eNepal

सगरमाथा क्रिकेट क्लबको पहिलो SCC Presentation Night 2017 भव्यताका साथ सम्पन्न |

आज भन्दा करीब चार बर्ष अगाडी पाच जनाको सामान्य जम्काभेट बाट स्थापना हुन पुगेको मेलबोर्न नेपाली समाजमा आधारित सगरमाथा क्रिकेट क्लबले, चार वर्ष पश्च्यात हिजो मात्र आफ्नो पहिलो SCC Presentation Night २०१७ भव्यताका साथ मनायको छ | Happy Reception मा आयोजित उक्त SCC Presentation Night २०१७ मा यस क्लबले आफ्ना सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गर्दै, यसरि चार बर्ष सफल रुपमा मनाउना पायकोको खुसियाली ब्यक्त गरेको थियो |

आफ्ना सम्पूर्ण स्पोंनसर, टिम मेम्बर, भ्यालुयबल प्लेयरहरुलाई प्रोत्साहन गर्दै यस क्लबले सम्मान सोरूप विभिन्न विधामा अवार्ड बितरण कार्यक्रम समेत राखेको थियो | सगरमाथा क्लबको यस सफलतामा खुसि हुदै नेपाली दुई चर्चित क्रिकेट प्लेयर , 2015 -2017 ICC World Cricket League Championship ” सन्दिप लामिछाने, र नेपाली राष्ट्रिय क्रिकेट क्लबका कप्तान पारस खड्का द्वारा प्राप्त भयको सुभकामना संदेश उपस्थित सम्पूर्णमा अबगत गराइयको थियो |

प्राकृतिक प्रकोपबाट ठुलो जनधनको क्षति भैरहेको अवस्थामा , नेपालको तराई भूभागमा बसोबास गर्ने बाढी प्रभावितहरुलाई स्मरण गर्दै आफ्नो कार्यक्रमको सुरुवात गरेको यस SCC क्लबको हिजो समापन भयको Presentation Night मा राखीयका बिभिन गीत संगीत र नृत्यहरुले हाम्रो कला र संस्कृतिको स्मरण उपस्थित सम्पूर्णमा गराई रहेको थियो | खेलकुदमा मात्र नभई सामाजिक उत्थानमा समेत बिशेष भूमिका बहन गर्दै आइरहेको यस क्लबले आफ्नो उक्त Presentation Night मा बाढी प्रभावित सम्पुर्णलाई मनमा राखी, सहयोग गर्ने हेतुले डोनेसनलाई पनि प्राथमिकता दियको थियो |

आफ्नो मातृभूमि बाट टाढा भय पनि यसरि कुनै न कुनै माध्यम बाट आफ्नो मातृभूमिलाई निरन्तर सहयोग गरिरहनुनै एउटा जिम्वेवार नागरिक हुनुको कर्तब्य बहन गर्नु हो | धन्यबाद SCC क्रिकेट क्लब, यसका सम्पूर्ण प्लेयर, अन्य सदस्यहरु जसले आफ्नो कार्यक्रम मार्फत बाढी प्रभावितहरुलाई सहयोग गर्ने उदेस्य बोक्नु भयो |

अन्त्यमा, भविष्यमा महिला र बालबालिकाहरुको लागि समेत खेलकुदका अवसरहरु सिर्जना गर्ने प्रयासमा जुटी रहेको यस “सगरमाथा क्रिकेट क्लब” यसरीनै निरन्तर प्रगतिको बाटोमा पाईला चालिरहोस | आसा गर्छौ, भबिस्यमा पनि, यसरिनै खेलकुद मात्रा नभई अन्य विधामा समेत देशको नाम सदैब उच्च राख्नेछ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349