eNepal

एनआरएनए भिक्टोरीयाको कन्सल्टेसन फोरममा खासमा भएको थियो यस्तो

गएको आईतबार एनआरएनए भिक्टोरीयाले समुदायका केही प्रतिनीधि पात्रहरुलाई बोलाएर एउटा फोरमको आयोजना गर्यो जहाँ एनआरएनएका बर्तमान अध्यक्ष टोनु गोथाने लगाएत एनआरएनए भिक्टोरीयाका सचीब केशब कन्डेल लगाएत भिक्टोरीयाबाट एनआरएनएमा प्रतीनिधीत्व गर्ने सबै अनुहारहरुको उपस्थिती रहेको थियो। न्याभका प्रेसीडेन्ट डा: अनुपम पोखरेल, भिक्टोरीयाका अबैतानीक राजदुत चन्द्र योन्जन, एडभाईजरका रुपमा दुबै एनआरएन र न्याभमा रहनु भएकी दिपा राई नेपाली, लगाएत एनआरएन निर्वाचन कमिटीका भिक्टोरिया संयोजक सुनिल भण्डारी, समूदायका अगुवा जोग लिम्बु, ऋषि कँडेल लगायतका बिभीन्न सँघ सँस्थाहरुको प्रतिनीधित्वहरुको उपस्थिती रहेको थियो।

कन्सुलेटको कार्यलय मेल्बोर्नमा आयोजना भएको कार्यक्रममा अव एनआरएनएलाई कसरी अगाडी बढाउन सकिन्छ। Social Welfare/ Students Fundलाई कसरि संचालन गर्न सकिन्छ, नेपालबाट अस्ट्रेलीया उच्च शिक्षा हासिल गर्न आउने बिद्धार्थीलाई लक्षित कार्यक्रमहरु के के ल्याउन सकिन्छ, नेपाली भाषा, सँस्कृती र चाड पर्वहरुमा कुन र कस्तो पर्वलाई बिशेष ध्यान दिने, एनआरएनएको मेम्बरसिप र निर्बाचन प्रणाली, भिक्टोरीयामा बसोबास गर्ने व्यबसायी र बौद्धीक व्यक्तिहरुलाई कसरी समेट्न सकिन्छ, अस्ट्रेलीयामा बसोबास गर्ने दोस्रो पुस्तालाई कसरी समुदायको कार्यक्रममा जोड्न सकिन्छ, भिक्टोरीयामा रहेका सँघ सँस्थाहरु र खेलकुद क्लबहरुलाई कसरी समन्वय गर्न सकिन्छ, यहाँ बसोबास गर्ने जेस्ठ नागरिक र नेपालबाट भिसीट भिषामा आउनु भएका अभीभावकहरुलाई लक्ष्क्षीत गरेर के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ लगाएतका बुँदाहरुमा छलफल हुने कुरा रहेको थियो।

त्यहाँ उपस्थित सबैले आ आफ्नो धारणा राख्ने क्रम चलि रहेको थियो। यसको लागि नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन निर्वाचन कमिटीका भिक्टोरिया संयोजक सुनिल भण्डारी, समूदायका अगुवा जोग लिम्बु, ऋषि कँडेल र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनसहितको प्यानललाई आएका सुझाबहरु लिपीबद्द गर्ने जिम्बेवारी दिएको थियो। सबै भन्दा प्रमुख कुरा २:३० बाट कार्यक्रम सुरुवात भएर ५ बजे कार्यक्रम समाप्त हुने पुर्व सुचना रहे पनि कोही वक्ताले समयको कुनै परबाह नगरीकन बोली दिदा केही मुख्य बुँदाहरुमा बहस नभईकन कार्यक्रम समाप्त गर्नु परेको थियो।


बुँधागत छलफल हुँदै गर्दा बिगतमा भएका कमी कम्जोरी औल्याउदै भविस्यमा कसरी यसलाई सहज र बिवादास्पद नबनाईकन लैजान सकिन्छ भन्ने बारे चर्चा चली रहेको थियो। प्राय जसोले बिगतमा एनआरएनले बोलेको तर पुरा गर्न नसकेको कुराहरुलाई औल्याउनु भएको थियो। धेरैले चाँहि एनआरएनएको सदस्यता माथि लगाईएको आरोप र सिड्नीमा कोर्ट सम्म जान पर्ने स्थितीको बारेमा दर्शाएका थिए। अवको नयाँ नेत्रृत्व अझ भिक्टोरीयाले प्रतिनीधित्व गरेको यो कालमा कमसेकम यी बिषयहरुमा पारदर्शीता हुन पर्छ भन्ने सबैको राय रहेको थियो। कति सम्म र किन एनआरएनए प्रती मानिसहरुको बितृष्णा रहेको कुरा पनि उठेको थियो।

छलफलको लागि कार्यक्रम आयोजना भए पछि छलफल हुनु स्वभाविकै हो। एनआरएनएसँग आक्रोस पैदा हुनुपनि स्वभाबिकै हो। कहिले काँही कुन भेलामा के बोल्न पर्छ, कसरी प्रश्न तेर्साउँदा ठिक या बेठीक भन्ने थाहा नहुँदा भेला मेलामा परिणत हुनु स्वभाबिकै हो। ठ्याक्कै त्यहि माहौल सृजना भयो आईतबार। अन्तर्क्रिया चलि रहँदा जब मधेशी समूदाय भिक्टोरियाका अध्यक्ष रञ्जन श्रीवास्तवले बिगतमा भएका कार्यहरुको टिका टिप्पणी गर्दै तराई आन्दोलन , भारत नाकाबन्दी अनि अहिलेको बाडी पिडीतको राहतलाई लिएर एनआरएनए र न्याभलाई गद्दार धोकेबाज हो भने पछि एक्कासी माहौल तात्यो। न्याभलाई र एनआरएनलाई गद्दार भन्नु भनेको हामी सबैलाई गद्दार भन्नु हो भन्दै दिपा राईले सवालको जवाफ फर्काउनु भएको थियो। जब काँही बहस हुन्छ त्यँहा टिका टिप्पणीहरु हुन्छन् तर कमसेकम बोल्दा मर्यादीत भएर बोल्न पर्छ भन्दै दिपा राईले अब्जेक्सन जनाउनु भएको थियो।

केही क्षण तनाबको स्थिती आएपछि अन्तत: निर्धारीत समयमा सकिनु पर्ने कार्यक्रम नसकिएर पछि छलफलको लागि पुन बैठक बस्ने गरि टुङ्गीएको थियो।

 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349