eNepal

बछलादेबी सोसियल फाउन्डेसन मार्फत झापाका बाढी पिडीतलाई राहत बितरण

गएको केही हप्ता अगाडी आएको अबिरल बर्षा र त्यसले निम्ताएको बाढी र पहिरोले नेपालको तराई भागलाई निकै असर परेको थियो। पूर्बी झापा र मोरङका धेरै क्षेत्र डुवानमा पर्दा केही मानीसहरुले ज्यान गुमाए भने हजारौको घरबारनै तहसनहस बनायो।

मेल्बोर्नका सुमन देउजा उर्फ श्याम नेपालीको पहलमा केही भएपनि पिडीत समक्ष राहत होस् भन्ने हेतुका साथ हेल्प बिगीनको माध्यमबाट राहत सङ्कलन कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रमबाट उठेको रकम बक्षलादेबी सोसियल फाउन्डेसन बिर्तामोड झापा मार्फत लगभग रु २,८८,००० जतिको खाध्यन्न तथा झुल बितरण गरेको छ । देशमा परेको यस्तो बिपतीमा राज्यको तर्फबाट प्रभावकारी रुपमा उद्दार तथा राहतको कार्यहरु हुन नसक्ता बाढीबाट बचेका पिडितहरुमा स्वास्थ्य माथी असर पर्न थालि सकेको छ। । यसै समस्याहरुलाई मनन् गर्दै नेत्र कुमार देउजाको अध्यक्षतामा बछलादेवि सोसियल फाउन्डेशन बिर्तामोड झापाले आफ्नो सहयोगी एवं उधारणिय कार्य गरेको छ । समय समयमा विभिन्न समाजसेवी कार्यहरुमा अग्रसर रहेको उक्त संस्थाले यस्तो विपत्तीको समयमा स्थानीय स्तरमा गई आफ्नो उद्वार एवं सहयोगी कार्य सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा जेनियन एजुकेशन एण्ड भिजा सर्भिसेसतथा अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका सुमन देउजाबाट ४०,००० नगद सहयोग गरेको थियो भने अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरु साथै नेपाल रेडक्रस सोसाइटी झापा, मनोज बानियाँ, सुरेन्द्र देउजा, सुमन देउजा, विनोद खनाल लगायतको सक्रिय सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन समाजसेवी तथा आईआईएचटीका सिएईओ लक्ष्मी खनालले गर्नु भएको थियो ।

क्यान झापाका सचिव समेत रहेका खनाल सामाजिक कार्य हरुमा सदै अग्रसर रहने ब्यक्तिको रुपमा समेत परीचित हुनुहुन्छ भने अध्यक्ष देउजा विभिन्न समयमा हुने यस्ता सहयोगी एवं समाजसेवी कार्यमा संधै अग्रसर रहँदै आउनु भएको छ । फाउन्डेशनले झापा तथा मोरंगका पिडितलाई आर्थिक तथा जिन्सी सहयोग गरेको थियो ।राहत प्राप्त गरेका पिडितहरुले स्थानीय स्तरमै आएर सहयोग गरेकोमा आभार प्रकट गर्दै दैबीप्रकोपले क्षतबिक्षत बनाएको यो कस्टकर समयमा यस्तो पबित्र कार्यको खुलेर प्रशंसा समेत गरेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349