो भनेर उनका बिरुद्ध उत्रनु अतिनै अतिबादी सोच हो। कि नेपाल आइडलमा पनी आरक्षणको व्यवस्था गर्नुपर्ने थियाे ? गाउदा गाउदै शब्दै बिर्सिदिनेलाई अनि गाउनु पर्ने शब्दलाई नै नगाउनेलाई राम्रो भनेर भनिदिएको भए न्याय हुने थियो होला हैन ? अझ बुद्ध लामाले गायक ढकालको गित बिगारेर गाउँदा समेतबिगारेको नभनी अर्कै भर्शनमा गाउने कोसिस गरेको भनेर सकारात्मक कमेन्ट्स गरेका थिए ।
जज भनेको नेपालीमा निर्णायक हो, राम्रोलाई राम्रो भन्न सक्ने क्षमता राख्नु हो । मलाई सबै मनपर्छ, सबैको राम्रो छ, सबैजना नेपाल आइडल बन्नै पर्छ भनेर पेण्डुलम अभिब्यक्ति दिएको भए त्यो चै उचित निर्णय हुने थियो त ? त्यसैले जजले जे हो, त्यो बोल्नैपर्छ । त्यो सत्य हुनुपर्छ । र, सत्य तीतो नै हुन्छ । तर त्यहाँ ढकाल बास्तविक जज नभएर अतिथि जज थिए । उनी एक दर्शक पनि हुन् । र, दर्शकको आँखाबाट जे देखे त्यही अतिथि जजको रुपमा आएका बेला भने, के विगारे ?
कुरा यति मात्र हो ढकालले निशान र प्रतापको प्रशंसा गरेको मन परेन। प्रशंसा गरिन्नु पर्थ्यो बुद्ध लामा र सागर आलेको अनिमात्र न्यायपूर्ण र सन्तुलित निर्णय हुने थियो । यदि बुद्ध लामाको पनि सो दिनको निशान भट्टराईको जस्तै प्रस्तुति थियो भने निशान लाई गर्ने कमेन्ट बुद्ध लामालाई पनि जान सक्थ्यो हाेला । तर लामाले गाउदा गाउदै शब्दै बिर्सिदिए । ढकालले निशानलाई मात्र नभइ प्रताप दासलाई पनी राम्रो भनेका छन, अब दास चाही कसरी बाहुन रहेछ ? यहाँ कसरी बाहुनबाद हावी भयो ?
केहि पहिलाको एपिसोडमा न्हु बज्राचार्यले बुद्धको प्रस्तुतीको क्रममा भनेका थिए, आज त तिमिले राम्रो गाएनौ, पहिला गाएको आधारमा म तिमिलाई सिधै तान्छु भनेका थिए, के त्यो चाहीं फेयर थियो त ? कालि बाँस्काेटा र इन्दिराले प्रताप दाशलाई भोट मागेका थिए, त्यतिबेला चाहीं अहिले कराउनेहरुको मुखमा ताला लागेको थियो ?
रामकृष्णको ठाउँमा नारायणगोपाल गुरुवाचार्य, दीप श्रेष्ठ,नाति काजी श्रेष्ठ जो सुकै भएपनी भन्ने त्यही नै हो, बाेल्ने सत्य नै हाे, मैले माथी नै लेखेकाे छु, सत्य तिताे नै लाग्छ ।
अाफूले सपाेर्ट गरेकोलाइ राम्रो भने सबै ठिक नत्र उछितो काट्ने परम्पराले हामीलाइ झन निच बनाउँछ । बुद्ध र सागर जस्ता महान अाइडलहरूलाइ यस्ता निच साेच राख्ने अतिबादीका कारण कम भाेट अाएमा यिनै भागिदार हुनेछन । अाज सम्म हामीले नारायण गोपाललाई कहिल्यै नेवार भनेनौ। आज पनि उनी जतिको गायक नेपालमा छैन । अरुणा लामालाई तामागं नभनी स्वर किन्नरी भनेर हृदयबाटै सम्मान गरिरहन्छौ। कवि भुपी शेरचन, बैरागी काईलालाई नेपाली कवि भनेर चिन्छौ। राजेश पायल राईलाई उत्कृष्ट गायक भनेर दुनियाँले चिन्छ।
र कुरा रह्यो रामकृष्णले भनेर आइडल छानिने होइन, दर्शकको भोटबाट छानिने हो,
त्यसैले राम्रोलाई भोट गरौं ।
सन्तोष पौडेल