थाहा छ भएको चार रोपनी खेत बैंकमा धितो राखिएको छ, गाउले कसैले ऋण पत्त्याउदैनन्, बाको कमाइ महिनाको चौध हजार छ जस्ले घर चलाउन धौधौ पर्छ अझ ब्याजको बोझ अलगै छ| तैपनी बा हाँस्दै भन्छन्, तेरो बाउ छन्जेल तैले चिन्ता नली, म छु भन के चाहियो कती चाहियो| अरु कुरा यो दिमागले सोच्न नसके पनि एउटा कुरा के थाहा छ भने यती चाँडै बा धनी भने पक्कै भएका छैनन्, नत बाको टाउकाको बोझ कम भैसकेको छ|
पोहोर दशैमा हामी सबै नयाँ कपडा र सामान किन्न हाट बजार गएका थियौ| पल्लाघरे ठुलाबाले नयाँ इस्टकोट किनेका थिए तर मेरा बा तेही पुरानो इस्टकोटमा थिए| यो देखेर मैले पनि बालाई नयाँ इस्टकोट किन्न भने, बा हाँस्दै भने तेरो बाउ एतिकैमा खुशी छ बरु भन् तँ के किन्छस्?| अहिले त्यो कुरा सम्झिन्छु, बालाई पनि च्यातिएको इस्टकोट लगाउने मन पक्कै थिएन तर बाले बुझेका थिए कि सधै खाली हुने खल्ती टालिएको भन्दा च्यातिएकै बेस्|
थाहा छ बाको खल्ती सधैं खाली हुन्थ्यो तर बाले सानो मान्छेको सानो खल्तिमा त्यो खालिपन महसुस हुन दिएनन्| बा आफु च्यातिएर सानो मान्छेको खुशी टालिदिन्थे, बा आफु रित्तिएर सानो मान्छेमा टनमन खुशी भरिदिन्थे| एकान्तमा टोलाएपनी परिवारमाझ बा सधैँ हाँसिरहन्थे|
बा अझै यस्तै छन् तर कहिलेकाही लाग्छ कतै यो समयको भुमरीमा म आफ्नो बाल्यकाल भुल्दैछु,यो देखाओटी संसारको देखाओटी मायामा म मेरा बालाई भुल्दैछु|
डोटेल काजी