eNepal

बिशेष कारणबश अस्ट्रेलीया आउने कलाकारहरुको भिषा रद्द्, आयोजकहरुलाई तनाब

कलाकारहरु अस्ट्रेलीया आउन भने पछि मरिहत्य गर्छन्। यो बर्ष त झन् अस्ट्रेलीया आउने कलाकारको बाडीनै आएको छ। कोही कलाकारहरु त अस्ट्रेलीयालाई घर अनि नेपालीलाई ससुराली घरनै सोच्न थाली सके किन की बर्षमा दुई चोटी सम्म आउने कलाकार पनि छन्। हुन पनि किन नहोस् सित्तैमा प्लेन चडेर, राम्रा राम्रा ठाउँ धुम्न नि पाईने, मिठा मिठा खान पनि पाईने, महङ्गो रक्सी पिउन नि पाईने भए पछि अहिले आयोजकहरुलाई लौन मलाई बोलाई दिनु पर्यो भनेर ज्यु ज्यु गर्नेहरुको लामनै लागेको छ।

कलाकारहरुले पनि पाएको मौकाको फाईदा उठाउँदै आयोजकसँग सके सम्म चुस्नु पर्छ भन्ने मान्यता हाबी हुँदा आयोजक नराम्रोसँग उत्तानो परेको खवर पनि गोप्य स्रोतबाट आएको छ। फेरी गीत गाउन भनेर आउने कलाकारहरु खासै धेरै पनि हुँदैन। लाग्छ कि म्युजीक ट्रायकमा चिच्चाई रहेका छन्। न रियाज न पुगेको हो या अभ्यास नगरेको हो। सुन्दै टिठ् लाग्दो र कानको जालीनै फुट्ने हुन्छ। खाली यो र उ, फलानो लेबल र चीलानो अनि यहाँ लैजाउ र त्यहाँ, चुरोट र त्यो चुरोट भनेरै टुर सकिन्छ।

यहि कुराहरु मनन गरेर अव जस्तोपायो त्यस्तै कलाकारको भिषा नदिने भित्री स्रोतबाट जानकारी आएको छ। अव अस्ट्रेलीयाको भिषा नपाए पछि कति कलाकारहरुले भगवान शिवसँग हरेक शोमबार ब्रत बसेर लौन सम्भो अस्ट्रेलीयाको भिषा लगाईदिन पर्यो प्रभु भन्दै हिडेको हाम्रा नेपाल सम्बाद्दाता जुल्फेले हामीलाई बताउनु भयो।

नमस्कार आज गाईजात्रा। सम्पुर्ण हिन्दु जनहरुमा ईनेपालको तर्फबाट गाईजात्राको शुभकामना दिदै यो लेखलाई केबल गाईजात्रा बिशेषको रुपमा पढ्दिनु होला भन्ने अनुरोध गर्दछौ। हामी कलाकारको सम्मान गर्छौ र धेरै भन्दा धेरै कलाकार बिदेश आउन ताकि उनीहरुको आर्थाक स्तरमा केही भयपनि राहत मिलोस्।सबैले हाँसेर आफ्नो पेशा प्रती घमण्ड गर्न सकुन हाम्रो यहि अपेक्षा छ अनि शुभकामना।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349