आफ्नी छोरी पुजा श्रेष्ठ अठार बर्ष प्रवेश गरेको र अस्ट्रेलीयाको ख्याती प्राप्त विश्व बिधालय मोनास विश्व बिधालयबाट छोरा पुरक श्रेष्ठले ग्राजुवेट गरेको उपलक्क्षमा पाटी आयोजना गर्नको लागि छुटाएको अस्ट्रेलीयन डलर तीन हजार जिलोङ निवासी
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एवं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले बाढी पहिरो पिडीतलाई दिने निर्णय गर्नु भएको छ।
तराईका बिभीन्न भुभागनै डुवानमा परेको र लाखौ मानिसहरुको गाँस,बास र कपास खोसीएको परिस्थितीमा रमाईलोको लागि छुट्याईएको रकम बोरु पिडीतलाई दिएर केही राहत होवस भनेर सो निर्णय गरेको फेशबुक मार्फत जानकारी दिनु भएकोछ। बाडी र पहिरोले करोडौको धनजनको क्षती भएको छ भने धेरैको घरबार टुटेको छ। यस्तो बिसम् परिस्थीतिमा यो सहयोगले केही मलम लगाउने काम पक्कै हुनेछ। उक्त रकम धर्मुस सुन्तली फाउन्डेसन मार्फत पिडीत समक्ष पुराउने जानकारी रहेको छ।