करिब दुई बर्ष अगाडी एकाएक मेल्बोर्नमा हल्ला खल्ला धेरै भयो बिपुल क्षेत्री आउने कुरोले। नढाँटी भन्नु पर्दा म एक सङ्गीत प्रेमी भईकन पनि मैले खासै उनको गीत सुन्ने मौका पाएको थिईन। जब सोलाङ्चर ईभेन्ट कम्पनीले मेल्बोर्नमा ल्याउने खबर फेशबुकका भित्तामा क्रमैसँग आउन थाले। त्यस पछि युट्युबमा उनका गीतहरु सर्च गर्न थाले। गीतको भ्युहरु हेरेर म आफै दङ्ग खाए। कति धैरै भ्यु रहेछन्। उनका फलोर्सपनि उत्तिकै। पहिलो गीत थियो कहाँमा काट्यो बेतको लौरो। फेरी अचम्म लाग्यो यो गीत त मैले पहिलेनै सुनेको गीत। तिहार ताका खुब गाईन्थ्यो। उबेला मैले अडियो क्यासेट पनि किनेको थिए धरानका गाएक गँगा बरदानको।
मन मनै भने ए युट्युबर्ष रहेछन् अरुका गीतलाई नयाँ तरिकाबाट गाउने रहेछन्। त्यस पछि उनका गीतका लिस्टहरु युट्युब भरि क्रमैसँग आए। लाईभ पर्फर्मेन्स गरेका भिडीयोहरु पनि टन्नै रहेछ। उनले गाएको गीत मध्य सबै भन्दा बढि हेरीएको तिमी जाने सिलीगुडी म जाने सिक्कीम तिरलाई क्लिक गरे। गीत सुन्दै गए अनि मोबाईलमा भिडीयो पनि हेरे। यति मिठो स्वर लाग्यो कि स्वरको अगाडी त्यो भिडीयोनै मित्था लाग्यो।
हुन त पहिला जुन बेला हरेकको घरमा न टिभी थियो न हात हातमा स्मार्ट फोन, त्यो बेला गाएका गीत केबल रेडीयोमा घन्किन्थे। अनि त्यहि पुस्ताले जन्मायो नारायण गोपाल, गोपाल योन्जन, नातीकाजी, तारादेवी, अरुणा लामा, अरुण थापा, राम थापा धर्मराज थापा, झलकमान गन्दर्भ, फत्तेमान अनि कुमार बस्नेतलाई।
यि साधकहरुले रेडीयो नेपालको स्टेसनमा एकै टेकमा त्यो पनि प्रत्यक्ष बाध्यबाधनमा गायका गीतहरु यति कर्णप्रीय बनेकी जति सुनेनी कहिलै झर्को नलाग्ने अनि नेक्सट बटन दबाउन कहिले मनैले मानेन जति चोटी सुने पनि। त्यहि आभाष भयो बिपुल क्षेत्रीको गीत सुन्दा। लाग्यो उनी गीत गाएर छिट्टो पपुलर हुन आएका होईनन्। उनको आवाजले सिङ्गो नेपालको भाषा अनि कला र सँस्कृती बोकेको छ। त्यसपछि मैले काठमाण्डौमा भएको उनको एक कार्यक्रम लगाए युट्युबमा। लगभग १०००० को जमात थियो र हरेकले उनका गीतसँगसँगै गाउदै थिए। यसको अर्थ उनका गीत हरेक उमेरका मान्छेले मन पराउँदा रहेछन्।
गएको बर्ष सोलाङ्चरले मौका जुरायो बिपुल क्षेत्रीको प्रत्यक्ष कार्यक्रम हेर्ने। अक्सर यस्ता कार्यक्रममा मलाई उफ्रने पर्ने हुन्छ। कन्सर्ट टाईपको कार्यक्रम भए पछि तर म एकटेक पनि दायाँ बायाँ नगरी निरन्तर उनका गीतहरु सुनी रहे। उनको व्यान्ड रहेछ जसमा कुटुम्ब व्यान्डका सारङ्गी बाधक किरण नेपाली पनि रहेछन्। सारङ्गीको सुरिलो धुनबाट शुरु भएको उनको साङ्गीतिक कार्यक्रम यति मजाले बग्यो कि हरेक गीतहरुमा वान्स मोरका आवाजहरु सनिन्थे।
गीत गाउनु हिट हुनु छुट्टै कुरा हो तर कति गायक गायीका आए हिट गीत गाए, केही बर्ष नेपाली सङ्गीत दुनीयाँमा राज गरे तर अहिले कहाँ हराए कता गए केही अतोपत्तो छैन। बश् छ त उनका केही गीत त्यो पनि अरु कसैले युट्युबमा राखेका। तर कोही गायकहरु आए जसले सङ्गीतलाई आफ्नो पेशा बनाए, श्रोताको ईच्छा र चाहानालाई बुझे र त्यहि स्वरुप आफुलाई परिमार्जीत गर्दै लगे। आज सानका साथ यहि गीत र सङ्गीतलाई पेशा बनाए। देश बिदेशको भ्रमण गरे। लाखौ लाख दर्शक श्रोताको मन जिते। नेपाली सङ्गीतलाई बिश्वमा चिनाउन अग्रसर भए। यस्तैहरुको नाम लिदा नेपथ्य, बिपुल क्षेत्री, एड्ज व्याण्ड, कुटुम्बको नाम अग्रपङ्तीमा आउँछ। यिनै गायकहरुले नेपाली गीतको स्तरलाई बढाउनमा ठुलै भुमीका खेलेको जस्तो लाग्छ।
आज बजारको चर्चा गर्दा यीनै कलाकार बिक्छन्। हरेक बर्ष बिदेशको टुरमा यीनै जान्छन्। दर्शकको स्वाद थाहा पाउनमा माहिर छन् त्यहि रुपको गीत दर्शक श्रोतालाई दिन्छन्।
फेरी करीब दुई बर्षको अन्तराल पछि पुन मेल्बोर्नमा बिपुल क्षेत्रीको कार्यक्रम हुन गई रहेको छ। ईयुफोनीक नाम दिएको सो कार्यक्रम सोलाङ्चरको प्रस्तुतीमा आगामी २० अगस्टका दिन मेल्बोर्नको बिलबोर्डमा आयोजना हुँदैछ जसमा नेपालको अर्को चर्चीत ब्यान्ड अल्बेट्रोसले पनि आफ्नो प्रस्तुती दिदैछ।