१) यदि कोही मानिस एकान्तमा ग्वॉ – ग्वॉ रोएको छ भने नजिकै जानुहोस् र ऑखा पुच्छीदिनुहोस् ! यदि उ हल्का लजायो र आफैले आशु पुछ्यो भने उसलाई नितान्त एक्लोपनले सताएको छ!
२) यदि कोही व्यक्ति वेस्सरी चिच्याई चिच्याई रोएको छ भने त्यसको पनि नजिकै जानुहोस् र रुने कारण सोधि सम्झाउनुहोस् तव उ झन वेस्सरी रोयो भने ऊ निकै पिडामा छ..!
३) यदि कोहि मानिस विना कारण मुस्कुराउछ भने उसको भित्र निक्कै कष्ठले भरिएको छ|
४) यदि कोहि मान्छे कडा र रुखो स्वरमा प्रस्तुत हुन्छ भने उसको हृदय सफा र नरम छ|
५)जुन व्यक्ति जति गाली गर्यो उति हॉस्यो भने उ पहिला चोटमा थियो,अहिले साना साना चोटहरु पचाउने भएको रहेछ! चोटवाट मुक्त भएको सम्झनु!
६)कोहि मान्छे रुंदा आशु मात्रै झार्छ अनि केही वोल्दैन भने उसको मन साह्रै दुखेको रहेछ भनि वुझ्नु!
७) जुन मानिस मुख विगारेर रातो अनुहार वनाई घोसो मुन्टो लगाएर वसेको छ भने उ निकै समस्यामा छ|
८) जुन मानिस रिसाउँदा देखेका वस्तुहरु मिल्काउछ,कराउँछ, एक्लै गुन्गुनाउछ र एकसुरमा हिंड्छ भने कुनैदिन ऊ मनको
साह्रै धनि थियो ,उसको मनमा नराम्ररी विश्वासधात भएको छ !