eNepal

कार्गीलको लडाई भन्दा फरक छैन साथी अस्ट्रेलीयाको पढाई

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलीया आउने बिधार्थीको लर्कोनै लागेको छ। फेशबुकमा भित्ताहरु राखिएका कोठाको आवश्यक्ताका पोश्टले प्रस्ट पार्छ कि जुन जुलाईमा धेरै नेपालीहरु अस्ट्रेलीया भित्रे। पढ्न आउनु वा अस्ट्रेलीयाको भीषा लाग्नु ठुलो कुरो होईन है साथीहरु। फेरी पनि भन्छु भीषा लाग्दैमा सन्सारनै जिते भनेर फुरुक्क चाँही नपरि हाल्दा हुन्छ। बास्तबीक जिन्दगी त बल्ल शुरुवात हुन्छ जब अस्ट्रेलीयामा पाईला टेकीन्छ।

भन्नेले जे नि भन्छन् काम मुला फालाफाल पाईन्छ,महिनाको एकदुईलाख त आनन्दले कमाईन्छ। झटपट्ट विस्वास चाँही नगर्नु होस् है यस्ता बकम्फुसे कुरा। आउँनु अगाडी राम्रोसँग बुझ्नु होस् कलेजको फी कति छ। यानिकी कहिले बुझाउनु पर्छ अर्को फी।कलेजको फीले भुसुक्कै पार्छ। कलेज गएर साथी भाई बनाई नसक्दै अर्को किस्ता तिर्ने बेला भो भन्दिन सक्छन् कलेजहरुले। सेमेस्टर भनेर ६ महिना सोचेर आईन्छ तर १२ हप्तामै बित्छ एताको सेमेस्टर। अब १५-१६ हजार कलेजको फी छ भने आएको तीन चार महिनामा कताबाट जुटाउने चोर्न जान भएन।घरमा पहिलै ऋृणको भारी बोकाएको हुन्छ फेरी माग्ने कुरोनि आएन।

कसरी बस्ने त्यो पनि बझ्नु होस्। कोठाको भाडा कती हुन्छ।कसरी तिर्छन्।महीनाको हो की, हप्ताको हो की।फेरी स्टेट पिच्छे फरक हुन्छ। सिड्नीमा कोठा भाडा अलिक बडि पर्न सक्छ मेल्बोर्नको तुलनामा। फेरी एक्लै हो र सिङ्गो कोठामा परियो भने झन् थलानै परिन्छ। मेल्बोर्नमा भने कोठाहरु ५०० देखी माथी ७०० डलरमा हेरी हेरी पाईन्छ। अब दुई जना साथीहरु मिलेर बस्दा सजिलो हुन्छ।साथीको जोहो गरेकै राम्रो। फेरी जति भाडा हो त्यति बोन्ड बुझाउन पर्छ। त्यो पनि ख्याल राख्न पर्यो।

कामनै नपाईने भन्ने हुँदैन। जो कोहीले पनि काम पाउँछ तर यो काम र त्यो काम भनेर डिमान्ड गर्यो भने उही हो। अब बिधार्थी कालमा प्रायले गर्ने किचन ह्यान्ड, क्लिनीङ्, हाउसकिपीङनै बढि हुन्। ह्या यस्तो कामनि गर्छ भन्ने शोच छ भने बरु पासपोर्टलाई सिरानीमै राखेर अस्ट्रेलीया गएर मेनेजर भएको सपना देख्दै बसेको राम्रो। फेरी यति भन्दै गर्दा राम्रो काम चाँही नपाउने होईन है साथी हो तर समय लाग्छ।
कार्गील जाँदा बन्दुक समाए जस्तो अस्ट्रेलीया आउँदा भने मप र बकेट, भ्याकुम र स्प्रे, डिसवासर र चक्कु समाउनै पर्छ। नत्र टिक्न त्यति सजिलो छैन।

अझ यताको निती नियम बुझेको राम्रो।ईमिग्रेसन सम्बन्धी नियममा धेरे फेरबदल भई रहन्छ।त्यसको बारे आधिकारी वेभसाईटबाट जानकारी लिएको राम्रो।ब्यक्तिबाट भनदा पनि।सबै आउने पिआरनै भनेर हो कोही अपबादहरु बाहेक।कुन बिषयमा पढ्न जाँदा पिआर छ वा छैन।कसरी पिआर पाईने रहेछ थोरबहुत हेक्का राखेकै राम्रो।कन्सल्ट्यान्सीले भन्छ नि अस्ट्रेलीया छिरे पछि पिआर पक्का तर यताको कथा पुरै फरक हुन्छ।आएर पछि कन्सल्ट्यान्सीलाई गाली गरेर सराप्नु भन्दा बरु केही महिना ढिला गरेर भएपनि बुझेर आउँदा बेस।यहा कति साथीहरु पिआरमा नभएका बिषयमा आएर पछि थक्क थक्क गर्दै बसेका पर्सस्तै भेटीन्छन्।

अस्ट्रेलीया आउनु पढ्नु सगसँगै पैसा कमाउनु जिन्दगीलाई सहज बनाउनु राम्रो कुरो हो तर अन्नाहकमा भेडा जस्तो केही पनि नबुझी केबल भीषा लागेको भरमा हामफाल्नु चाँही राम्रो होईन।गर्नेले बिधार्थी कालमै कलेजको फी जुटाएर पैसा जोहो गरेर धेरै प्रगती गरेका उधाहरण धेरै छन् ।नगर्नेले पढाई सकि सक्दा पनि नेपालबाट पैसा मागेर छाक टार्नेहरु पनि छन्। दुई बर्षमै पिआर लिने पनि प्रसस्तै छन् भन दसकौ देखी बिधार्थी भिषामा हल्लीएर बस्नेहरु नभएका होईनन्।सबै कुरो तपाई आफैमा भर पर्छ।

कार्गीलको लडाईमा जित हाँसील गरे जस्तै हो यो अस्ट्रेलीयामा आएर पढेर पैसा कमाउनु।फरक यत्ति हो उता बुद्दी र बन्धुक चलाउनु पर्छ यता बुद्दी, कलम अनि थरी थरीका अस्थाई काम समाउनु पर्छ।

लेखकः मनोज पौड्याल

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349