हिन्दु धर्म अनुसार हरेक बर्षको भाद्र कृष्ण अष्टमीका दिन भगवान बिष्णुको आठौ अवतारको रुपमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई श्रीकृष्ण जन्माष्टामीका भव्य रुपमा मनाईने चलन चलीआएको छ। हिन्दु धर्म अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेरणाका रुपमा हिन्दु धर्मावलम्बीहरुले यस दिनलाई बिशेष महत्वको रुपमा मनाउने गरेका छन्।
हिन्दु धर्म शास्त्र अनुसार द्वापर युगमा देवकी र बासुदेवका आठौ सन्तानका रुपमा जन्म भएको भगवान श्रीकृष्ण उनका बा आमालाई मामा कंशले बन्दी बनाएको बेला जन्म भएको र यशोधा माताको रेखदेखमा हुर्केको र पछि ठुलो भएपछि दुष्ट मामा कंशको संहार गरी अन्याय, अत्याचार र दानवी प्रवृतीको अन्त्य गरी मानवजातीको कल्याण गरेको पौराणीक कथाहरुमा उल्लेख गरेको पाईन्छ।
आजैका दिन ललीतपुरको पाटनमा अवस्थित कृष्ण मन्दिर लगायत अधिराज्य भरका मठ मन्दिरमा बिशेष मेला लाग्ने गर्छ भने रातभर जागाराम बसेर कृष्ण महिमा भजन क्रितन गर्ने चलन चलिआएको छ।