eNepal

मेलबोर्नको “फ्री पिक अप” कस कसको लागि?

पढ्ने अनि केहि गर्ने आसा बोकेर सुनौलो भबिस्यको खोजि गर्दै बर्सेनि हजारौ विधाथ्रीहरुको नेपालबाट अमेरिका, अस्ट्रेलिया, जापान लगाएतका बिदेसी मुलुकहरुमा आउने जाने क्रम बढ्दो पाइन्छ | आफु जन्मेको देश छाडेर हिड्ने सहस जुटाउनु आफैमा एउटा ठुलो उपलब्धि हासिल गरेसरह हो | झन् नया परिवेश, नया संस्कृति अनि त्यहाको फरक रहनसहन जस्ता कुराहरुले बिदेसी बिद्याथ्रीहरुको पाईला चाल्दै गर्दाको सफलताको खुड्किलामा अर्को गरुङ्घो ईटा थपिदिन्छ |
येसरी बिदेस आउने हामी मध्हे धेरै विधाथ्रीहरुको आफ्नो मान्छे पहिलेनै येहा बसोबास गर्दै आइरहेको हुनाले , उनीहरुलाई सुरुवाती दिनहरुमा अलि सहजता हुने गरेको पाईन्छ | तर प्राय हामी साथी संगी अनि आफ्नो मान्छे बिना पनि धेरै अन्तराष्ट्रिय बिधाथ्रीहरुको उपस्थिति देख्न सक्छौ | यिनीहरुकालागि विमानस्थल बाट सिधा गएर बसोबास गर्ने ठाउँको व्यवस्था कसरि गर्ने भन्ने बिसय एकदम कठिन हुने गर्दछ |
तर हामी नेपालीहरु जहाँ जहाँ जान्छौ हाम्रा सहयोगी हात र मनहरु पनि नि संगै लिएर जान्छौ | येस्तै सहयोगी मन बोकेका दुइ :बिष्णु सापकोटा अनि सरोज खनाल | यी दुईको हातेमालो बाट मेलबोर्नमा आफ्नो मान्छे अनि साथी भाई नहुने हरुका लागि “फ्री पिक अप” सेवा संचालित हुदै आहिरहेको छ | सुरुवात पश्च्यात आजसम्म फ्री पिक अप सेबाको संख्याले ५० काटिसकेको कुरा स्रोतबाट खुलस्त भएको छ |
आफु बेस्त हुदा हुदै पनि सामजिक कार्यमा समय खर्चिनु पक्कै पनि सर्बमान्य गतिबिधि भित्र पर्छ | एस्तो सामजिक सद्भाव बोकेका बिष्णु सापकोटा अनि सरोज खनालको उक्त क्रियाकलापबाट धेरै बिधाथ्री भाई बैनीहरु प्रसन्न हुनु भएको छ | उक्त बिसयमा हामीले BMW Education मा कार्यरत बिष्णु सापकोटा संग छोटो कुरा कानी समेत गरेका थियेउ | उक्त सम्बाद बाट हामीलाई प्राप्त जति पनि जानकारी हामीले येहा उल्लेख गर्ने जमर्को गरेका छौ |
फ्री पिक उप सेवा कस कसको लागि ? सबैलाई चासो हुन सक्छ | यो सेवा नया आउनेहरुका लागि संचालनमा ल्यैइयको हो जसलाई विमानस्थल बाट पिक अप गर्ने आफ्नो साथी भाई तथा इस्टमित्र हुनुहुन्न | येति मात्र होइन, उहाहरुले बसोबासको पनि ब्यबस्था मिलैदिदै आउनु भएको छ | विदेशको जीवनसैली एकदम ब्यस्त हुने भएकाले उहरुले जानकारीका लागि निश्चित समयावधि छुटाउनु भएको छ | येदि तपाईको आफ्नो मान्छे नभएको खण्डमा पिक अपको लागि कम्तिमा २ दिन पूर्वनै उहाहरुलाई जानकारी दिसक्नुपर्नेछ | साथै रूमको पनि आबस्यकता भएकाहरुले कम्तिमा पनि एक हप्ता अगाडिनै सम्पर्क गर्नुपर्नेछ |

पिक अप र रूम सर्भिस बाहेक “फ्री पिक अप” ग्रुपले सिटि घुमाउने, बैंकमा खाता खोल्दिने साथै Tax File number  अपलाईमा समेत सहयोग गर्नेछ | विदेशमा अत्त्यबस्यक कुरा काम नै भन्नु पर्छ | राम्रो बायोडाटा नभई काम पाउन मुस्किल भएकाले यो ग्रुपले राम्रो बायोडाटा कसरि तयार पार्ने भन्ने कुराको सम्पूर्ण जानकारी दिने ब्यबस्था समेत परिपूर्ति गर्दै आएको छ | यस कार्यक्रमको लागि BMWEducational Consultancy ले आफ्नो CSR प्रोजेक्ट अन्तर्गत राखेर प्रयोजन गरि राखेको छ |

आफुले येसरी आफ्नै कार्यक्षत्र भित्र रहेर नया विधाथ्री हरुलाई सहयोग गर्न पाउदा एकदम खुसि लागेको कुरा ब्यक्त गर्दै बिष्णु सापकोटाले भबिस्यमा नेपाल बाट अन्य जुन सुकै देशमा अध्यनकालागि जाने नया बिधाथ्रीहरुलाई कम्तिमा पनि एउटा मुख्य सहरमा फ्री पिक अप दिने उहाहरुको लक्ष रहेको बताउनुभयो | जुन सुकै Educational Consultancy हरुले पनि विधाथ्रीहरुलाई Business Client को रुपमा मात्र नहेरी एउटा Individual Human beingको रुपमा पनि हेरिनु पर्छ भन्ने मान्यता बोकेका बिष्णुको उक्त काम बाट प्रभाभित भएर अहिले उहरुलाई समर्थन गर्ने सहयोगी हातहरु बढ्दो क्रममा रहेको जानकरी प्राप्त भयको छ |
जति धेरै सहयोगी हातहरु भेटियो उतिनै राम्रो |
येदि तपाई अथवा तपाईको आफन्त साथी भाई कोहि अस्ट्रेलिया आउदै हुनुहुन्छ अनि येहा कोईपनि चिनजानको छैन भने तल उल्लेखित माध्यम बाट तोकिएको समयमा फ्री पिक अप सेवा ग्रुप लाई सम्पर्क गर्न सक्नुहुनेछ |

अस्ट्रेलिया मा साथी Facebook पेज, https://www.facebook.com/ australiamasathii
सरोज खनाल फोन/viber, ०४२६ ४५५ ०१२ Facebook Page https://www.facebook.com/ saroj.khanal.
बिष्णु सापकोटा फोन/Viber , ०४३१ ५७८ ३५२ Facebook Page https://www.facebook.com/ bishnu1

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349