अष्ट्रेलियामा आउने बित्तिकै काम नपाएर भौतारी रहेका विद्यार्थीहरु धेरै छन्| काम पाएर पनि घरको सम्झना अनी एक्लोपन बिच जुझ्नेको संख्या पनि कम छैन| यि सबै समस्याबाट उम्किन र सबैले मिलेर हातेमालो गर्दै यो पर्देशमा अघी बड्न मेल्बर्नका केही विद्यार्थीहरु मिलेर फेसबुकमा एक ग्रुप बन्यो जसको नाम छ “Nepalese Youth In Australia”|
https://m.facebook.com/groups/481412258890999
ब्रोदरहूड अष्ट्रेलिया टिम मिलेर बनाएको यो ग्रुपले सबै नयाँ तथा पुराना अष्ट्रेलिया बासी नेपालीलाई सहयोग गर्नेछ| “नेपालबाट भर्खर आउनु भयो अनी काम पाउनु भएको छैन??” ग्रुपमा आफ्नु दु:ख शेयर गर्दिनु एक न एक ले सहयोग गर्छ, सहयोग नगरे पनि एक न एकलाई मान्छे चाहिएको हुनसक्छ अनी काम मिल्न सक्छ| अष्ट्रेलियामा नयाँ हुनुहुन्छ भने ग्रुप तपाईंको लागि मान्छे चिन्ने आधार बन्न सक्छ|
अष्ट्रेलिया आएर एक्लोपन महसुस गर्दै हुनुहुन्छ भने ग्रुपमा आफ्नो अवस्था पोस्ट गर्न सक्नु हुनेछ| आफ्नो बिल्ला होला भनेर डराउने नेपालीको जन्म जातको बानी हो तर जसले जती फुइ लगाएपनी सब तपाईंको जस्तै समस्याबाट गुज्रेकै हुन्छ| त्यसैले सान्त्वाना मिल्नेछ अनी धेरैले सहयोग नगरेपनी थोरै सहयोग अवस्य मिल्नेछ र यो देशमा थोरै सहयोग पनि मुल्यवान हुन जान्छ|
यो बर्ष भित्रै ग्रुपमा मेल्बर्न या सिड्नीका मात्र नभाइ पुरै अष्ट्रेलिया भरिका जती नेपाली छन सबै भित्रि सक्ने देखिएको छ| यस्ले IT र Accounting पढ्न् मेल्बर्न आउने विद्यार्थीहरु मात्रा नभई मेडिकल पढ्न् ब्रिस्बेन आउने विद्यार्थीहरुले पनि लाभ उठाउन पाउने छन्| यो ग्रुपले अष्ट्रेलियामा भएका सबैलाई काम कमाइ देखी ज्ञानगुनका कुरामा पनि सहयोग पुर्याउने देखिएको छ|
सबै नेपाली मिलेर एक अर्काको खुट्टा तान्ने जुत्ता फाल्ने भन्दा पनि काँधमा काँध मिलाएर अगी बढीयो भने यो देशमा डल्लर छाप्न या शिक्षा पाउन गाह्रो नहुने ब्रोदरहूड् टीमको भनाइ छ|
लेखक- ब्रोदरहूड् टीम