एपीवान टेलिभिजनबाट प्रशारण भर्इरहेको नेपालकै नम्बर वान ‘रियालिटी शाे’ नेपाल अाइडलबाट अब अाउट हुने पालो कसको होला ? भन्ने चासो र कौतुहुल्ता यतिबेला जनमानसमा छ । र, नेपालको पहिलो ‘नेपाल अाइडल’ को बन्ला भन्ने विषयले पनि सबैमा उत्तिकै खुल्दुली पैदा गराएको छ ।
यसअघि टप १० बाट अाउट भएकी केन्जल मेहर श्रेष्ठ अाउट हुने कुरा कार्यक्रम प्रशारणअघि नै सार्वजनिक भएपछि अाइडलको गोप्यतामाथि प्रश्न समेत उठ्यो । टप ९ बाट अाउट भएकी सन्ध्या जोशी अाउट हुने समयमा पनि यो क्रम दोहोरियो । अर्थात जाेशी अाउट हुने कुरा कार्यक्रम अघि नै सार्वजनिक भयो ।
अब बाँकी रह्याे, ‘टप ८ प्रतिष्पर्धी’ । टप ८ बाट को अाउट होलान् भन्ने अनुमान लगाउन सहज भने छैन । त्यसो त यसअघि श्रेष्ठ र जाेशी अाउट हुने कुराको पनि अनुमान लगाउन सहज भने थिएन । तर कार्यक्रमअघि नै उनीहरू अाउट हुने कुरा सार्वजनिक भएसँगै दर्शकले अाइडलको गोपनीयतामाथि प्रश्न उठाएका छन् ।
अब टप ८ बाट को अाउट हाेला ? नेपाल अाइडलमा अहिले भइरहेको प्रस्तुती, दर्शकको माया, भोटिङको अवस्था, सामाजिक सञ्जालमा सक्रियता र निर्णायकको प्रतिक्रियाको अाधारमा हामीले अब अाउट हुने प्रतिष्पर्धीदेखि नेपालको पहिलो ‘नेपाल अाइडल’ बन्नेसम्मको नामवली तयार पारेका छौ । तर हामीले यो नामवली तयार पारेर नेपाल अाइडलको गोपनीयता र नियतमाथि भने अाशंका गर्न खोजेका होइनौ । त्यस्तै यो समाचार तयार पारेर हामीले प्रतिष्पर्धीको मनाेबल गिराउन र उचाल्न खोजेका पनि होइनौ ।
सामाजिक सञ्जालमा निकै सक्रिय देखिने खोटाङका युवा उल्सन श्रेष्ठ ‘टप ८’ बाट अाउट हुने प्रतिष्पर्धीको नाम हो । तपाईलाई लाग्न सक्छ, उल्सन कसरी अाउट हुन्छ? नेपाल अाइडलको अडिसन राउण्डदेखि नै पप गीत मात्रै गाउने श्रेष्ठलाई उनको गृहजिल्ला खोटाङकाे राम्रै साथ छ । र उनको दिदी पनि श्रेष्ठलाई जिताउन कम्मर कसेर लागेकी छिन् भन्ने कुरा नेपाल अाइडलले नै उल्सनको विस्तृत विवरण सार्वजनिक गर्दा थाहा भएकै कुरा हो । तर अब एउटै जिल्लाको मात्रै समर्थन भएर पुग्दैन । त्यसैले अब उनको प्रस्तुती र भोटिङको अाधार हेर्दा अब श्रेष्ठ अाउट हुनेछन् ।
श्रेष्ठपछि अाउट हुने पालो कसको ? तपाईलाई पक्कै खुल्दुली भइरहेकाे छ । सामाजिक सञ्जालमा निकै कम देखिएकी बाबाकी प्यारी छाेरी भनेर चिनिने सुजाता पाण्डे श्रेष्ठपछि अाउट हुने प्रतिष्पर्धीको नाम हो । बुटवल घर भएकी उनले पनि बाबाको सक्रियताले राम्रै भाेट पाएको देखिन्छ । तर अब बाबाको सक्रियताले मात्रै उनी नेपाल अाइडलमा रहन सक्ने छैनन् । बुटवलकी पाण्डेले सबैखाले गीत प्रस्तुत गर्ने भएतापनि थोरै मतान्तरका कारण उनी टप ७ बाट अाउट हुनेछिन् ।
अब को हाेला अाउट ? प्रतिष्पर्धा निकै उत्कर्षमा पुगिरहेकाे बेला अब अाउट हुने प्रतिष्पर्धीको नाम छान्न निकै कठिन छ । तर समग्र कुराको विश्लेषण र अनुमान गर्दा अब अाउट हुने पालो सुरज थापाको हो । सुदुर र मध्यपश्चिमको रामै साथ पाएका सुरज अब नेपाल अाइडलबाट अाउट हुनेछन् । प्रचारप्रसारमा ध्यान दिए पनि थापा अाइडलको नियमानुसार थोरै भोट कम अाउँदा अाउट हुनेछ ।
अब बाँकी रह्याे ‘टप ५’ । यो राउण्डबाट प्रतिपर्धीले अाउट भए पनि अाेपाे स्मार्टफाेन र अाकर्षक गिफ्ट पाउने व्यवस्था छ । राई समुदायको राम्रै साथ र मत समेत बटुलेकी प्रमिला राई ‘टप ५’ बाट अाउट हुनेछिन् । विदेशकाे समेत भाेट बटुलेकी राई अाउट हुन्छिन् या रहन्छिन्, त्यो भने त्यतिबेला नै थाहा हुनेछ तर हाम्रो सर्वेक्षणले राई अाउट हुने देखिन्छ ।
‘टप ४’ मा अाइपुग्यौ हामी । अब अाइडलको नियमानुसार एकजना मात्रै अाउट हुनेछन्, र टप ३ बाट सिधै नेपालको पहिलो ‘नेपाल अाइडल’ छान्ने प्रावधान छ । त्यसो भए टप ४ बाट को हुन्छ त अाउट ? हाम्रो सर्वेक्षणले भन्छ टप ४ बाट अाउट हुने प्रतिष्पर्धीको नाम हो, ‘प्रताप दास’ । सबैखाले गीत गाउने क्षमता भएका दासलाई उनको प्रस्तुतीको अाधारमा भाेट भने अाएको देखिँदैन । त्यसैले त उनी यसअघि दुईपटक डेन्जर जोनमा समेत परिसकेका छन् ।
अब नेपाल अाइडलमा बाँकी रहनेछन्, ‘बुद्ध लामा, सागर अाले र निशान भट्टराई’ । अब यी तीन प्रतिष्पर्धीमध्येबाट को बन्लान् नेपालको पहिलो ‘नेपाल अाइडल’? रियालिटि शाेको नियम नै हाे कि ‘टप ३’ प्रतिष्पर्धीमध्ये जसको भोट बढी अाउँछ, उसैले जित्छ । अब बुद्ध, सागर र निशानमध्ये जसले भोट बढी ल्याउँछ उही बन्नेछ नेपालको पहिलाे नेपाल अाइडल ।
हाम्रो सर्वेक्षणअनुसार अब टप ३ मा बुद्ध लामा पर्ने देखिन्छ । तामाङ समुदाय र विदेशको समेत राम्रै साथ पाएका लामाले पाेखराको पनि केही प्रतिशत साथ पाएको देखिन्छ । तर अब एउटै समुदायको मात्रै भोटले पुग्दैन । सामाजिक सञ्जालमा पनि कम देखिएका लामा टप ३ सम्म पुग्छन् । तर उनले यसपछि सामाजिक सञ्जालमा सक्रियता बढाउनेदेखि अन्य समुदायको पनि भोट तान्न सक्यो भने यसै भन्न पनि सकिन्न है ।
त्यस्तै टप २ मा पुग्ने प्रतिष्पर्धीको नाम हो, सागर अाले । मगर समुदायको राम्रै भोट पाएका उनलाई पनि चितवनको केहि प्रतिशत समर्थन छ । तर उनले पनि अब एउटै समुदायको भाेट बटुलेर पुग्दैन । फेरि पछिल्ला दिनमा उनले सामाजिक सञ्जालमा सक्रियता देखाउनेदेखि सबै समुदायका दर्शकको भोट बटुलेमा यसै भन्न चाहिँ सकिन्न है ।
यो सर्वेक्षण शतप्रतिशत मिल्छ भन्ने छैन । तर हामीले विभिन्न मापदण्डलार्इ अाधार मानेर हेर्दा यो सर्वेक्षण धेरै हदसम्म मिल्ने देखिन्छ ।
नेपाल अाइडलमा को के हुने भन्ने कुराको ग्यारेण्टी गर्ने तपाईहरूको भाेटले नै हाे । त्यसैले भाेट गर्न चाहिँ नबिर्सिनुहाेला । तपाइको भाेट पाएको खण्डमा माथि उल्लिखित टप ८ मध्ये जोकोही नेपाल अाइडल बन्न सक्छ ।
फोटो साभार: नेपाल आईडल अफिसीयल पेज
साभार: उज्यालो नेपाल