eNepal

छोरा छोरी बिग्रे अस्ट्रेलीया पठाई दिनु होस्

आजकाल ईन्टरनेट र स्मार्ट फोनले धेरैको दिमाग खाएको छ। अझ फेशबुक, ईन्स्टा लगाएत अन्य सोसीयल साईटले मान्छेको बानीनै बिगारी सकेको छ। आफुले भनेको सामाग्री हातमा हेर्न पाईने अहिलेको जमानामा यसको प्रयोगले गर्दा झन् बिकृतीनै ल्याएको छ। यति सम्मकि घरमा कसैको कुरै हुँदैन। बोलचाल बन्द। सबैको हातमा फोन अनि सबै आआफ्नै दुनियाँमा व्यस्त। फेशबुक त झन् यस्तो एडिक्सन भईसक्यो कि यसले अहिलेको युवालाई ड्रगको नसा भन्दा खतरनाक नसा लाग्न थाल्यो।

छोरा छोरी घरमा रहेको नरहेको पत्तो हुँदैन। एकजना दिदीसँग अस्ती नेपाल जाँदा भेट भयो। कुरा गर्दै जाँदा छोरो अस्ट्रेलीया आएको करिब बर्ष दिन भएछ। बढो गुनासो गर्नु भयो। जतिनै सुख भए पनि छोरा छोरीलाई पुल्पुल्याएर राख्न नहुँदो रहेछ। दुखको अनुभुती चाँही दिलाउनै पर्ने रहेछ। नत्र बढे पछि आफैलाई तनाब हुने रहेछ। मैले भने किन र दिदी के भयो र त्यस्तो!

भनेको कुरोमा कहिले नाईनास्ती गरिन। गोजीमा पैसाको कमी हुन दिईन। ठुलो भए पछि ज्ञानी हुन्छ। बुझ्ने हुन्छ भन्यो बार्ह कक्षा सकिने बेला सम्म पनि उस्तै। कहिले दुई चार दिन घरै नआई दिने। कहिले पोखरा त कहिले नुवाकोट। फोन गर्यो मरिकाट्टे नउठाउँने। उठाई हाले नि झर्केर बोल्ने। गाली गरौ फेरी नचाँहीदे ओर्याई गर्ला कि भनेर चपचाप बस्यौं। जति सम्झाए नि नमान्ने। एकचोटी त गौशलाको पुलीस थानामा लगेर राखेछ पनि। लागु औषध खाएको निहुँमा रे। पुलीस थानाबाट खबर आएपछि झिकाएर ल्याएको।
जिन्दगीमा ठुलो भुल त्यसको मन मार्न हुन्न भनेर जे भन्यो त्यहि पुर्याई दिनाले त्यस्तो बिग्रेर गयो।

बाबा चाँहीले हैरान भएर बोरु बिग्रेनी बिग्रीयोस् सप्रे नि सप्रियोस भनेर आफैले पासपोर्ट बनाएर कन्सल्ट्यान्सीसँग कुरो मिलाएर अस्ट्रेलीया पठाई दिनु भयो। शुरुमा त कहाँ मान्यो र। जाँदीन भनेर घरनै आएन कत्ति दिन। धन्न कहाँबाट को साथी गएको पत्तो पाएछ अनि बल्ल तल्ल मान्यो। लौ अब त सुध्रेला की भन्दै सम्झाएर पठायौ। पिर मान्न पर्दैन केही परे खबर गर्नु भनेर नेपालबाट बस्ने बन्दोबस्त समेत मिलाएर पठायौ। यता आएपछि शुरु शुरुमा त पैसा सकियो भनेर खुब पैसा माग्यो। अझ घुर्की लाउँथ्यो म त फर्केर आउँछु भन्दै। तर सम्झाई बुझाई गरेर बस भन्थ्यौ।

काम त त्यस्तै हो कलेज मात्र जाने अनि कोठामै गेम खेल्ने, बरालीने गर्ने खबर साथीबाट थाहा पायौ। त्यस पछि काम गर्न थालेस् पैसा कमाएस् भनेर सम्झाउन थाल्यौ। अनि नेपालबाट पैसा पठाउन ठप्प रोक्यौ। कति दिन त सम्पर्क पनि गरेन शायद रिसले होला। हामीले चाँही सबै जानकारी साथीबाट लिदै गयौं।

जब भोको पेटले सारङ्गी रेट्छ अनि घरको भाडा तिर्नलाई आफ्नो खातामा सुक्को हुँदैन। अनि बल्ल दिमागको बल्बमा बत्ती बल्ने रहेछ जुन कुरा पहिलेनै सिकाउन पर्ने रहेछ। जे जस्तो भए पनि छोरा छोरीलाई मत्याएर चाँही राख्न हुँदैन रहेछ। कम्सेकम् दुःख भनेको यस्तो रहेछ भनेर थाहा सम्म चाँही दिन पर्ने रहेछ। अहिले खोई एकजना दाईको रेस्टुरेन्टमा काम गर्छ रे। घर भाडा सबै तिरेर कलेजको फी पनि मागेको छैन। सायद कमाई राम्रो होला। अस्ती कुरा हुँदा अब दुईवटा सेमेस्टर छ। त्यसपछि ग्रेजुएसनमा बाबा ममी दुबैलाई बोलाउँछु भन्दै थियो। धेरै सुध्रिएछ। म त आजकाल जो कोहीलाई नि छोरा छोरी बिग्रे अस्ट्रेलीया पठाई दिनुहोस् भन्दिन्छु।आखिरी पैसा चिनाउने, आत्मनिर्भर बनाउने र बिग्रने मती भएकालाई सुधार्ने गजबको ठाउँ पो रहेछ। म पनि आगुम जान्छु कस्तो ठाउँ रहेछ, मेरो बिग्री सकेको छोरो सुधार्ने देश अस्ट्रेलीया।

लेखकः मनोज पौड्याल

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349