eNepal

न्याभ तीज मेला मेल्बोर्नमा बेन्चमार्क बन्दै, गायीका सुनीता दुलाल यस बर्षको आकर्षण

केही बर्ष अगाडी सम्म अस्ट्रेलीयामा तीजका कार्यक्रम फाट्टफुट्ट मात्र हुन्थे। पाएक परे सम्म सबैको सहभागीता देखिन्थ्यो। नेपाली समुदाएको चाप पनि अहिलेको जस्तो उल्लेख्य मात्रा बढेको थिएन। नेपाली समुदाएको बढ्दो क्रमसँगै कार्यक्रमका सँख्या पनि त्यहि अनुरुपमा बढ्न थाल्यो। यहि साललाई मात्र हेर्ने हो भने लगभग ८ वटा जति तिजका कार्यक्रम मेल्बोर्नमा भए जसलाई बिभीन्न ईभेन्ट कम्पनी देखी समाजहरुले आयोजना गरे।

गएको केही बर्ष देखी नेप्लीज एसोसियसन अफ् भिक्टोरीया न्याभले पनि तीजको कार्यक्रम गर्दै आएको छ जुन भव्य रुपमा सफल भएको देखीएको छ। न्याभले गर्ने तीज कार्यक्रम एउटा बेन्चमार्कनै भई सक्यो भन्दा पनि हुन्छ। अरु कार्यक्रममा नगए पनि न्याभको तीज कार्यक्रममा चाँही जान पर्छ है भन्ने महिला दिदी बहिनीहरु पनि धेरैनै भेटीन्छन्।

गएको साल नेपाली लोक साङ्गितीक आकाशकी कोमल श्वरकी धनी एबम् समाचार बाचीका कोमल वलीको बिशेष उपस्थितीमा न्याभले नेप्ले ईभेन्ट्सको सहकार्यमा तीज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिसकेको छ।

Celebrating Women’s right and gender equity: Together we can भन्ने मुल नाराको साथ यो बर्षको तीज पनि भव्यताका साथ मनाउन न्याभ लगभग तयारी अवस्थामा रहेको छ। कलाकारहरु ल्याउने क्रमलाई निरन्तरता दिदै अहिलेका युवाहरु माँझ लोकप्रीय गायीका सुनीता दुलाल यस बर्षको न्याभ तीज मेलालाई साथ दिन आउँदै छिन्। स्थानीय थोनबरी थिएटरमा आयोजना हुने सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागीता हुने छ।

नारी निकुन्ज अस्ट्रेलीयाको सहयोग र ईभेन्ट साझेदारीका रुपमा वभरसीज एजुकेसन् एण्ड करियर कन्सल्टेन्ट (OECC)ले सहभागीता जनाउदैछ। दिदी बहिनी समाज, क्रेगीबन नेपाली समाज, भिक्टोरीया बहुसाँस्कृतीक आयोग, मेल्बोर्न फोटो प्रोजेक्ट लगाएत बिभीन्न सँघ सँस्थाहरुको समर्थन रहेको छ।
बृस्तीत जानकारी तल पोस्टरमा हेर्न सक्नु हुनेछ।

 

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349