eNepal

पुर्वको धनकुटा बन्यो देशकै सफा शहर, ईलाम दोस्रो अनि हेटौडा तेस्रो

सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ। त्यस्तै इलामले दोस्रो सफा शहर र हेटौंडाले तेस्रो सफा शहरका रुपमा पुरस्कार हात पारे।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ नगरपालिकाहरुमध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत गरेको हो।

आर्थिक २०७३÷७४ को वार्षिक कार्यक्रम अनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्‍‍याउने उत्कृष्ट तीन वटा नगरपालिकाहरुलाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा आयोजित एक विशेष समारोहबीच उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ३ सफा शहरलाई पुरस्कार तथा सम्मान प्रदान गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए।

इलाम नगरपालिका २०६९ सालमा ५८ नगरपालिकाहरुमध्ये दोस्रो सफा शहर र २०७२ सालमा २ सय १७ नगरपालिकामध्ये तेस्रो सफा शहरका रुपमा पुरस्कृत भएको थियो।

स्रोत: थाहा खबर

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal