अष्ट्रेलियाको मेर्ल्बर्नमा बस्दै आएका सन्जय सेन्चुरी लगायत टिमले चर्चित गायक नरेन लिम्बु को एल्बम”नेपाली ठिटो” बाट सार्बधिक रुचाइएको गीत “मलाई भन्न आउँदैन” को कभर भिडियो बनाएका छन। भिडियोको निर्देशन, भिडियोग्राफि सञ्जय सेन्चुरीले गरेका हुन। भिडियो “बाबा फिल्म्स प्रोडक्सन”ले बजारमा ल्याएको हो । हेल्लो अष्ट्रेलिया टिभी मा मुख्य क्यामरामेनको रुपमा काम गर्दै आएका सेन्चुरीको यो निर्देशनको रुपमा डेब्यु भिडियो रहेको छ । प्रस्तुत भिडियोमा बिशाल भण्डारी र साइमोन के सि को जोडि राम्रो देखिएको निर्देशक सेन्चुरिको भनाई छ।
मेर्लबर्नको रमणिय ठाउँहरुमा छायांकन भएको भिडियोमा प्रस्तोताले निकै नै मेहेनत गरि खिचिएको देख्न सकिन्छ । सम्पादन सेन्चुरी आफै ले गरेको यस भिडियो को पोस्ट प्रोडकसन भने “बाबा फिल्म्स”ले गरेको छ।
यो आफ्नो पहिलो प्रयास भएको र आउँदा दिनहरुमा अझै राम्रा म्युजिक भिडियोहरु बजारमा ल्याउने प्रयत्नमा लाग्ने सन्जय जि बताउनु हुन्छ।