eNepal

प्रेस बिज्ञप्ती मार्फत एनआरएनए अस्ट्रेलीयाद्वारा बाढीपीडित सहयोगको अपिल, कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा

अबिरल बर्षा पछि आएको बाढी र पहिरोले नेपालको पुर्वी तराई बाढीको चपेटामा परेको छ। धेरै धनजनको क्षती भई सकेको छ भने हजारौ परिवार बिस्थापीत भएका छन्। तत्कालको लागि केही सहयोग गर्ने हेतुले एनआरएनए अस्ट्रेलीयाले बाढीपीडित राहत कोष गठन गरेर सम्पुर्ण नेपालीमा सहयोगको अपिल गरेको छ।

एनआरएनए प्रवक्ता रन्जु थापा मार्फत उक्त प्रेस बिज्ञप्तीमा भनिएको छ मात्रृभुमी अहिले सङ्कटमा परेको छ। देशमा बिपत परेको बेला सहयोगमा जुट्नु हामी गैर आवसीय नेपालीहरुको कर्तव्य हुन आउँछ। देशमा केही दिन देखी परेको अविरल बर्षाको कारण आएको बाढी र पहिरोबाट धेरै धनझनको क्षती भएको छ। यस्तो बिसम् पथिस्थितीमा हामीले आफ्नो ठाउँबाट सकेको आर्थीक सहयोग जुटाएर बाढी पिढीत जनताको उद्दारको लागि पहल गर्नु पर्ने भएको छ।

यसका लागि एनआरएनए अस्ट्रेलीयाको हिजो बसेको आकस्मिक बैठकले अस्ट्रेलीयामा रहेका सम्पुर्ण नेपाली तथा नेपाल र नेपाली प्रती सद्भाव र मायाँ गर्ने व्यक्ति वा सँघ सँस्थाहरु सहयोगको लागि अपील गरिएको छ।

कोषमा एनआरएनए अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । यस्तै बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एक/एक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरिसक्नुभएको छ । एक साताभित्र दुई करोड रुपैया जम्मा गरी राहत बितरण थाल्ने संघको तयारी रहेको छ।

त्यस्तै गरेर गैरआवासीय नेपाली संघका सवै देशमा रहेका राष्ट्रिय समन्वय समितिहरुलाई रकम संकलन कार्यमा तिब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को खातामा पठाइसक्न गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् हार्दिक अनुरोध पनि गरिएको छ ।

यसै बिच एनआरएनए अस्ट्रेलीयाका महा सचीब नारायण कोइरालाले पनि प्रेस बिज्ञप्ती जारी गर्दै एनआरएनए आ सि सिसँग सदाझै समन्वय गरेर सहयोग बापत आएको रकम प्रबावकारी ढुङ्गले पिडीत समक्ष पर्याउने प्रतीबद्दता जाहेर गरेको छ। मातृभूमि संकटमा परेको बेला सकेको आर्थिक सहयोग गर्न सहयोग रकम निम्न बैंक खाता र नम्बर जम्मा गर्न पनि अनुरोध गर्नु भएको छ।

Account name: NRNA Disaster Relief Account
BSB: 032006
Account number: 595128
Ref: Your name – Flood

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349