eNepal

आजकाल दश बर्ष पुराना मायाँ पिआरवालाको दुईदिनको गफमै तुहिन्छन्

आजकाल के गर्दै छौ भनेर १० जना युवाहरुलाई प्रश्न सोध्यो भने ९ जनाको उत्तर आउँछ आईएलटीएसको तयारीमा छु। किन की १२ सक्नु भनेकै बिदेश जानलाई लाईसेन्स दिए जस्तै भई सक्यो। कमैलाई मात्र हुन्छ नेपालमै पढौ, यहि श्रम गरौ अनि यहि आनन्दको जिवन बिताउँ। हुने त रहरले बिदेशीन्छन् नहुने करले बिदेशिन्छन्। पढेर पनि कुनै रोजगारी नपाए पछि बरिक्तिएर बिदेश जानेको लर्कोनै लागेको हुन्छ।

फेरी आजको फास्ट फर्वाड दुनियाँमा सबैजना फास्ट फर्वार्डनै हुन चहान्छन्। आजालका युवाहरु यति फर्वार्ड भएकी मायाँ, प्रेम, अफिएर अनि क्रस त सामान्य जस्तै भई सक्यो। पाँच कक्षा पढ्ने भाईको फेसबुक एकाण्टमा केटीको प्रोफाईल पिक्चर रहेछ। ज्यादै मनमा कौतुहुल भयो र उसको बा आमालाई सोधे।भाईले केटीको फोटो राखे छ त फेशबुकमा भनेर। साँझ बा आमाले केरकार गर्नु भएछ। बुझ्दा त भाईको क्रस हो रे। अनि तलाई पढ्ने बेलामा तेरो क्रस र माईनस भनेर झपारे पछि फोटो चाँहि हटाएछ। अस्ती नेपाल जाँदा सोधेको के हो भाई भनेको हैन त्यस्तो दाई अहिले छुटी सक्यो रे। हेर कलियुग।

सीता(नाम परिबर्तन)को पुर्ख्यौली घर झापा। एसएलसीमा राम्रो अङ्क ल्याएर पहिलो श्रेणीमा उत्रीण गरिन्। त्यसपछि बा आमाको ईच्छा बमोजिम छोरीलाई डाक्टर पढाउन बिभीन्न नाम कहलिएका कलेजमा गएर आबेदन फारम भरे। तर नेपालमा नाम निकाल्न कि त मोटो रकमनै पेल्न पर्ने या प्राईभेट कलेजमा भर्ना गराएर कलेजमा लाखौ फी जोहो गर्न पर्ने। निम्न बर्गीय परिवारले छोरीलाई डाक्टर पढाउने कोशीस त गरे तर पैसा नभए पछि सबै मेहीनेत भैस गए पानीमे भने जस्तो हार खाएर झापाकै एक कलेजमा नर्सीङमा भर्ना गराई दिए।

काठमाण्डौमा बसेको केटा नाम रोहन। पढ्ने अनि काम गर्ने शिलशिलामा रोहन काठमाण्डौ बस्थ्यो। पुर्ख्यौली घर पश्चिम धनगडी। पुल्चोक ईन्जिनीयरिङमा स्नातक गर्दै गर्दा सामाजिक सन्जालको माध्यमबाट सीतासँग भेट भयो। दुबै पढ्नमा मेहीनेती। साधारण चिनाजानबाट शुरु भएको यात्रा दूई बर्ष सम्म च्याट र म्यासेजमै बित्यो। पिसीएल सकेर बिएन गर्न सिता काठमाण्डौ आईन्।साधारण मित्रतामा सिमीत यो नाता अब भेट्ने सम्म पुगे। भेटघाट बड्दै गयो। दुबैको मनमा मायाँ थियो तर निस्कपट मायाँ। आजकालको केटा केटीले गरे जस्तो सस्तो मायाँ थिएन। आज साथी भोली क्रस पर्सी एक्स पाराको मायाँ थिएन किनकी ती दुबैले जिन्दगीलाई नजीकबाट बझेका थिए। व्यबहारले पोख्त भएका थिए अनि के सही र गलत राम्ररी छुट्याउन सक्ने भएका थिए।
यसरी कुनै लप्पनछप्पन बिना उनीहरुको मायाँको हागाबिगा फैलने क्रममा थियो सँगसँगै पढाई पनि निरन्तर बड्दै थियो।

छोरीको घर न पर्यो बिहेको हतारो बा आमालाई अबस्य हुन्छ। राम्रो कुटुम्ब आए जिम्मा लाउन आतुरनै हुन्छन् बा आमा जतिनै जाने सुनेका भए पनि। छोरीको पढाई कहाँ पुग्यो सोच्दैनन् तर भनेको जस्तो कुटम्ब आयो भने जिम्मा लगाउन ढिला गर्दैनन्। आजकाल केटा कहाँ छ, अस्ट्रेलीया अमेरीकामा छ भने पछि धेरै कमले मात्र हिच्किचाउँछन् अक्सर पहिलो बातमानै हुन्छ भनेर हरियो सिग्नल देखाउँछन्।

के गर्छ ईलम सोद्धैनन् तर पिआर वा ग्रीनकार्ड छ कि छैन पहिलो प्रश्न हुन्छ। कतिले भएर भयो भन्लान तर धेरैले नभईकन पनि भई सक्यो या भन्न सजिलो प्रोसेसमा छ भन्दिन्छन्। लौ न के के न पाईयो भनेर केटाको कुरा चलाउन जान नपाउँदै लगभग बिहेको पक्का पक्की हुन्छ।

यस्तै घटना सीतासँग पनि भयो। गफ लगाए छ अस्ट्रेलीयन पिआरवाला हो भनेर। घरमा कुरो आए पछि छोरीलाई काठमाण्डौबाट झिकाईयो। केटो आउने हप्ता दिन बाँकी रहेछ। मिल्यो भने बिहे गरेर केटीको डकुमेन्ट बनाएर प्रोसेस गर्ने कुरा भए छ। फोटो हेर्दा हेन्डसम्। हेन्डसमनि किन नहोस्। बिदेशको हावापानी लागे पछि पित्तल त सुन बन्छ। त्यस माथी फेशबुकमा कस्ले पो यथार्थ बिवरण राखेको हुन्छ र आजकाल। सुन्दर सुन्दर तस्बीरले जसलाई पनि वहा हुनु स्वभाविकै हो।

बिहे लगत्तै लैजाने शर्तमा अस्ट्रेलीयाको पीआरवाली बन्ने आशमा बाउ आमाको करकापमा हुन्छ भन्न बाध्य भईछ।
यता बिचरा रोहन पढाई सकेर एउटा आफ्नै नाममा कम्पनी खोल्ने दोडदाहमा लागेछ। त्यति पुरानो मित्रतामा कुठाराघात हुन्छ भन्ने के थाहा। के थाहा उसलाई अस्ट्रेलीयाको केटोले सीतालाई उडाउँदै छ भनेर।

आजकाल अस्ट्रेलीया आउने धेरैले भन्ने बाक्य हो प्रोसेसमा छ पिआर। यो भन्दैमा पिआर भई सकेको नबुझ्नु होस्। यहाँ पिआर नलिई कन बर्षौ सम्म बिधार्थी भएर घरमा सान्त्वना दिनको लागि प्रोसेसमा छ पिआर भन्छन्। भलै कोही को बाध्यात्मक परिस्थीती होला तर कोही केटा पिआरको लोभ देखाएर बिहे गर्न खोज्दैछ भने आफै साबधान भएको राम्रो। फेरी पिआरको बहानामा आफ्नो जिन्दगी बर्बाद नहोस्। अनि कसैको लामो मायाँ पिरती पिआरको एकै झट्काले उठीबास नलागोस्। हतारमा सीताको बिहे त भयो तर अस्ट्रेलीयन ईमिग्रेसनको परिबर्तीत नियमले उसको प्रोसेसमा भएको पिआर पनि ओझेलमा पर्यो। हाल फेरी बिधार्थी भीषाको आबेदन दिएर बसेको छ उता सीता पिआरवाली भएर अस्ट्रेलीया आउने मिठो सपना बुन्दै बसेको महिनौ भयो। आखिरी दोष कस्को।

जिन्दगीका कतिपय महत्वपुर्ण कुराहरुको निर्णय लिनु भन्दा अगाडी बृस्तीत छानबीन गरेर लिएको राम्रो हुन्छ। हुन त यहाँ दोष कसैको छैन तर नभएको कुरा भयो भनेर भ्रम फैलाएर छल गरेको आधारमा अस्ट्रेलीयन केटोनै गद्दार ठहरीन्छ। बस् यत्ति।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349