eNepal

होस्टेल नायीका प्रकृती श्रेष्ठले मुख खोल्दै सुनील रावलको बारेमा यसो भनीन्

नेपाली सिनेमा बृतको एक सफल र व्यबसायीक चलचीत्र होस्टेलकी नायीका प्रकृती श्रेष्ठले आफ्नो फेसबुक मार्फत निर्माता सुनील रावलको कालो कर्तुतको पर्दाफास गरिदिएकी छिन्। फेशबुक मार्फत लेख्दै ज्यादैनै अमानबिय व्यबहार, बोल्ने सोमत नभएको र काम गरेको पैसा नदिने र आफ्नो स्वास्नीलाई बिचमा घुसाएर नानाथरी सुनाउने मान्छे हो सुनील रावल। उनी भन्छिन् नयाँ कलाकारहरुलाई सिनेमा खेलाई दिने प्रलोभन देखाएर शोषण दिने व्यक्ती हो सुनील रावल। उनी लेख्छिन् मैले यो बारेमा बोलीन किनकी होस्टेल मेरो चलचीत्र दुनीयाँको पहिलो खुट्किलो थियो।

मैले यो कुरालाई बाहीर ल्याएँ भने मलाई घर परिवारले सिनेमा खेल्नबाट बर्जीत गर्थ्यो भन्ने डरले यो कुरा बाहिर निकालीन। यो कुरा बाहीर ल्याए भने भर्खर चलचीत्रमा बामे खेल्न शुरु गरेकी मलाई नराम्रो असर पर्छ भन्ने डरले चुपचाप बसे किनकी धेरैले अहिले तेरो क्यारीयरको बेला छ चुप चाप बस भनेर सल्लाह दिए र मैले केही बोलीन।

उनी अगाडी लेख्छिन् सुनील रावल त्यस्तो निज व्यक्ति हो जो पढेर पनि अन्पडको जस्तो व्यहोरा देखाउँदै गती छाड्न समेत बेर लगाउँदैन। नयाँ अनुहारहरुलाई चलचीत्रमा खेलाई दिने प्रलोभनमा पारेर शोषण गर्नमा एकदम माहिर छ। यस्ता शोषणका घटना कैयौ होलान् तर शायद डर र ईज्जतको सवालले होला कोही बोल्न चहाँदैनन् र मिडीया सम्म आउँदैन। तर आज म स्वत: स्फर्त रुपमा भन्छु यो मानवरुपी दानब हो जसले नारीलाई सम्मान होईन खेलाउने पुतली सोच्छ।

प्रकृती श्रेष्ठ भन्छिन् जसरी स्यारोन माथी नानाभातीका आरोप प्रत्यारोप लगाईयो। यदि हामीलेनै कलाकारीता क्षेत्रमा आउने नयाँ पिडीलाई आरोप लगाउँदै जाने हो भने हामीले के आशा राख्ने नेपाली चलचीत्र उधोगको बिकास हुन्छ भनेर। यस्तो पाराले कसरी अभिभावकहरुले आफ्ना छोरा छोरीलाई रजतपटको हिस्सा हुन दिन्छन्। उनी गुनासो गर्छिन् मिडीया र अग्रजहरुबाट मार्गदर्शन र साथ चाहिने बेला साँचो कुरा थाहा नपाए जसरी उल्टै गाली गलौज गर्छन् यसले कस्तो असर पर्छ नयाँ आउने कलाकारहरुलाई र यस्तो फोहोरी खेलबाट के आश राख्ने नव कलाकारहरु ले? उनको प्रश्न छ सबै अग्रज कलाकार र मिडीया प्रती।

आज धेरै बर्ष पछि एक साहसी नारी स्यारोन जो सायद २ की नायीकापनि हुन् उसले मुख खोलीन र सुनील रावलको कालो कर्तुत बाहीर आयो।

केही दिन अगाडी मात्र शायद २ को प्रदर्शन ताका मिडीया मार्फत सुनील रावल भन्दै थिए सायद २ नचल्नुमा नायिकाले प्रचार प्रसारमा ध्यान नदिएकोले चलचीत्र चलेन तर जब स्यारोनले आफ्नो गाँठी कुरो खोल्ने साहस गरिन् तब सबैले थाहा पाए सुनील रावलको असली चरीत्र।

नेपाली चलचीत्र क्षेत्रका सफल निर्माता एबम् निर्देशकका रुपमा चिनीएका सुनील रावलले होस्टेल, शायद, होस्टेल रिटन्स जस्ता सफल चलचीत्र बनाई सकेका छन्।

पक्कै पनि नेपाली चलचीत्र क्षेत्रमा शोषणका कुरा यदाकदा नसुनीएका होईनन् तर पर्दामा देखीन शारीरिक र मानसिक रुपमा शोषीत कहिले सम्म भई रहने। कति दिन आफ्नो पिडालाई लुकाएर समाजमा खिस्स हाँसेर हिड्ने। पक्कै पनि यो घटनाले धेरैलाई सचेत बनाउने छ र यस्ता निचहरुको एकएक गर्दै कर्तुत बाहीर आउने छ।

उनको फेसबक स्ट्याटस यस्तो थियो

Manche lai humiliate garnu, euta bolne somat nahunu, aru ko kamai ko paisa nadinu ra magda pani afno Mrs. lai involve garayera nanathari sunaune lai Sayad 2 ko producer Sunil Rawal vanincha. Yes this is the truth. I dont know about Sayad but since Hostel, he is doing these things to new comers. I hadn’t spoken about it because I had just stepped in in Nepali movie industry. I had that courage to stand against what he did to us but I was worried if I do so.. mero family le malai next time movie khelna dinu hunna. Maile bole vane entire team lai naramro hola ani media le hamro bare naramro gossiping garla vanne soch le maile vitra nai issue solve garna khojey. Tara he is that kinda person who is not even well educated or well mannered so I let it be. He says he is giving opportunities to new people. Tara kaslai thah cha how much he exploits them. Kati cases chan tara koi boldainan ra bole pani tyo media ma aaudaina.
But thank you, Sharon that finally you spoke out. And I am really sorry that people dont belive you and blaming you for doing this all for publicity just because you couldn’t strongly present your opinions. I feel sorry that you came in the hope of doing something good here but you dint get any support because you stood against someone who has years of experience dealing with media and hiding his true character. I feel bad that people are saying wrong to you even when they know the truth. I am sorry that we dint speak about this before so you couldn’t have to face these all.
And this is one of the most bitter truths about media that people know but they don’t speak out.

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal