जमाना कहाँ बाट कहाँ पुगी सक्यो। तिमी चाँही के ल्याङ ल्याङ गरि रहेको। डिपेन्डेन्ट भन्ने बित्तीकै के अस्ट्रलीयन सरकारले टिका लाएर तुरुन्तै भिषा दिने हो र। खाली डिपेन्डेन्टमा लैजान मिल्दैन भन्दै कराएको छ। हैन डिपेन्डेन्टमा आए पछि सुतेरै खान पाईन्छ भन्ने सोच्छौ कि क्या हो। एउटा भाई ट्रेनमा कानमा एयरफोन ठेसेर कुरा गर्दै थियो। अब भन्ने बित्तीकै कहाँबाट मिल्छ त लाटी। कागजहरु मिलाउन पर्यो, अर्को कुरो त बिवाहको प्रमाण पत्र बनाउन पर्यो। त्यसको लागि म आउन पर्यो। कि एक्लै बनाउँछौ काली।
आएर डकुमेन्ट मिलाउन पर्यो। पैसा देखाउन पर्यो। अलिकती खर्च जुटाउन पर्यो। अहिले सम्म पो साथीसँग मिलेर बसिएको थियो। खर्च खासै थिएन। अब कोठा लिन पर्यो। कोठा लिए पछि त्यहि अनुसारको सामान जोड्न पर्यो। केटा मान्छे एक्लै बस्या जस्तो कहाँ पो हुन्छ र। खाए नि नखाएनि खासै बाल हुँदैन थियो। अव त कम्सेकम एकसरो सबै सामानपनि किन्नै पर्यो। कताको सजिलो छ हौ डिपेन्डेन्ट बनाएर ल्याउन।
अनि अर्को कुरो फेरी आएपछि काम गर्न बोलाएको भन्ने चाँही नसम्झनु नि। किनकी यथार्थ त्यहाँबाट बुनेका मिठा मिठा सपना भन्दा धेर फरक छन्। धेरैले आएपछि गर्ने गुनासो भनेकै काम गर्न आए जस्तो भन्ने गर्छन् यानिकी डिपेन्डेन्टलेनै बिधार्थीलाई पढाउन पर्छ। अनि रिस उठ्ला फेरी म कलेज जाउँला तिमी काममा जाउली। थाकेर लोत भएर घर आउदा म ढल्किदै कलेजबाट आएको देखेर मलाई त काम गर्न ल्याएको मेसीन भनेर मलाई गिद्दे नजरले हेर्दि हो।
अनि मरि मरि हाउसकिपीङ गरेर बल्ल बल्ल जम्मा भएको पैसा खर्लप्प कलेजलाई बुझाउँदा तैले डिपेन्डेन्टमा मलाई बोलाएको त यहि तेरो जिन्दगीलाई सहज बनाउन पो रहेछ भनेर भुत्भुताउँदी हौली।
यत्तिकैमा छेउमा बसेका एक जना दाईले हाँस्दै भने हा हा भाई अस्ती काममा एक जना Aussie साथीले भोजको निम्तो दियो। अब Aussie साथीले दिएको निम्तो कौतुहलता जागेर आयो । हैन किन दिन आटीस् हो भोज। के लट्री चिट्ठानै पर्योकी क्या हो। हैन यार मेरो स्वास्नीसँग पारपाचुके भयो। यहि खुसीयालीमा भोज दिन आँटेको रे। लौ मर त तेरो भोज तै खा भने। कस्तो जात रहेछ हौ। हैन फिलीङ्स भन्ने चिज नहुँदो रहेछ कि क्या हो। उदेग लाग्दो सँस्कार। अब आफै भन यस्तो देश जहाँ डिभोर्ष हुँदा भोज दिन्छन् त्यस्तो देशमा तिमी भने डिपेन्डेन्टमा आउन तछाडमछाड गर्छौ।