बिगतका दिनहरुमा जसरि, यस पटक पनि आर्थिक वर्षको समापन भयसंगै अस्ट्रेलियन सरकारले वर्ष २०१७/२०१८ को लागि सिलिङ्ग कोटा भर्खरै पारित गरेको छ | प्राय अन्तराष्ट्रिय विधाथ्रीहरुलाई आफ्नो सैक्षिक अबधि सकिय पश्च्यात आफुले उर्तिण गरेको बिसयमा स्थायी बसोबासका लागि सिमित कोटा हुदा निकै संघर्ससिल जीवन यापन गर्नुपर्ने भईरहेको अवस्थामा , यो पाली पारित गरेको कोटा बाट भने केहि हद सम्म राहत मिलेको छ | कारण बिगतका वर्षहरुमा ओभरसिज बिधार्थीहरुलाई पीआरको लागि छुटाईयाको कोटा घटने क्रम जारी रहेको थियो | तर , खुसीको कुरा यो चोटी उक्त संख्यामा बृदि भएको छ |
Australian Government Department of Immigration and Boarder Protection ले भर्करै पारित गरेको सूचनाका आधारमा गत वर्ष अकौनटिंगको कोटा २५०० थियो | यो वर्ष उक्त संख्यामा बृदि भएर ४७८५ पुगेको छ | तरपनि अडिटरको कोटा भने केहि मात्रामा खस्कियको छ | गत वर्षको तुलनामा ८६ सिटले घटेर यो वर्ष १४१३ बाट १३२७ पुगेको छ | जे होस् बिगतको आर्थिक वर्षमा अकौनटिंग पढ्ने बिधार्थीलाइ पिआरको लागि ७० पोइंट्स ल्याउनु पर्ने बाध्यता थियो भने अहिले ६५ ल्याउने सम्मले पिआर पाउने सम्भावना बढ्दो रहेको छ |
थप जानकारीका लागि तलको लिंकमा हेर्नुहोस :
https://www.border.gov.au/Busi/Empl/skillselect#tab-content-3