अहिलेको चर्चित रियालिटी सो नेपाल आइडल, यो साताको टप ७ को प्रस्तुति संगै थप उचाईमा पुग्न सफल भएको छ | लाखौको संख्या बाट छनोट गर्दै टप ७ सम्म आईपुग्दा झन् धेरै चर्चा बटुलिरहेका हाम्रा आइडलका सम्पूर्ण प्रतियोगीहरुको प्रस्तुति दमदार रहेको थियो | गएको साता भन्दा यो चोटीको कार्यक्रम अझ बढी रोचक र खास देखिएको थियो | नेपाली सांगीतिक क्षेत्रका नाम चलेका अनि सर्बाधिक रुचाईयका ७ जना संगीतका पारखिहरुको उपस्थिले झन् माहोल नै रमणीय बनाएको थियो |
बुद्ध लामा, निशान भट्टराई, सागर आले, प्रमिला राई, लगाएतका अन्य बाकी प्रतियोगीहरुले आफुले मन पराएका गायक गायिकाको साथमा गित गाउने सुबर्ण अवसर प्राप्त गरेका छन् | यी ७ जना सेलिब्रेटी गेस्टहरुले भने आफुले गायकीमा साथ दियका प्रतियोगीहरुको खुलेर तारिफ गर्दै भोट पनि अपिल गरेका छन् |
हरेक हप्ता “पर्फोर्मर अफ द विक” छनोट गरि यामाहा सलुटोको तर्फ़ बाट गिटार दिने चलन रहेको नेपाल आईडलको आजको गिटार भने निशान भट्टराईले जित्न सफल भएका छन् | दुइ चोटी सम्म उत्कृस्ट प्रस्तुति दिन सफल निसानलै नेपाल आइडलको सान पनि भन्ने गरेको पाईन्छ | निसान जस्तै हरेक प्रतियोगीहरुको गाएकी तारिफ योग्य थियो |
टप ७ सम्म पुग्दा हरेक प्रतिस्पर्धीले बटम ३ को स्वाद चाखी सकेका छन | तर, बुद्द लामा मात्र यस्ता प्रतिस्पर्धी हुन् जसले आज सम्म आफ्नो गाएकी र मन्द मुस्कानले हरेको मन जित्न सफल छन् | तेसैले होला उनलाई बटम ३ को अनुभब अहिले सम्म गर्नु परेको छैन | झन् यो पटकत बुद्द लामले कमल खत्री लाई साथमा लिएर , कमल खत्रीकै आवाजमा रहेको रात बित्यो बोलको गीत सुनाएर निर्णायक पक्ष देखि दर्सक सम्मलाई चकित पारेका छन् |
टप ७ भन्दा पहिले , सहज रुपमा उत्कृट प्रतियोगी चयन गरि भोट गर्दै आईरहेका हाम्रा दर्सकहरु, अहिले भने केहिहद सम्म अलमल्लमा परेका छन् | जो हेर्यो तेइ दामी लाग्ने कसलाई भोट गर्ने कसलाई नगर्ने खोई जस्ता कुराहरु समेत सुन्नमा आएको छ |
जे होस् देशमा कुना कुनामा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्नु हामी सबैको लागि खुसीको कुरा हो | नेपाल आइडल जस्ता कार्यक्रम अझ बढी आउनु पर्छ भन्ने मान्यता हामी सबैको रहेको छ |
अन्त्यमा, सहि व्यक्तिलाई छनोट गरि पहिलो नेपाल आइडल बानाउ |