eNepal

यस कारण राजनका बाले छोरालाई अस्ट्रेलीया पठाई दिए

अरुबेला मोबाईल चलाएपनी केटाहरुको भेट भएको बेला एक-अर्काको बिल्ला हान्न अनि हामि केटाहरुले अष्ट्रेलियाका केटाहरुलाई मात्र भनेर बनाएको ग्रुप “Brotherhood Australia” मा एक अर्काको ट्रोल गर्नमै व्यस्त हुन्थाैँ|

त्यो दिन अष्ट्रेलियाको व्यस्त दिनचर्यामा सुबेदिभाइले आफ्नो नेपालको साथी राजनसँग बोल्नको लागि समय मिलाएको रहेछ| राजनको फोन आयो, सुबेदि भाइले सेभेन-इलेभेनको कफिको एक चुस्की लगाउदै फोन उठायो| सधैं केटाहरुसँग फोन गर्दा राजन या त कानमा एअरफोन लगाउथ्यो या एक्लै बस्थ्यो किनकी केटाहरुको मुखबाट जतिबेला पनि गान्धीवाणी निस्कीन सक्थ्यो| तर त्यो फोनकल अरुबेलाको भन्दा भिन्नै किसिमको रहयो| सधै गर्लफ्रेन्डको बारेमा कुरा गर्दै हास्ने राजनको आवाज आज अलि मलिनो थियो र फोनमा अरु मान्छेको पनि आवाज सुनिन्थ्यो|

राजनले नम्र स्वोरमा बोल्यो, हामी केटाहरुले पनि कान ठाडो पार्याै| “म पनि अष्ट्रेलिया आउनु पर्यो यार सुबेदी”, फोनमा अर्को तिखो आवाज पनि आयो “महिनाको कमाइ कति हुन्छ रे सोध न” आवाज राजनको बाबुको रहेछ| राजनले त कमाइको बारेमा सोध्न सकेन तर ब्याकग्राउन्ड बाट भएपनि एक प्रश्न उठेको थियो, एस्तो प्रश्न जस्ले हरेक अष्ट्रेलियामा भएका युवालाई निन्द्राबाट मात्र नभई मारिजुआना र जे.डि बाट पनि उतारीदिन्थ्यो| तैपनी कमाइको प्रश्न आजभोलि सामान्य भैसकेको थियो| सुबेदिभाइले हाम्रो अनुहार हेर्दै भन्यो पच्चिस सय हुन्छ भन्दे न अंकललाई| राजन हिस्स हास्यो| उता फोनबाट फेरी आवाज सुनियो पच्चिस सय नेपालीमा कति हुन्छा हेर त रमेश, राजनको भाइ रमेश करायो अस्सी ले हिसाब लगाउदा पनि दुइ लाख हुदो रहेछ बा| राजनका बाको चकित आवाज फोनमा प्रस्ठ अाइराको थियो, दुइ लाखमा एक लाख महिनाको खर्च गरेपनि एकलाख बच्दो रहेछ| “सुबेदिको छोराले पोइसो चै छपेको रहेछ” अंकलको हासोको आवाज आयो, सुबेदिपनि हास्यो|

राजनका बाले अभिनाशलाई भने राम्ररी चिन्नु हुन्थ्यो त्यसैले अब फोन गर्ने पालो उस्को थियो| फोनमा सन्चो-बिसन्चोको कुरा सकिएपछी पैसाको कुरा आयो| राजनका बा भन्नलाग्नुभो म राजनलाई पनि तेरो ठाउमा पठाइदिन्छु, अलिकति जग्गा र घर छ त्यो भोलिनै बैंकमा राख्नु पर्‍यो| ऋण त यसले एक बर्षमै तिरिहाल्छ नी है कान्छा| अभिनाश मेरो मुखमा हेर्दै निच्च हास्यो| अंकल कमाइ त पच्चिस सय तीन हजार मजाले हुन्छ हप्तामा चालिस पैतालिस घण्टामात्र काम गर्यो भने| हप्ताको पैतालिस घण्टा त्यो पनि कलेज भ्याएर अनी होम्वोर्क पनि होला नी है, अंकल हल्का तर्सिएजस्तो गर्नुभो| अभिनाश भन्न थाल्यो, हजुर अंकल अनि काम को पनि ठेगान् हुँदैन अनि कलेजलाई छ महिना नपुग्दै बाह्रहजार तिर्नुपर्छ| यो सुनेर त अंकल झन् चकित हुनुभयो, अनि बाबु तेत्रो पैसो कसरि तिर्छस् त, कलेजको दुइ तिन महिना बिदा हुन्छा अंकल त्यही बेला धेरै काम गर्छु अनि कलेज फी जम्मा गर्छु|

अंकलको जोशिलो बोलि हराइसकेको थियो, अलिक मायालु स्वोरमा भन्नु भयो बाउको ऋण तिरिस् त उसो भए? छैन अंकल यसो दसैंमा कहिले काही अलिकती पैसा हाल्दिन्छु त्यही हो| अहिले मजाले पढ्छु, पढाइ सकेसी कमाउने समय त अाई हाल्छ नी तर यो पढ्ने समय फर्किन्न अनि बाउले पनि अहिले पैसा भन्दा पढाइलाइ जोड दिन भनेका छन्| अंकल एक्छिन् सोचमा पर्नु भयो र बुझेर मात्र सम्पति धितो राख्नुपर्ला है कान्छा भनेर फोन राजनलाई दिनुभयो|

राजनले पनि अभिनाशलाई धन्यवाद यार भन्दै फोन राख्यो| अभिनाशको एस्तो राम्रो जवाफ सुनेर हामि निक्कै खुशी भयाैँ किनकी आज राजन दुनियाँको गफको भरमा कमाउने सोचमा अष्ट्रेलिया आउन लागेको थिएन| यो कुरा ओलीले कती चाँडै “Brotherhood Australia” ग्रुप मा शेयर गर्न भ्याई सकेछ|
डोटेल काजी
कुसल डोटेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal