हिजो अस्ट्रेलीयामा एकाएक एउटा समाचार आयो नेपाली मुलका काठमाण्डौ घर भई हाल सिड्नीमा अध्य्यनरत २० बर्ष सन्देश बिकलाई अष्ट्रेलियन युवतीलाइ फेसबकमा म्यासेज पठाउँदै ‘भेटन नआए सिड्नीको ओपेरा हाउसमा आइएस आइएसद्वारा आक्रमण गराउने धम्की दिएको कारण पक्राउ परे छन। अस्ट्रेलीयन क्याथोलीक विश्व बिधालयमा अध्ययन गर्दै गरेका सन्देशले शोही बिधालयमा अध्ययनरत युवतीलाई ईस्टाग्राम मार्फत पच्छ्याउँदै सिड्नीको ओपेरा हाउसमा हुँदै गरेको भिभिड फेस्टीबलमा नआए आइएसआईस मार्फत बम आक्रमण गर्ने धम्की दिएछन्।
प्रहरी समक्ष यो केबल मजाक गरेको र आईएसआईएससँग कुनै सम्बन्ध नरहेको जिकीर गरे पछि सिडनीको डाउनिङ सेन्ट्रल लोकल आदालतले बिकलाइ ६ महिनाको आचरण सुधारको सर्तमा धरौटी सहित रिहा गरेदिए छ।
सुन्दै आङ् सिरीङ गर्ने यस्ता समाचार। कस्तो बुद्दी आएको हो यस्तो हर्कत गर्ने त्यो पनि अस्ट्रेलीयामा। होईन के सोच्छौ हो साथी हो फेरी फेरी साथी फेरर मोज गर्दै बाईकमा घुमाए जस्तो छैन त हौ अस्ट्रेलीया। पहिलो कुरो आफु कुन धरातलमा छु बिचार गर्नु पर्यो,त्यस पछि त्यहाँका निती नियम,कानुन के कस्तो छ जानकार हुन पर्यो र मुख्य कुरो आफु किन र के गर्न आएको त्यो गिदीमा घुसाउनु पर्यो। नेपाल सोचेर कसैलाई रिङ्गाको जस्तो नसोच न हौ। यो त अरुको देश हो जहाँ तिम्रो मनोमानी चल्दैन।
तिमीलाई मोज गर्न, डिस्कोमा गएर झगडा गर्न अस्ट्रेलीयन सरकारले भिषा दिएको त पक्कै होईन त। बिधार्थी भिषामा आएपछि आफ्नो काम र कर्तव्य निभाउन तिर जान पर्नेमा कस्तो अनैतिक काम गर्न जोश आउँछ है।
हैन बा आमाले तिम्रो भविस्य बनोस भनेर पठाएका हुन् कि गएर नानाभातीका क्रियाकलाप गरुन, बिग्रीउन्, पुलीसको फन्दामा परुन् भनेर पठाएका हुन्। एक चोटी आमा बालाई सम्झ त यस्ता समाचारले कस्तो असर पर्छ घर परिवार,सिङ्गो समाज अनि देशलाई।तिम्रो नाम बद्नाम हुँदा सिङ्गो देशको नाम बद्नाम हुन्छ। लागेको बानी जहाँ गएनि नसुध्रने। अव त आफैले हो सुधार्ने। रक्सी धोकेर हो हल्ला गरेर वरिपरीका मानिसलाई असर पर्छ कि पर्दैन नसोच्ने, जाँड खाएर कन्ट्रोलमा नरहेर ट्रेन स्टेसनमै सुतीदिने, कुनै पव वा क्लव अनि नेपाली कार्यक्रममा सानो सानो कुरामा निहुँ खोजेर झगडा गर्दै नेपाली पारामा झगडा गर्न खोज्ने।कस्तो घृणीत मानसिकता।
यो अस्ट्रेलीया हो,तिम्रो नेपालको घर होईन ताकि पुलीसले लगेनी एकछिनमा आमा बा गएर धरौटी बसेर उकास्नलाई।तिम्रो नेपालको टोल होईन ताकि रिस उठ्यो भन्दैमा आफ्ना तोरी साथीहरुलाई भनेर ग्याङ बनाएर धम्काए जस्तो अनि जे गरे नि हुन्छ खालको निती नियम छैन यहाँ जस्तो तिमीेहरुले नेपालमा सोच्छौ,तिम्रो जिन्दगी त बरबाद हुन्छ नै, तिमीले गरेको सानो कर्तुतले तिम्रो पुस्तौ सम्मलाई असर पर्ने कानुन भएको देश हो। जोशमा होश नगुमाउ, आफु कुन कामको लागि आएको चुपचाप पुरा गर। सक्छौ मेहीनेत गर पैसा कमाउ। साथी भाई बनाउ तर देशको कानुन बिपरीत, आफुलाई कुभलो हुने काम कदापी नगर।बेलैमा सचेत बन र सुन्दर भविस्यको घरको जग बनाउनमा तल्लीन भएर लाग।