eNepal

कसले भन्यो अस्ट्रेलीयामा दु:खमात्र छ!!!

सँसारको जुनै कुनामा पुगे पनि सु:ख छैन।सु:ख त केबल आफ्नो भोगाईमा फरक पर्छ।नेपाल बसिन्जेल नेपालमा दु:ख भयो अव बिदेश जानुपर्यो भन्दै उचालिए पछि परेको दुख सहष्र स्विकार्छु भनेरनै हो बिदेश आउने।आएपछि दु:ख छ भनेर बिलौना गर्नुको कुनै औचित्य छैन।

घरमा बा आमालाई धम्क्यार घुर्क्याएर बाईकमा तेल सकियो हजार रुपयाँ दिनु त भनेर कहिले नगरकोट त कहिले सुन्दरीजल बाईकमा पछाडी मैयालाई हालेर हिडेको जस्तो सजिलो कहाँ हुन्छ र साथी यो परदेश।काम नगरी मुखमा माड लाग्दैन। अर्को कुरो न त कठै बरा भन्दिने मान्छे भेटीन्छ। जे गर्ने हो आफैले गर्ने हो। एट्टिचुयुडको जिवाणु छ भने पनि तिमी बरु नेपालमै बा आमालाई दङ्गाएर बस तर मिलनसारको भावना छ भने यो बिरानो ठाउँमा टिक्न खासै गार्हो चाँही हुँदैन। किनकी बोल्नेको नै पिठो जहाँ गए पनि बिक्ने चाहे नेपाल होस् वा अस्ट्रेलीया।

आफ्नो परिश्रमको फल खान थाले पछि बल्ल दिमागमा बत्ती बल्छ अनि आभास हुन्छ कतिको दुख र सुख रहेछ पैसो कमाउन। अरुको पैसोमा मोज गरिन्जेल कुनै अनुभुती हुँदैन दुखको। दु:ख नेपालमा पनि आफ्नो परिश्रम गर्नेलाई छ नत्र बेचलर पढेर दिनभरी काठमाण्डौको धुलो र धुवाँमा कुनै प्यासको परबाह नगरी कन सडकका पेटी पेटी फाईनान्सको पैसा सङ्कलन गर्दै हिड्नेलाई सोध,हातमा सटिफिकेट बोकेर दिनरात कामको दौरानमा भौतारीदै कहिले एनजियो त आएनजियो,कहिले सरकार र कहिले गैर सरकारी जागीर भेटीन्छ कि भन्दै हिड्ने तमाम् नेपालीलाई सोध। अनि भन्छौ त्यतिका धेरै रकम खेर्चेर आएर बिदेशमा दु:ख छ।

आज मलाई कुनै ग्लानी छैन बिदेश आएकोमा, कलेज र काम अनि मनोरन्जनको लागि समय मिलाएको छु। भनेको दिन कलेज जान्छु,कामको लागि पाँच दिन अफीस क्लिनीङ सरसफाई गर्छु।आफुलाई खर्च पुर्याएर घरमा नि अलिकति पठाउँछु। अर्को सेमेस्टरलाई अहिले देखिनै पैसा जोहो गर्दैछु। अन्नाहकमा घरमा पैसो पुगेन भनेर तनाब दिन्न चहान्न। बेलैमा सजग भएकोनै राम्रो हुन्छ जस्तो लाग्छ अन्तिममा आएर फड्को मारेर आत्तालिनु भन्दा। केही समय मनोरन्जनलाई पनि छुटाएको छु। नेपाली कार्यक्रममा जान्छु रमाईलो गर्छु।साथीहरुसँग पनि समय बिताएको छु।

खै मैले त कुनै दुःखको अनुभुती गरिन।दु:ख सु:ख भनेको त आफुले लगाएको जिन्दगीको लगाम अनुसार फरक पर्ने हो। न त कोही सङ्गतले बिग्रन्छ न त कोही चाहेर सुख र दु:खको भागेदार हुन्छ,यो त नितान्त आफुमा भर पर्ने कुरा हो। मात्र के बुझ्न पर्छ भने दु:ख गर्न लाज,सरम,अल्छीपना गर्न हुँदैन। सन्सारको कुनै ठाउँ गएनी सु:खनै हुन्छ द:ख त केबल मित्था मात्र हो।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349