eNepal

नया जोस र जागर साथ अगाढी बढ्दै, सगरमाथा क्रिकेट क्लब

सगरमाथा क्रिकेट क्लब मेलबोर्नले भर्खरै मात्र आफ्नो पहिलो SCC Presentation Night समापन गरेको छ | क्रिकेटमा अब्बल स्थान ओगटिरहेको यस क्लबले खेलकुदलाई अझ प्राथमिकता दिदै अगाडी बढ्ने निर्णय लियको छ | SCC Presentation Night मार्फत आफ्ना सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गर्दै, यस क्लबले भबिष्यमा क्रिकेटमा महिला र बालबालिकाको समेत सहभागिता गराउने उद्श्य ब्यक्त गरेको थियो | स्थापना देखि आज सम्मको बास्तबिकता छर्लंग पार्दै आफ्नो क्लबको भाबी योजना समेत कार्यक्रममा प्रस्तुत गरेको यस क्लब, कार्यक्रमको समापन लगतै ति भाबी योजनाहरुलाई वर्तमानमा साकार गर्न तल्लिन भैसकेको छ |
नया ढाचा बनायर अगाडी बढ्ने क्रममा , यस क्लबले भर्खर मात्र अस्ट्रेलियन लेभल २ को कोचिङ्ग कोर्स समापन गरेका अशिम सुबेदीलाई हेड कोच र सुशन गुरुङलाइ नया कप्तान का रुपमा नियुक्त गरेको कुरा जानकारीमा आएको छ |

शान्त, सफल र सौहार्दपूर्ण वाताबरणमा समापन गरियको SCC CLUB को उक्त कार्यक्रममा Honorable Consulate General चन्द्र योञ्जन, NRNA President टोनु घोथाने, NAV President डा. अनुपम पोखरेल, CAN Vice – President नरेश श्रेष्ठ, प्रतिष्ठित जोग लिम्बु , ANMC president रंजन बैद्य, ANMC Ambassadors सुदीप न्यौपाने र प्रकृति श्रेष्ठ लगायत २०० भन्दा बढीले सहभागिता जनायका थिय |
संजय क्यान्डी, भुषण श्रेष्ठ, सहस श्रेष्ठ, नबिन श्रेष्ठ, र सुमित दाहाल यी पाच जनाको समूह बाट सुरु भयको यस क्लब पछिलो समयमा झन्डै ५० जना प्लेयर र हजारौ समर्थनहरुको साथमा अगाडी बढिरहेको छ | खेलकुद संग संगै सामाजिक उत्थानमा समेत सक्रिय यस क्लबका सदस्यहरु आफुहरु केवल मात्र क्रिकेटको टिम नभयर एउटा ठुलो परिवार भयको बताउछन | र यो परिवारले मेलबोर्नमा बिद्यार्थीहरुलाई सर सहयोग गर्ने देखि लियर सहयोगको आबस्यकता भयकाहरु सामु आफ्नो सहयोगी हात राख्दै आयको छ |
राष्ट्रिय गीत र बाढी प्रभावितहरुको सम्झनामा आफ्नो केहि समय अर्पित गर्दै कार्यक्रमको सुरुवात गरेको यस क्लबले , आफ्नो मौलिकता झल्काउने विभिन्न मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु उपस्थित सम्पूर्णमाझ पस्केको थियो | साथै , आफ्नो समय र मिहेनत खर्चेर अटल भई यस क्लब मार्फत क्रिकेटमा निरन्तर रुपमा अगाढी बढी रहेका सम्पूर्ण क्रिकेटरहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको थियो |

कार्यक्रममा वितरण गरियका अवार्डहरुको सुची निम्न रहेको छ:
Best Bowlers
– Bibek shrestha :Year 13/14
– San J kandy: Year 14/15
– Sajendra Shrestha: Year 15/16
– Suraj Thapa: Year 16/17
Best Fielders
– Navin Shrestha: Year 13/14
– Naveen Jung thapa: Year 14/15
– Suraj thapa: year 15/16 & 16/17
Best wicket-Keepers
– Sumit Dahal: Year 13/14
– Sudeep Neupane: Year 14/15
– susan Gurung: Year 15/16 & 16/17
Best Batsmen
– Sandesh Thapa: Year 13/14
– Ashutosh kafle: Year 14/15
– Bhushan Shrestha: Year 15/16
– Asim Subedi: Year 16/17
Most Valuable players
– Bibek shrestha: Year 13/14
– Ashutosh Kafle: Year 14/15
– Bhushan Shrestha: Year 15/16
– Susan Gurung: Year 15/16, & 16/17
Promising Player of the Year
– Sagar Shrestha
Popular Player of the Year
-Sajendra Shrestha
Honorary Awards
– Michael J Newman
– Yashwant Subedi
– Naresh shrestha
– Raju Shakya( Solanture)
Spirit of SCC
– Nitesh Shrestha
– Babu Pandey
– Raaz lama
– Kushal Tuladhar
Caption’s Choice Awards
– Bharat Tiwari
– Rohit Dhanuk
– Kushal Tuladhar
– Raj kumar Gurung
Scc All Stars
– Humza Ali
– Ali Nawaaz
– Baurel D’Nello
– kalpesh Patel

कुनैपनि कार्यक्रम सफल हुनुमा जति आयोजकलाई श्रेय जान्छ त्यतिनै तारिफको हकदार कार्यक्रम उदघोसक पनि हुन्छन | त्यसैले एस क्लब र क्लबका प्रेसिडेन्टले SCC cricket Club Presentation Night २०१७ का कार्यक्रम संचालक दिक्पाल पन्गिनी, दिभ्या संगामी , र शिशम पौड्याललाई पनि कार्यक्रम अबधि भरि साथ दिनु भयकोमा धन्न्यबाद ज्ञापन गरेको छ |

यसरि बिगत देखि वर्तमान सम्मका आफ्ना सम्पूर्ण गतिबिधिहरुमा साथ दिने यस क्लबका सदस्यहरु, स्पोन्सर, लगायत सबैमा आफ्नो कृतज्ञता ब्यक्त गर्दै क्लबका प्रेसिडेन्ट बिबेक श्रेष्ठले आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयको छ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349