eNepal

कर्ण दासले मेल्बोर्नबासीलाई मन्त्रमुघ्ध बनाए

imageकरिब दश बर्षको अन्तराल पछि नेपाली सङ्गीतका अनुयायीहरुलाई बरिस्ठ कर्णप्रिय गायक कर्ण दासले आफ्नो स्वरबाट मन्त्रमुघ्ध बनाए। नेपाली सुगम सङ्गीतमा रिक्त रहेको उनको साङ्गीतिक योगदानलाई मूर्तरूप दिन केही बर्षको अमेरीका बसाई पछि आफ्नो देश नेपाल फर्केर फेरी आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिने बताएका छन्।

कास्की पोखरामा २४ नोभेम्बर १९७४मा जन्मेका यी गायक मध्यान्न ब्यान्डसँग आबद्द छन्। भर्खरै मात्र दर्शक माझ ठुलो आशा सहित आशा एल्बम् लिएर पुनर्आगमन गरेका कर्ण दासले हिजो मेल्बोर्नको थोनबरी थिएटरमा आफ्नो दर्शकहरुको लागि उनका कालजयी गीतहरु प्रस्तुत गरेका थिए। ठुला ठला महल हैन, पुरानो डुङ्गा, फर्कि आउ शान्ती तिमी, मन मनै, जिन्दगीको के भरोसा जस्ता नेपाली मनमा बस्न सफल गीतबाट दर्शकलाई मनोरन्जन दिएका थिए। सम्योगनै भन्नु पर्छ नेपालमा महाभुकम्प गएको बर्ष दिन भएकोले हुनसक्छ, रास्ट्रीय भावनाले अोतप्रोत भएका गीतहरु गाइरहँदा दर्शकदिर्घा भाबुक भएका थिए।
सेभेन ईपिक ईन्टर्टेनमेन्टले आयोजना गरेको कर्ण दास मेलोडिएस साँझ सफल रहेको आयोजक मध्यका एक उज्वल घिमीरेले हामीलाई बताए। सबै प्रायोजक, समर्थक र दर्शकलाई धन्यबाद ज्ञापन दिदै करिब छ घण्टापछि कार्यक्रम समापन भएको थियो।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349