eNepal

खल्तीमा दश डलर नहुँदा फ्लिन्डर्स स्टेसनको चिसो प्लेटफर्ममा रात बिताएँ

भोको पेटले झस्कायो आमालाई घुर्क्याएर पस्केको भात लत्याएर ठम् ठम् गर्दै बुट बजाएर साथीसँग गएर मस्त रमाईलो गरेका क्षणहरु। आमा त भन्नु हुन्थ्यो यसरी खाना फालेर हिडेको छस् जव मानो पुग्छ अनि थाहा पाउँछस् भोक्कै बस्नु पर्दा। म हाँसेर आमालाई उडाउँथे हैट आमा पनि कहाँ रुडीबादी कुरा गरेको। आमा तपाई त त्यस्तो पुरानो टाईपको लाग्दैन थियो त भन्दै जिस्काउँथे। कत्ति न आधुनीक भई टोपलीएको भन्दै झपार्नु हुन्थ्यो।

त्यहि कुरा एक्कासी याद आयो। भोकले रन्थनिएको थिए। कामबाट थकित मुद्रामा आउँदै गर्दा चौबिसै घण्टा खोलीने फास्टफड हङ्ग्री ज्याक्समा छिरे अनि खल्ती छामे। तर पाँच डलर साथमा नभएर मैले बर्गर अडर गर्न सकिन। चिसो अत्याधिक थियो सायद ६ डिग्री हुन पर्छ। एकछिन फ्रि वाईफाई पनि भएकोले मोबाईल चलाउँदै बसें।
थरी थरीका मान्छे कोही कामबाट आएका अनि कोही जाने तयारीमा रहेकाहरु धमाधम मुख बुजो हाल्दै बर्गर टोक्दै थिए। मैले झल्यास्स आमाको त्यो बचन सम्झे – हेर्न मानो पुगेको दिन तँ भोक्कै बस्नु पर्छ। मन थाम्न सकिन अनि आँखाबाट आँशुका ढिक्का खसे। आफ्नो मनलाई दरो गरेर बाँधे।

आज भोकै भएर के भयो र भोली त मेरो तलब आउँछ त्यस पछि त म कहिलै भोकै बस्न पर्दैन। आखिरी यो बिरानो शहरमा सान्त्वना दिने आफुले आफैलाई हो। जति खोके नि जति ठुला गफ गरेनी सवै केबल मुखका मिठा मात्र हुन्। आश सबैले देखाउँछन्, चेपारे सबैले घस्छन् तर आफ्नो जिन्दगीको लडाई लड्ने केबल आफैले रहेछ।
सबैले भन्ने त्यहि हो भई हाल्छ नि तर हुने कहिले हो स्वयम् आफै अनबिग्य हुन्छन्।

झल्याँस्स भित्तामा आँखा गयो।समयले नेटो काटी सकेछ। हतार हतार ५०० मिटरको दुरीमा रहेको फ्लिन्डर स्टेसन तर्फ झोला भिर्दै दगुरे। त्यस दिनको लागि अन्तिम ट्रेन थियो। ट्रेन सम्म पुग्न एउटा बार पार गर्न पर्थ्यो। पर्सबाट माईकीकार्ड (टिकट) झिके र ट्याट् पार्न खोजे तर भएन। फेरी दोहोर्याएर गरे अहँ भएन। ट्रेन जानै लागेको सुचना आउँदै थियो। बार नागेर जाउँ कि जस्तो लाग्यो तर मनले दिएन। हेर्दा हेर्दै ट्रेनको ढोका लाग्यो। छेउमा ठिङ्ग उभिएका मामाहरुलाई देख्दा नाघ्ने साहस पनि आएर। पेटमा मुसा दौडीएर भोक टरि सकेको थियो।

पुनः फर्केर सबैले भन्ने यताको रत्नपार्क यानिकी फेडरेसन स्कायर तिर लागे। कोही म जस्तै पिडीत भेटीन्छन् कि भन्दै। अहँ विकेन्ड भए बोरू कोही रमाईलो गर्न सिटी आउनेहरु भेट हुन्थे होलान्। केबल एक्लै फेरी न्यानो खोज्दै उही हङ्ग्री ज्याक्स गए। अनि लामो सास फेर्दै ठिकै छ जिन्दगी हो हार खान हुन्न। यो केबल भोगाई हो र यहि भोगाईले मलाई झन् बलीयो बनाउँछ भन्दै त्यहि झुकाएँ। खाली पेटले कहाँ पो निन्द्रा लाग्दो रहेछ। भोली यतैबाट कलेज जान्छु।पैसा नि आउँछ अनि पेट भरुन्जेल खान्छु भन्दै मनलाई थुम्थुमाए। तर सफा गर्ने भन्दै हङ्ग्री ज्याक्सबाट निस्कने आदेश आयो। फेरी गए उही सबैको गन्तब्य पुग्ने एउटै रास्ता फ्लिन्डर स्ट्रीट स्टेसन अनि त्यहिको चिसो प्लेटफर्ममा रात काटे।

नोटः कथा काल्पनीक हो तर यदि कसैको कथासँग मेल खान गएमा केबल सम्योगको रुपमा मात्र लिनु होला

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349