मेलबोर्न अहिले बिस्वोकै एकमात्र लिभेबल सिटि भनेर चिनिन्छ l तर पनि येहाको बसोबासमा सोचेअनुरुपको सहजता भने भेटिदैन । येहाको बेस्त सडक अनि जिबनसैलिले सम्पूर्ण मानब समुदायलाई नै रफतारमा कुदाईरहेको देख्न सकिन्छ । येहा हरेक कोहिको अनुहारमा मौनता हुन्छ । काम नगरी खान नपाईने सहरमा काम पाउन पनि उत्तिकै गारो छ । हातमा राम्रो दक्षता अनि सोहीअनुरूपको बायोडाटा नभई काम पाउन हम्मे हम्मे पर्ने धेरै सहरहरु मध्ये एक हो मेलबोर्न ।
येहा आउने प्राय बिधाथ्रीहरुले कफी ट्रेनिंग लिएर क्याफेहरुमा काम गर्दै आइरहेको कुरा हामीले बिधाथ्रीहरु संग कुरा गरे पश्च्यात पत्तालगाएका हौ । बाहिर कफी ट्रेनिंग लिन धेरै नै डलर खर्चिनु पर्ने तथ्य बिध्याथ्रीहरुबाट बाहिरियको छ । झन सुरुमा आएका बिधाथ्रीहरुलाई अत्यधिक मात्रामा कठिनाईको समाधान गर्नु पर्ने हुन्छ ।
बिधाथ्रीहरुको येही समस्यालाई मध्यनजर गर्दै सम नेपाली द्वारा संचालित Genuine Education and Visa Services ले आज निसुल्क कफी ट्रेनिंगको व्यवस्था गरेको थियो । उक्त कार्यकममा मेलबोर्नमा नेपाली समुदायलाई भईपरी आएको अबस्थामा सामाजिक सहयोग गर्ने हेतुले स्थापित गरेको Helpbegin नामक सस्थाको पनि सग्लग्नता रहेको थियो । ३ घण्टाको समयअबधिमा सिमित उक्त कार्यक्रममा ३० जना बिधाथ्रीहरुले आफ्नो सहभागिता जनायका थिए । यहाँ सहभागी हुने सम्पूर्ण बिधाथ्रीहरुले आजको यस ट्रेनिंग फलदायी रहेको बताउदै आफ्नो सन्तुस्टी ब्यक्त गरेका थिय । येति मात्र नभई निसुल्क कफी ट्रेनिंगको ब्यबस्था गरेर आफुहरुलाई सुनौलो अवसर दिएकोमा उनीहरुले सम नेपालीलै आफ्नो कृतज्ञतापनि ब्यक्त गरेका छन । आजको यस कार्यक्रमलाई सहज रूपमा सौहार्दपुर्ण बाताबरणमा सफल बनाउन रिचमण्ड स्थित Nepabliss Cafe Bar Restaurant ले भेनु उपलब्ध गराएर आफ्नो अहम भूमिका निर्बाह गरेको छ l
कार्यक्रमका केहि तस्बिरहरु ;
जे होस हामी नेपालीहरु बिस्वोको जुनसुकै देशमा रहेपनि एकअर्कालाई पर्दा कहिलेइ पछि हट्दैनौ । आसा छ एक अर्काको लागि येसरिनै सदैब आफ्ना सहयोगी हातहरु अगाडी बनाउने छन ।