eNepal

अस्ट्रेलीया आएको छु कामलाई महत्व दिन्छु, कामको स्तरलाई होईन

हुन त म अकाउटिन  पृश्ठभुमीको मान्छे।ब्याचलर सकेर मास्टरको लागि अस्ट्रेलीया आएँ। अव मैले शुरुवातमा आफ्नो योग्यतासँग आबद्द काम खोजेर बस्नु आफै मुर्ख हुनु जस्तै लाग्यो। आफुले खोजे जस्तो काम नपाउने भने चाँही हुँदैन तर कुनै कम्पनीले तुरुन्तै चाँही नलिने रहेछ। फेरी अर्को कुरो अनुभवलाई प्रमुख मान्ने भएकोले अव आफुसँग कुनै अनुभव नरहेको बेलामा बोरु शुरुवाती समयमा जस्तो सुकै काम पनि गर्न हिच्कीचाउनु हुन्न भने मेरो मान्यता हो। किनकी खान, बस्न र कलेजको फीको जोहो त गर्नै पर्यो। बोरु समय अनुकुल भयो भने कतै कुनै कम्पनीमा भोलिन्ट्यर भए पनि छिरेर काम सिक्ने मनसायमा चाँही छु। यो भनाई हो भर्खरै नेपालबाट ईन्जियरीङमा ब्याच्लर सकेर आएका मोहनको(नाम परिबर्तन) हो। उनी हाल एक रेस्टुरेन्टमा किचन ह्याणड गर्दै छन् र पहिलो सेमेस्टर सकेर दोस्रो सेमेस्टर पढ्ने तयारीमा छन्। यहि कामबाट उनले दोश्रो सेमेस्टरको फि पनि जुटाई सके। उनी भन्छन् अव मैले ह्या त्यस्तो कामनी गर्ने भनेर घरमा फाईफुट्टी लाएर बस्दैमा कलेजको फी र मुखमा माड कसले हाल्दिने। बोरु अनुभव बटुल्ने कुरा मौका आयो भने लिई हाल्छु। बुझ्ने काम फुर्सद भएको बेला गर्दै गर्छु यता आफ्नो दैनीकी पनि चलाई रहन्छु।

भर्खरै मात्र नर्सीङमा ब्याचलर गर्न आएकी रमिताको कुरा पनि त्यस्तै छ। नेपालबाट पिसीएल नर्सीङ् गरेर एक हस्पीटलमा करिब डेढ बर्षदेखी कार्यरत रमिता उच्च शिक्षाको लागि अस्ट्रेलीया आईन्।उनीसँग कामको अनुभव नभएको होईन तर एक्कै चोटी नर्स भएर काम गर्न एकदमै गार्हो छ। त्यसमाथी रजिस्टर्डको मापदण्डनै गार्हो छ।तर उनीले कामलाई प्राथमीकता दिईन्। जस्तो कामनि गर्छु भन्ने मानसिकता बोकेकी रमिता हाल हप्ताको चारदिन एक होटेलमा हाउसकिपीङ गर्छिन्। तिन दिन जान पर्ने कलेजको समय मिलाएर काम गर्दै आफ्नो दैनीकी चलाई रहेकी छिन्। जे होस् कम्सेकम घरबाट खर्च भनेर पैसा मगाउनु परेको छैन। अर्को सेमेस्टरको फिको लागि अलि अलि जोहो गर्दै छु पुगनपुग भएमा घरबाट मगाउँछु। छ्या त्यस्तो काम भनेर घरबाट पैसा मगाएर बस्ने स्वभाव अलिक ममा छैन पनि। नेपाल हुँदा पनि आफुलाई चाहिने खर्च आफै निकाल्थे झन् यो त परदेश हो। फेरी यहाँ न त कुनै कामको स्तर छ। सानो र ठुलो भनेर कामलाई बर्गीकरण गर्ने त हामी नेपालीको मात्र बानी हो।

एउटा भाई बार्ह सकेर अस्ट्रेलीया आए।घरको पुल्पुलीएको कान्छो छोरो,वरको सिन्का पर पनि नसारेको। पैसाको कमी कत्ति पनि महसुस हुन दिएनन्। पर्दैन यहि ईन्जिनीयरिङ पढ। खर्च जति पर्छ गरौलानि भन्दा दिदीको बिहे हुनु दुई दिन अगाडी आईएलटीएसको परिक्षा दिन बिहेनै छोडेर काठ्माण्डौ आयो। आईएलटिएस दियो,डकुमेन्ट आफैले बनायो। केही समय पछि भिषा आयो। के गर्न सक्लास् हौ तैले भन्दै पठाएको छोरोले आएर कन्सट्रक्सन देखी किचन ह्याण्ड र अफीस क्लिनीङ सबै काम गर्यो। नभन्दै छ महिनाको दौरानमा घरखर्च सबै कटाएर छ सातलाख पठाई सक्यो। पढ्न साथसाथै काम गर्न आए पछि जस्तो कामपनि गर्न सक्नुपर्छ तर आफ्नो ज्यानलाई मायाँ गरेर। कसैले ए तैले त फलानो काम पो गरेको भन्दैनन्। कति राम्रोसबै काम सरोबरी अनि उही सम्मान।

लेखकः मनोज पौड्याल

 

 

 

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal