eNepal

दुई रुपयाँ मेल्बोर्नमा लाग्ने

एक करोड ७० लाख भन्दा माथि हेरी सकेको अहिलेका हरेक उमेरका मान्छेहरुको मुखमा झुन्डीन सफल गीत कुटुमा कुटु समाबेश भएको नेपाली चलचीत्र दुई रुपयाँ मेल्बोर्नमा लाग्ने भएको छ। ट्रेलर निस्केसँगै यसलाई सेल्फी भनिन्छ, खर्रर जाएगा,खुर्रर आएगा, थरी थरीका दार्ही, त्यो दार्हीवाला चाँही खै जस्ता सम्बाद सामाजिक सन्जालमा लोकप्रीय भई सकेको यो चलचीत्रलाई हेर्न धेरै दर्शकहरु आतुर देखिन्छन्। बालक देखी बृद्ध सम्मलाई मन परेको लोक भाकामा आधारीत कुटुमा कुटुको कारणले पनि यो चलचीत्र हेर्न हल सम्म दर्शक ल्याउन मद्दत पक्कै गर्ने छ।

दुई रुपयाँ कलाकारको हिसाबले पनि उत्तिकै सशक्त रहेको छ। अहिलेका चर्चीत तथा लोकप्रीय निर्देशक निश्चल बस्नेत स्वयम् यस चलचीत्रमा नायकको रुपमा देखिदैछन् भने यसै चलचीत्र मार्फत निर्देशकका रुपमा असिम शाहले डेव्यु गर्दैछन्। असिफ शाह सलगाएत अहिलेका लोकप्रीय कलाकार “हैट” बुद्दी तामाङ र अभिनेत्री स्वस्तिमा खड्काको बिशेष अभिनय देख्न पाईने भएको छ।

ब्ल्याक हर्ष र जी टु वान पिक्चर्सको सँयुक्त निर्माणमा बनेको दुई रुपयाँमा रबिन्द्र झा र मेनुका प्रधानको पनि अभिनय रहेको छ। दुई दाजु भाई असिफ र असिमले लेखेको कथामा आधारीत दुई रुपयाँले अहिले सम्मको चहलपहल हेर्दा पक्कै बाजी मार्ने देखिएको छ।
मेल्बोर्नको लागि दुई रुपयाँको प्रदर्शन अधिकार नेप्ले ईभेन्ट्सले लिएको छ। १० सेप्टेम्बर आईतबारका दिन चाईना टाउन सिनेमा हलमा बेलुका ७:३०मा प्रदर्शन हुन लागेको दुई रुपयाँलाई एस स्टडी अस्ट्रेलीयाले प्रायोजक गरेको हो।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349