नेपाली चलचित्र क्षेत्र अत्यन्तै बिबादित क्षेत्र मानिन्छ | कलाकारहरु केहि न केहि माध्यमबाट चर्चामा आइनै रहन्छन | कहिले यक अर्का बिचको सम्बन्धमा आएको फाटो त, कहिले सामाजिक संजालमा व्यंगात्मक सैलिमा लेखिने यिनको स्ट्याटस | यहासम्मकी अहिले सिने नगरीमा कलाकारहरुले लगाउने पहिरनले समेत राम्रो स्थान पाउन थालिसकेको छ | हुनत कलाकारहरुले कसले के अनि कसरि लगाए भन्ने बिसाए सदियौ देखि चासोकै बिसयमा पर्थ्यो | तर पनि अहिले भने चलचित्र जगतमा कलाकारहरुले के लगाए भन्दा पनि कुन ढंगले लगाए भन्ने बिसयमा बढी चर्चा हुने गर्छ |
आना सर्मा अभिनित चलचित्र ग्याङ्गस्टार ब्लुजको प्रिमियर सो भर्करै मात्र सकिएको छ | उक्त सिनेमा हेर्न हलसम्म पुगेका सम्पूर्णले सिनेमा राम्रो बिसयबस्तुमा बनाईएको अभिव्यक्ति जारि गरेका छन् | उक्त चलचित्रमा आसिरमान देशराज, आना शर्मा, संयम पुरी लगाएतका चलचित्रकर्मीहरुको अभिनय रहेको छ | प्रिमियर शो प्राय सबै कलाकारहरुको लागि खास हुने गर्दछ | आफ्नो चलचित्र लागेको दिन आफुतिर सबैको ध्यानाकर्सण हुने भएकाले पनि कलाकारहरु सजिएर प्रिमियर सो मा पुगेका देख्छौ |
चलचित्र ग्याङ्गस्टार ब्लुजको प्रिमियरको कुरा गर्नु पर्दा, आना शर्मा देखि संयम पुरी सम्म फरक पहिरनमा देखिएका थिए | सबैको अनुहारमा आफु अभिनित चलचित्र हलसम्म आउदाको खुसि छचल्किरहेको थियो | तर अभिनेत्री आना शर्मा भने केहि निरास देखिन्थिन | कारण धेरै जस्तो जिन्स पाईन्ट लगाउने आना यसपटक भने अलि हट अबतारमा प्रस्तुत भएकी थिइन् | साएद त्यसैले भनुम उनि अलि बढी नै असहज महसुस गर्दै थिइन | पटक पटक आफ्नो पहिरनको माथिको भाग तानिरहेकी आना शर्माप्रति सबैको ध्यान केन्द्रित भएको थियो | तसर्थ, उनले नत खुलेर कसैसंग कुरा गर्न सकिन नत राम्ररी फोटो नै खिचाऊन | अरुबेला निडर भएर बोल्ने आना प्रिमियर सोमा अलि मलिन देखिन्थिन | साएद उनलाई अबगत भईसकेको थियो आफ्नो पहिरनको बास्तबिकता |
जे होस् आनाको असहजता संगै चलचित्रको प्रिमियर सो सकियको छ | आसा गरौ ”जेरी” हिट भए जसरिनै उनको यो चलचित्रपनि दर्सकहरुले रुचाउनु हुनेछ | अनमोल र आनाको जोडी रुचाउने हाम्रो दर्सकले आसिरमान र आनाको जोडीलाई पनि भब्य स्वागत गरुन भन्ने हाम्रो चाहना छ | साथ साथै आसा गरौ अभिनेत्री आना शर्माले पनि आगामी दिनहरुमा पहिरन छनोट गर्दा बिशेस ध्यान पुर्याउने छिन |