eNepal

बिस लाख थाप्लोमा ऋृण बोकेर अस्ट्रेलीया आउनु भन्दा बोरु दश हजारमा माल्टा र स्विडेन जान्छु

बाउको मुख सार्है मायाँ लाग्दो थियो हिजो। एउटा भएको छोरो त्यो पनि बिदेश जान्छु भनेर कस्सिएको छ। के सोच्या छन् कोनी बिदेशमा। अज्मबरीको पोकोनै पाईन्छ भन्ने सोच्छन् कि डलर त फल्छनै पो भन्ने सोचेका हुन् कि। यत्रो पैसा हालेर किन जान परेको भन्दै बर्बराउन लागे। हिजो मात्र गाउँ गएर भएको तिन मुरी धान आउने खेत बेच्दे छन्। गाउँकालाई ए देउ न हौ छोरालाई बिदेश पठाउन पर्यो। लागेको ब्याज तिर्छु भन्दा कसैले पत्ताएनन्। कोही डबल आउने लोभमा कतार गएको श्यामेलाई दिए भन्थे त कोही अस्ती मात्र खेत जोडे पारि सिरान डाँडामा भन्दै थिए। एउटी भाउजूले आफु बुच्चै भएर सुन दिएर पठाईछन् जापान गएको हरीलाई। डबल पारेर दिन्छु भनेको रहेछ। लौ मर त नि भनेर बेची दिएँ। त्यहि नी ला र ले मा फरक हुने। उनीहरुको भाउमा बेच्न पर्यो।

लौ आखिरी तेरै सम्पती हो, खेत भएनी तेरै हुन्थ्यो अब त्यहि बेचेर पैसा ल्याई दिएको छु। बुझ राम्रोसँग कता हुन्छ बुझेर गर्नु। बिदेश जाने हल्ला गाईगुई हुन थालेछ क्यारे मोरङमा भएकी सानीमाले फोन गरिन्। ओई केटा के हो अस्ट्रेलीया पो जान आटिसस् त। एक्लै जान आटीस् कि कोही छ लाने। होईन भने एउटी केटी छ है डिपेनडेन्टमा लैजाने भए। आधा आधा खर्च गर्नु। तलाईनि सजिलै हुन्छ पछि मन मिल्यो राम्रो भयो भने बिहेनै गर्देनी हुन्छ। केटी चाँही नर्सीङ पढेकी हो अहिले पिसीएल दिएर बसेकी छ।

अक्क न बक्क भयो रोहीत। खै सल्लाह गरेर फोन गर्छु भन्दै फोन राख्यो। कस्तो चलन आयो होईन मान्छे अस्ट्रेलीयामा चाँही सुनकै डल्ला फल्छन् कि क्या हो भन्ने सोच्छन् कि क्या हो। खुल्यो भन्दा हुल्यो भने सोच्ने हाम्रो समाजले बिदेशको डलर बैकबाट लिएको अनि एयरपोर्टमा सामानले टनाटन भएको लगेज मात्र देख्छन् कि क्या हो। अस्ती मेरै साथी सिड्नी गएको एक वर्ष पछि पनि कलेजको फी घरैबाट मगाइ रहेको छ। उसको त्यहाँको कमाईले खान र बस्न अनि ट्रेनको खर्च मात्र पुग्छ रे। अस्ती माथि पहाडकी तामाङ्नी दिदीले छोरीलाई नर्सीङ पढाउन तास्मानीया पठाएको दुई बर्ष भयो पैसा यतैबाट पेली रहेको छु भन्नु हुन्थ्यो। खै कहाँ हो कामनै पाईन्न रे।
यत्तिकैमा बा प्वाक्क बोले होईन पढ्ने भिषा मात्रै हुन्छ, काम गर्ने भिषा हुँदैन रहेछ। पढेर कहिले सक्ने, ऋृण कहिले घटाउने। खै गएका तेरा साथीहरु पनि बर्ष दिन भयो माखो मार्न सकेका छैनन्। सधै काम खोज्दै छु, राम्रो काम पाए पछि पैसा पठाई दिन्छु मात्र भन्छन् रे। बसेर खानलाई मात्र हो भने किन जानु यत्तिको पैसा हालेर। फोटै मुला त पारी गँगाको तीर गएर खिचेर हालेनि भई हाल्यो। ऋृण भन्ने कुरो कहिलै घट्दैन बोरु झन बढ्छ।

यत्तिकैमा फेरी आन्टीले फोन गरीन् केटा घर सल्लाह भयो त। केटीको घरमा हुन्छ भनेर खुसी भए। डिपेन्डेनटमा लाने हो भने आधा पैसा हाल्न नि तयारी छन्। सम्झे कस्ता मान्छे रहेछन। कस्तो केटो, के , कहाँ कति पढेको नचाइँदो रहेछ कि क्या हो आजकाल। अस्ट्रेलीया जाने भने पछि त अनुहार नि हेर्न नपर्दो रहेछ कि क्या हो। डिपेन्डेन्टमा गए पछि खुट्टा हल्लाएर खान पाईन्छ भन्ने सोच्ने रहेछन् कि क्या हो। झनक्क रिस् उठ्यो र फोन काटी दिएँ।

यत्तिकैमा चिया खान भनेर नजिकैको चिया पसल तिर गएँ। चिया पसलमा गाईगुई स्वीडेन र माल्टामा नेपाली कामदारको माग अनि दस हजारमै जान पाईने खबर सुने। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दुबै देशमा संस्थागत श्रम इजाजत दिन सकिने बताएको र बोर्डबाट न्युनतम् लागतमै संस्थागत श्रम स्वीकृति दिने खबर पनि थाहा पाएँ। उस्तै परे दश हजार लागत खर्चमा युरोप जान पाईने रहेछ किन बिसौ लाख खर्च गर्नु।

रोहीतको मन बदलियो। आखिरी पैसा कमाउनु हो किन बाउ आमाले खाई रहेको खेत बेचेर मलाई अस्ट्रेलीया जान पर्यो। आखिरी जहाँ गएनि पैसा कमाउनु त हो। दुबई गएका ठुलो दाईले महिनाको डेढ लाख कमाउँछन। कम्पनीको क्वाटरमा बस्छन्। अस्ती भाउजुलाई पनि लिएर गए। सबै गए ,होमीए भनेर के अस्ट्रेलीयानै जान पर्छ र??लौ बा गएर खेत फिर्ता गरेर आउनु अब छोरो बिसौ लाख खर्च गरेर अस्ट्रेलीया होईन दश हजार खर्च गलेर बोरु स्वीडेन जान्छ। तिम्रो पुर्खौली सम्पतीमा मोज गर्नु छैन मलाई।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349