हिजो एकाएक एउटा लाईभ भिडीयो सामाजिक सन्जालमा भाईरल भयो। सबै स्तब्द भए भिडीयो हेरे पछि। कतिले हेर्न सकेनन् किन त्यस भिडीयोमा बोलीएका शव्द निकैनै अश्लिल र अमर्यादित थिए। कतिले पुरै हेरे कतिले प्ले गर्ने बित्तीकै ईग्नोर गरे। कतिले बिभीन्न ग्रुपमा शेयर गरे। यो लेख लेखीन्जेल सम्म फेशबुकनै त्यहि भिडीयोले भरिएको छ।
कतिले हाँसोको रुपमा लिए त कतिले रमाईलो र ठट्टटाको रुपमा। कतिले बौलायो भने कतिले वभर डोजको परिणाम भने। कतिले विदेशी सँस्कृतीको प्रभाव त कत्तिले स्वतन्त्रताको उपज। खैर जेसुकै भए पनि त्यो भिडीयो हेरे पछि लाग्दैन कि कोही साधारण नर्मल मान्छेले यसरि बोल्छ भनेर। केही त पक्कै भएको छ। केहीले पक्कै पनि दिमागमा असर परेको छ। आखिरी किन कसैले यसरी सामाजीक सन्जालमा आफ्नो हर्कत देखाउँदै छ त्यो अपच्य तरिकाबाट। यसको जिम्बेवारी आखिरी को हो त। किन युवाहरु यसरी बिग्रदैछन्। किन समाजमा बसेर असामान्य ब्यहोरा देखाउँदै छन् युवाहरु।
यो सबै कम्युनीटि, बिदेश पढ्न पठाउने अबिभाबकले बिचार गर्न अति आबस्यक भएको छ। समाजको हकहितको लागि बनेका सँस्थाहरु आफ्नो समुदायमा के कस्तो भई रहेको चासो देखाउनु पर्छ कि पर्दैन। बिधार्थीहरु के कस्तो स्थीतिमा छन्। कसैलाई आर्थीक वा मानबिय सहयोग पो चाहिएको छ कि बुझ्न पर्छ कि पर्दैन। यो बिषसमा बर्षमा एक दिन सेमीनार दिएर हुँदैन। एउटा फोरमनै पो खोल्ने हो की। काम नपाएर फ्रस्टेसन भएका धेरै बिधार्थी छन्। सहि सुझाब वा सल्लाह नपाएर भिषा रिजेक्ट भएर तनाबमा बस्नेहरु प्रसस्तै छन्। के गर्दा ठीक र बेठीक थाहा नपाएर मृत्यको मुखमा परेर बाँच्ने पनि धेरै छन्। अब यस्ता घटनालाई कसले हेर्ने। आखिरी बिधार्थीको हकहितको लागि खोलीएको भनेको सँस्थाले नै यस बिषयमा नसोच्ने हो भने गर्ने कसले। अविभाबक र बिदेश पढ्न आएका बिधार्थी बिचको पुलको काम कसले गर्ने। कति बिधार्थी उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलीया छिरेको सँग छ यसको रिपोर्ट र जानकारी। सोध्यो भने सबै मुखामुख मात्र गर्ने होईन अव जानकारी लिन पनि त्यतिकै आवस्यक भई सकेको छ।।
छोरा छोरीलाई बिदेश पठायौ भनेर गर्धन तेर्साएर मात्र हुँदैन अव अविभावकले पनि। आफ्ना छोरा छोरीको स्थीति के छ, कस्तो स्थितीमा रहेका छन् छोरा छोरी। कतिको सम्पर्कमा छन्। पढाईमा प्रगती के कस्तो भयो, कलेज कतिको जाँदै छन्। साथीहरुको सर्कल के कस्तो छ। कस्ता साथीको सङ्गतमा छन्। काम कति कहाँ गर्छन्। कामबाट आएको पैसा कहाँ के गर्छन्। यस्ता याबत बिषयहरु पनि जानकारी गराई रहेको राम्रो हुन्छ।
जतिनै पैसा भएपनि घरबाट काम खोज्न पहल किन गर्नु हुन्न। कतै घरबाट पठाएको पैसामा मात्तिएर नराम्रो काम पो गर्दै छ कि। कतै तपाईले बच्चा जस्तो सोच्ने छोरा छोरीलाई पठाएको पैसानै बिग्रीने मुख्य कारण त होईन। खल्तीमा जति पनि पैसा भए पछि जे गर्न पनि आँट आउँछ। के तपाईहरु छोरा छोरीलाई जति पनि पैसा ठेलेर कतै नराम्रो भडखालोमा जोत्दै त हुनु हुन्न।
छोरा छोरीले पनि पैसा पठाए भनेर मात्र हुँदैन। कसरी पैसा पठाई रहेका छ त्यसको माध्यम के हो नबुझी पैसा मात्रै थाप्दा कालान्तरमा नराम्रो घटना नघटोस्। अविभावकहरुले आफ्नै हैसीयत हेरेर बिदेश पढ्न पठाएको राम्रो होला। पठाएर मात्र जिवन बन्दैन। भोलीको कुरा पनि सोचेर पठाएको राम्रो। कतै बिदेशमा छोरा छोरीलाई गरेको लगानीको दबाब पो दिई राख्नु भएको छ कि। कतै जसरी पनि पिआर पाउनै पर्ने बाध्यत्मक दबाब पो दिई राख्नु भएको छ कि। कतै बिवाहको लागि दबाव पो दिदै हुनु हुन्न! अव अबिभावकहरुले यस्ता बिषयमा सोच्नै पर्ने अवस्था आईसक्यो। अन्यथा बिदेशमा आत्महत्या लगाएत अरूनै अकल्पनिय घटना दिनानुदीन बढ्दै जाने निश्चीत पक्का छ। समाचार बन्नु भन्दा पहिले आफ्ना छोरा छोरीको स्थिती बुझौ। बिदेशको डलरको मोहको लोभमा जबरजस्ती छोरा छोरीलाई विदेश धकेल्ने काम अविभावकहरुबाट नगरौ।