जब प्रसबको व्यथाले एउटी हुनेवाला आमा छट्पटिन थाल्छिन् अनि हतार हतार पाएक परे हस्पिटल नत्र घरको चार दिवारमा लोग्ने जातीलाई बाहीर निकालेर केही महिला,भए सुडीनी वा नर्सको नजरमा राखिन्छ नेपालमा। अझै पनि लोग्नेले स्वास्नीले बच्चा जन्माएको हेर्न हुन्न भन्ने मान्यता रहेको छ हाम्रो नेपालमा। हतार हतार छेउमा भएको लोग्नेलाई बाहीर जान लगाईन्छ। जबकी त्यो पलको पिडा कति दर्दनाक हुन्छ लोग्नेलाई थाहा पनि हुँदैन। अनि बच्चाको जन्म पछि नाक ठुलो पारेर के जन्म्यो छोरा की छोरी भन्दै ठुलो गर्दन पारेर बधाई र शुभकामना खान मख्ख हुन्छन् ति पुरुषहरु।
एउटी दिदीको बिहे भयो बिदेशी लाहुरेसँग। बिहेको बर्ष एउटी नानी भईन्। एक महिनाको बिदामा आएका दाईले बिबाह गरे। बिहे लगत्तै परदेशिए। त्यहि साल छोरी जन्मीन् तर बिचरा दिदीले लोग्नेको न कुनै मायाँ पाईन् न कुनै सान्त्वना। फोनबाट गरेको मायाँ र साथमा दिएको मायाँले ठुलै फरक पार्छ। जति मायाँ र शितलता एउटै छानो मुनी हुँदा पाईन्छ त्यो सात समुन्द्रमा गएर एकछिन फोनमा बोलेर कदापी पाईन्न। फेरी पैसा भएपछि अरु किन चाहियो र भन्ने पनि नहुने होईनन् यो समाजमा। पैसा ठेलेकै छु भनेर गर्दन पसार्ने पनि हुन्छन् तर के पैसोले त्यो पिडाको बेलाको सहानुभुती किन्न पाईन्छ होला र। के पैसाले त्यो भारी शरीरलाई डोर्याएर पाईखाना लगिदीने मान्छे पाईन्छ होला र।
एक्कै चोटी नानी ४ बर्ष भएपछि आउँछन् दाई। हेरेर छक्क पर्छन् ओ हो मेरो छोरी तर अहँ छोरीले चिन्दीन। बाउ भनेर चिन्दा नचिन्दै फेरी परदेशिन्छन्। हुन त सबै परदेशीहरुको पीडा हो यो, बाध्यता हो तर प्रसव पिडामा आफ्नो लोग्नेसँगै होस भनेर हरेक नारीले कामना गर्छन।
यो मामलामा भने पाश्चात्य मुलुकहरुलाई मान्नै पर्छ। अनिवार्य रुपमा लोग्ने र स्वास्नीसँगै हुनै पर्छ। बोरु अरु कोही नभएपनि हुन्छ तर जोईपोईसँगै हुन्छन् पिडामा। कुनै रोक हुँदैन आफ्नो लोग्नेलाई।बरु बच्चा जन्मिरहेको बेलासँगै हातमा हात समाई त्यो पिडाको अनुभुती गरि रहेका हुन्छन्। सँगै भयो भने पिडा पनि बाडीन्छ अनि आफुलाई कम पिडा भएको महसुस हुन्छ।
यस्तै एउटा घटना हो अस्ट्रेलीयाको। लोग्नेले कहिले पनि नियमीत जाँचको लागि जान अग्रसर देखाएन। एक्लै दिदी हस्पीटल जान्थिन्।शुरुवातका दिनहरुमा त खासै गार्हो नहोला तर समय बित्दै जाँदा गार्हो हुँदै गयो। जति आग्रह गर्दा पनि जान मान्दैन थिए। तर जव बच्चा हुने मिती जति नजिक जाँदै आयो डाक्टरले जोईपोईलाई सँगै आउन र सकेसम्म सँगै बस्ने आग्रह गर्यो। जब प्रसबको पिडा सुरु भयो हस्पिटल लिएर गए। साथमा लोग्ने पनि साथमा थिए। डाक्टरले अप्रेसन गर्न पर्छ भन्यो। लोग्ने हिच्कीचाउँदै थिए तर अप्रेसन थिएटरमा सँगै बस्न कर लाग्यो। अनि बल्ल उसले देख्यो नारीलाई कति पिडा हुँदो रहेछ भनेर।
त्यस परन्त कुनै समयपनि एक्लै छोडेन किनकी जब पिडा आँखाले देखिन्छ अनि थाहा हुन्छ एउटी नारीले बच्चा जन्माउँदा कति पिडा हुन्छ भनेर। बाहीर बाहीर गर्धन फुलाएर लौ लड्डु खाउ मेरो छोरो भयो ,मेरो छोरी भयो भन्नु भन्दा बरु सँगै बसेर त्यो पिडालाई अनुभुत गर्दा धेरै राम्रो हुन्छ त्यसैले जस्तो सुकै बन्देज र बाध्यता भए पनि प्रसवको समय मिलाएर सँगै भएकोनै दुवैलाई राम्रो हुन्छ।