प्रिय
न म तिम्रो छातीको अंगले प्रभावित भएको थिए न त त्यो अनुहारको रंगले नै, लौ भनौ यो एक किशोर उमेरमा हुने विपरीत लिंग बिचको आकर्षण मात्रै थिएन| मलाई तिमी साचै राम्री लागेकी थियौ| मलाई तिम्रो त्यो गाढा लाली पोतिएको गुलावी ओठ मन परेको थियो, कालो गाजल पोतिएको खैरो आँखा मन परेको थियो, त्यो सोझो अनुहारलाई छुच्चो बनाउने चुच्चो नाक मन परेको थियो, जेरी जस्तै टोकौ-टोकौ लाग्ने कान मन परेको थियो, सधैं आफ्नु ओठमा राख्न मन लाग्ने ति रसिला गाला मन परेका थिए| मेरो यो मन तिम्रो मुसुक्क मुस्कानले सुटुक्क चोरेको पत्तै लागेको थिएन|
हरेक रात आठबजे ओछ्यानमा गएर घोप्टो परेर सुत्ने ल्वाठले राती एक बजेसम्म तेही मुस्कानको स्मारन गरिरहन्थ्यो| भबिस्यमा ठुलो मान्छे बनु भनी भगवानलाई डिमान्डगर्ने केटोले भबिस्यमा त्यो ओठ्मा मुस्कानको कमी हुन नदीने मान्छे बनु भनी डिमान्ड गर्न लाग्यो| तिम्रो बारेमा धेरै त जान्दिनथिए प्रिय तर मेरो निन्द्रा तिम्रो मुस्कानमा आएर अन्त्य हुन्थ्यो| मेरा इच्छा परिवर्तित भैसकेका थिए, तिम्रो चाहना मेरो सपना बनिसकेका थिए| थोरै समयमा यो मनले धेरै कुराहरुको कल्पना गरिसकेको थियो, सबै कल्पनामा तिमी थियौ अनि सबै कल्पनामा तिम्रो इच्छा पुरा गर्ने म|
थाहा छैन प्रिय खै कसरि हो कुन्नी आफुलाई परिवर्तित भएको महसुस गर्थे| पर्स बोक्न मन नपराउने मान्छे मलाई गोजीमा पर्स नबोकी हिंड्नै मन लाग्दैन थियो, पैसाको मायाले होइन पर्समा रहेको त्यो फोटोको मायाले| त्यो फोटोले मेरो एक्लोपन भगाईदिन्थ्यो, एक्लै हुदापनि मलाइ हसाइदिन्थ्यो| केटि भनेबित्तिकै कान ठाडो पार्ने म अरु केटीहरुमा आकार्शित हुन छाडिसकेको थिए| फीलिङ्स् भन्ने कुरा बुझ्दै थिए म|
सधै तिम्रा हिउ जस्ता गालामा चुम्मा खाएर “म तिमीलाई माया गरिरहन्छु” भन्न चाहन्थे, सधै यो आँखामा राखिराख्न चाहान्थे| साच्चै तिमीलाई माया गर्थे म, साच्चै तिमी भनेपछि मरिहत्ते गर्थे म| तर भन्न सकिन, खै किन किन भन्न सकिन !!
उही तिम्रो एक्तर्फी माया गर्ने
काजी
लेखक: कुसल डोटेल