मेल्बोर्नका केही जागरुक युवाहरु जो पढाईको अलाबा अतिरिक्त क्रियाकलापलाई पनि अघी लैजाउन भन्ने हेतुले सन् २०१६ मा एउटा क्लब बनाउने निधो गरे र नाम दिए गोर्खाली क्रिकेट क्लब।मुलत: क्रिकेट खेललाई बढि प्राथमिकता दिदै आधिकारीक रुपमा अगस्ट २०१६मा बाट आफ्नो खेलको अभ्यास शुरु गरे।
पढाई, काम र खेल सबैलाई एकै साथ लैजान गार्हो हुने यो परदेशको माटोमा पढाई र कामबाट बचेको थोरबहुत समय खेललाई दिदै नेपाली समुदाएका बिभीन्न क्लबहरु बिच भएको मेल्बोर्नको प्रिमीयरमा सहभागीता जनाए। नेप्लीज एशोसिएसन अफ भिक्टोरीया (न्याभ)ले आयोजना गरेको न्याभ कपमा रनर अप भएको गोर्खाली क्लबले भिक्टोरीया नेप्लिज क्रिकेट एशोसियसन (भिएनसिए) सुपर सिक्समा पनि रनर अपको ट्रफी उचाली सकेको छ।
यसरी पढाईका लागि बिदेश आएका केही जागरुक युवाहरुले खोलेको यो क्लवले क्रिकेटको अलाबा अरु खेलहरुलाई पनि भविस्यमा समाबेश गर्ने जनाएको छ। केही समय अगाडी मेलेबोर्न समुदायमा पहिलो टेबल टेनीस प्रतीयोगीता समेत आयोजना गरि सकेको छ।
अस्ट्रेलीयामा बढ्दो नेपाली समाजसँगै खेलप्रेमीहरुले खेलकुदलाई पनि प्राथमिकता दिदै आजकाल क्लबहरु धमाधम आई रहेका छन् जुन नेपाली समाजको लागि सकारत्मक पक्षनै हो। खेलकुदले मानिसलाई शारीरिक र मानशिक रुपमा स्फुर्त राख्न मद्दत गर्छ अझ बिदेशको व्यस्त जिवनमा केही समय भएपनी साथीभाई बिच भेटघाट हुने , सुख दुखका कुरा साटासाट गर्न राम्रो भुमीका खेलेको हुन्छ।
यस्ता बिभीन्न कुरालाई मनन गर्दै आउँदा दिनमा अझ बढि परिमार्जीत हुँदै जाने सोचका साथ गोर्खाली क्रिकेट क्लव मेल्बोर्नले आगामी १२ अगस्टका दिन बिग बेली रेस्टुरेन्ट एण्ड क्याफे कोबर्गमा पहिलो वार्षिकउत्सब कार्यक्रम आयोजना गर्दै आफ्ना सफलताका कुरा अनि भविस्यका योजनाहरु बारे जानकारी दिने आयोजकले जनाएको छ।