नारीहरुको लागि स्वयम्बरको औठी या भनौ वेडीङ रिङ्को महत्व कति हुन्छ।त्यसको न कुनै मुल्यनै हुन्छ। यदि तपाईको बिवाहको औठी हरायो भने कस्तो हुन्छ।कति छट्पटिनु हुन्छ होला। हो मैले तेही छट्पटी अनि कति सम्म आत्तिन्छे एउटि नारी खुद आँखाले देखे।उसको त्यो झण,उ भित्र छाएको सन्त्रास, ब्यग्रता अनि सन्नाटा नजिकबाट अवलोकन गरे। म टुलु टुलु हेर्न बिवस थिए। उ स्याँक स्याँक रुँदै कराउँदै मोवाईलको लाईट बालेर खोज्दै थिई, यता उता गरि रहेकी थिई। बिबाह भएको पहिलो बिहेको साँठगाँठ पनि मनाउन नपाउँदै उसको बिवाहको चिनो हराउन पुगेको थियो। उ यसरि आत्तिए कि थिईकी उसको सर्वस्व सकियो।
उनी राम्री त छँदै थीइ। उसको स्वभाबपनि त्यतिकै राम्रो थियो।कसैलाई नराम्रो नभन्ने अनि सधै अरुको राम्रो चिताउने प्रकृतीकी थिन्। यति भनि सक्दा के उनि नेपाली हुन् भन्ने प्रश्न उठ्यो होला। उनी नेपाली थिईनन् तर एसिएन मूलकी थिईन। उनको पोस्ट कोअडीनेटरको थियो। हामी कामगर्ने होटेल एउटै थियो।सबैले मायाँ गर्थे उसको कामलाई अनि कोही कसैलाई भेदभावको नजरले हेर्दैन थिईन।सार्है मिजासिली अनि सहयोगी भावना भएकी।सबैले मायाँ गरेर लूलू भन्थ्यौ तर बास्तबिक नाम अर्कै थियो।गेस्टको लस्ट प्रोपर्टी खोज्न फ्लोरमा आउँदा हतार हतारमा आफ्नै अमुल्य बिवाहको नासो हराईन।यो बिदेसको ठाउमा कामको चटारो कति सम्म हुन्छ त्यो तपाईले भोग्नु पनि भएको होला अव मुल्याङकन गर्नुहोस उ कति हतारमा थिईन् भनेर।
म पनि सम्योगनै भन्नु पर्छ ठिक तेही बेला त्यहाँ आई पुगे। सारा कोरीडर, फोहोर लिनेन, ट्रलीमा मिलाएर राखेको लिनेन एक एक गर्दै खोजेको रहेछ तर काँही कतै भेटीएको रहेनछ। मैले लुलुलाई सोधे- कहाँ हराएको थियो। उसले ट्रलीतिर देखाउँदै गहभरि आँशु पार्दै निन्याउरो स्वरमा यहि हराएको हो भनेर। उनि सत प्रतीसत बिस्स्वस्त छिन् कि त्यो औंठी यहि हराएको भनेर।त्यसपछि उ आत्तीदै अफिसमा फोन गरेर औंठी हराएको सुचना दिन थाली।मेरो मनले पनि हे भगवान यस्को औंठी भेटि दिए यो कति खुसी हुन्थी होली भन्दै मनमनै भगवानलाई पुकार्न थाले। भनिन्छ नि जव गार्हो या सार्हो पर्छ नि अनि भगवानलाई पुकार्छौ।यो हामी नेपालीको मात्र बानी होला जस्तो लाग्थ्यो तर उ पनि वो गड प्लीज हेल्प मि भनेर भगवानलाई पुकार्दै थिईन।उ एक प्रकारले मणि हराएको शर्प जस्तो भईसके थिई।
यो सब देखेर मेरो पनि मनले थाम्न सकेन। त्यस पछि आफूले लगाएको कोट खोलेर ट्रलीमाथी राखे अनि फोहोरको झोला भित्र हात हालेर हेर्न थाले तर नामो निसान कहिँ दखिएन। त्यो होटेलको ट्रली अटो छ। एउटा वटन दबायो भने आफै हिड्छ।उ आत्तीदै मेन्टीनेन्सलाई बोलाउन गई। म भने कदमकदाचित भेटी हाल्छकि भन्दै फोहोरको पोकोमा खोजे तर भेटीएन। त्यसपछि ट्रलीको पछाडी भागमा फोहोर लिनेन राख्ने स्प्रिङ भएको सानो भाग हुन्छ त्यस भित्र केही टल्केको जस्तो देखे। अनि सकेको बल लगाएर स्प्रिङलाई भाचेर हेर्दा त्यो औठी भेटे।त्यो झण मलाई सन्सार जिते जस्तो भान भयो। कसैको मृत सरिरमा सासहालेर व्युताएँ जस्तो भयो। खुसीको सिमानै रहेन।हतारहतार कोरीडरबाट दौडदै पेन्ट्रीतिर गएँ।
लिफ्टको घण्टी बज्यो। मेन्टीनेन्सको केटालाई लिएर आईछिन्।अनि मैले भेटे भन्दै गोजीबाट निकालेर ईज दिस योर्स? भनेर सोधे रुँदै अङ्कमाल गर्दै धन्यबाद दिई। मेन्टीनेन्सको दाईले नि यु हेभ डन गुड जब माइट्!! भन्यो जिन्दगीमा ठुलो कुरा हाँसील भएको जस्तो भयो।उ आफ्नो कामतिर लागी।म आफ्नै काममा। मेरो कारण कसैको मुहारमा त्यतीधेरै खुसी छाएको त्यो झण मेरो आँखामा खेली रह्यो। काम सकेर घर फर्कदा पनि त्यही उसको रोदनपछिको हाँसोले मलाई झस्काईनै रह्यो मन त्यसै आनन्दीत भई रह्यो।