eNepal

लघुकथा: हैट! डलर छाप्ने मेसीन त नेपालमै छोडेछु

प्रसङ्ग धेरै पुरानो होइन, मेल्बर्नको चिसो मौसम त्यसमाथि झरिको दिन थियो| यस्तो मौसममा नेपालको रङ कडा हालेको चिया अनी सुर्य चुरोटको याद नआएको होइन| तर यो अष्ट्रेलियामा माइलादाइको चिया चुरोट बिक्दैन थियो| नेप्लीस युथ इन अष्ट्रेलिया ग्रूपमा फीड्स् हेर्दै गोजिबाट हिजोराती बनाएको रोलिस् निकालेर सल्कायँ|

चुरोटको एक सर्को तानेबित्तिकै हातको मोबाइल बज्यो, मुखाभरिको धुवा फाल्दै नाके स्वोरमा भने “हजुर”| फोन माइली काकिको रहेछ, हत्तन-पत्त भाईबरमा अाइज है कान्छा भन्दै काकिले फोन राखिन| भाईबरमा गएर काकिसँग सन्चो बिसन्चोको कुरो भयो तर गाठो कुरा सन्चो बिसन्चोको होइन रहेछ| सामान्य कुराकानी सकेबित्तिकै काकिले फोन गर्नुको मुख्य कारण खुलाइन “तेरो भाईलाई पनि तेतै पठाइदिउ भन्या हेर् न कान्छा बैंकमा चालिस लाख राख्नुपर्ने रहेछ, तँ त डल्लर कमाउछस क्यारे दश पन्ध्र लाख हाल्दे न”| कलेज फी तिर्ने पैसा नपुगेर अस्ती भर्खर बाउसँग सात हजार मगाएको मान्छे म एकछिन त अक्क न बक्क परेँ|

“अाइफोन धेरै ह्याङ हुन्छ रे मलाई चै स्याम्सङ् को त्यो नयाँ आउने नोट कि कुन्नी ल्याइदे है” भन्दै थिए चिया पसले हरी दाई| अस्ती फेसबुकमा च्याट गरेका माइला मामाको कुरा अर्कै थियो| मामा भन्थे “अष्ट्रेलिया पुगेका भान्जा अब आको बेला बाजा बजाउनु पर्छ| मैले बाटामाथि बामेको छोरी हेर्देको छु, केटी नर्सिङ पढेकी रे अनी अष्ट्रेलिया आउन इच्छुक छे रे| भान्जा अरु कुरा तेस्तै हो बिहे चै धुम्धाम सँग गर्नुपर्छ है, तेत्रो देशमा गाको चालिस पचास लाख त खर्चिनु पारीगो नी|

पल्ला गाउकाले पनि देखुन् न अष्ट्रेलियन केटाको बिहे|” मामाको भनाइ अनुसार त अष्ट्रेलिया आएका युवाले केटी बीहे गरेर घरजम हैन नर्स बिहे गरेर हस्पिटल खोल्नु पर्ने रहेछ| यि सबै कुरा सम्झिदा सम्झिदै हातको चुरोट तान्नै नपाई सकियो|

घरबाट बिधाइ गर्दा भाईले भनेको थियो “केही कुरा छुट्ला राम्ररी हेर” | हैट अहिले पो सम्झिय डल्लर छाप्ने मेसिन त नेपालमै छाडेछु|
डोटेल काजी
कुसल डोटेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349