eNepal

वर्तमान एनआरएनए अस्ट्रेलीयाका प्रेसीडेन्ट टोनु गोथाने ज्युलाई खुला पत्र

लामो र अथक मेहीनेत, राजनैतीक र गैर राजनैतीक साँटगाँठ प्रश्चात धेरै बर्ष देखी सिड्नीको बर्चश्वमा रहेको एनआरएनएको प्रेसीडेन्ट पदमा बिजयी हुनु भएकोमा दाई टोनु गोथाने ज्युलाई समस्त अस्ट्रेलीया बिशेष गरेर भिक्टोरीबासीको तर्फबाट एकमुस्ट बधाई तथा शुभकामना। यो दुई बर्षे कार्यकालमा कसैले नगरेको काम गरेर देखाउनु वा समाजलाई कायापलट हुनेखालको कार्यक्रम गर्नु होस भनेर म कदापी भन्दीन तर कमसेकम अौलामा भाँच्न सक्ने सम्म काम चाँही गरेर देखाउनुहोस्।

अबको दुई बर्षमा एनआरएनको चुनाबलाई अनलाईन मार्फत भोट हाल्ने प्रावधानको बिकाश होस् ताकि सँसारको जुनसुकै ठाउँबाट मत हाल्न सकियोस् र भारी मतका साथ बिजयी भएको सुन्न पाईयोस् पाँच भोटले मात्र होईन।

बिधार्थीनै हुन् भोलीका एनआरएनका सदस्य अनि उमेद्वार तर बिधार्थीलाईनै यसको सदस्य र मत हाल्ने अधिकारबाट बर्जीत गरिएको छ।आखिरी किन। कमसेकम बिधार्थीले पनि मत खसाल्ने अधिकार पाउनु पर्छ भन्ने धेरै बिधार्थीको गुनासो रहेको छ।यसबारेमा पनि तपाईको कार्यकालमा केही सुधार हुन्छकी भन्ने आश धेरैले राखेका छन्।

तपाई आफै कन्सल्ट्यान्सीसँग आबद्द हुनु हुन्छ।कन्सल्ट्यान्सी भनेको बिधार्थीलाई बेच्ने ठाउँ जस्तो मात्र भई रहेको छ। बिशेष गरेर अस्ट्रेलीयामा रहेका कन्सल्ट्यान्सीहरुमा मनपरी तन्त्रनै रहेको छ। रत्नपार्कमा बेच्न राखिएका फुटपाथे कपडा जस्तो ठान्छन बिधार्थीलाई। रेटको खेलमा बिधार्थीलाई खेलाईन्छ।फलानोको भन्दा मसस्तोमा मिलाई दिन्छु।यस्तो र उस्तो अफर दिन्छु भनेर बिधार्थीको मनस्थितीनै खलबल पारीन्छ।एउटा सही र पारदर्शी खालको निती नियम बनाएर बिधार्थीको भविस्य प्रती हुने खेलबाड तुरुन्त रोकीयोस्। सिधै भन्नु पर्दा बिधार्थीको पढाईमा हुने बार्गेनीङ प्रथा हटाउने पहल होस्।

फेरी कुरो आउँछ बिधार्थी कल्याणकोष।आखिरी भवितब्य वा अकल्पनिय मृत्यु भएका केही युवाहरुको लाशलाई नेपाल पठाउन बाहेक त्यो उठेको रकमको उपयोगीता खै कहाँ छ। के मरेपछि $२००० डलर दिनलाई मात्र त्यो कोष बनेको हो। यहाँ हरेक शैक्षीक शत्रमा बिधार्थीहरु आउने क्रम बढ्दो छ। कति काम नपाएर बिचल्लीमा परेका छन्,कोही उचीत परामर्ष नपाएर अलपत्रमा परेका छन्।कति नेपालीले स्वम् ठगेर मार्कामा परेका हुन्छन्। कम्सेकम यस्ता पिडीत बिधार्थीहरुको लागि केही पहल गर्न सके भोली गएर भई परि आउने नराम्रा समस्या जस्तै आत्महत्यामा केही कमी आउने थियो।

सबैलाई थाहा भएको कुरो हो बिधार्थीको पहिलो भेट तपाईपनि आबद्द रहनु भएको व्यबसाय कन्सल्ट्यान्सी हो। हरेक बर्ष हामीले सुन्दै आएको समाचार फलानो बिधार्थी समुन्द्र तटमा डुबेर मृत्यु। कमसेकम सबै कन्सल्ट्यान्सीहरुले अस्ट्रेलीयाको समुन्द्रको बेग र करेन्ट अनि यसले निम्ताउन सक्ने दुर्घटनाको बारेमा शुरुमै जानकारी दिन सके केही हदसम्म यस्ता घटना नदोहोरीन सक्थे कि। खाली फस्ल्याङ फुस्लुङ पारेर बिधार्थीलाई पठाउने ध्याउन्नमा भन्दा पनि यस्ता दुर्घटनाहरुबाट कसरि बच्ने लगाएतका बिषयमा तपाई लगाएत सम्पुर्ण कन्सल्ट्यान्सीले उचित परामर्ष दिई बुझाई दिए हुने थियो। खाली एकदिन समुद्रको छेउमा गएर एउटा फोटो खिचेर समुन्द्रमा हुने दुर्घटाको बारे सतर्कताको लागि आज यसो गर्यौ भनेर बर्षमा एकदिन फेशबुकमा फोटो हाल्नु भन्दा सबै बिधार्थीलाई हरेक कन्सल्ट्यान्सीले यसो पाठ पढाई दिए हुने थियो।

अव भिक्टोरीयाको प्रतीनिधीत्व गर्दै प्रेसीडेन्ट हुनु भएको छ। बिगत धेरै बर्षदेखी सुन्दै आएको नेपाली समुदायीक भवन।यसको निर्माण कहाँ, किन र कसरी हुन सकिरहेको छैन। हरेक मिटीङ सेमीनार गोष्ठीमा कुरो त हुन्छ।च्यारिटी वा गाला डिनर गरेर रकम पनि नउठेको होईन। के अव तपाईको नेतृत्वमा भएको एनआरएनएबाट भिक्टोरीयाबासीले यो सामुदायीक भवनको आश राख्ने कि नराख्ने। यसमा तपाईबाट पक्कै ठुलै पहल हुनेमा भिक्टोरीयाबासी आशाबादी छन्।पक्कैपनि निरास नपारीयोस्।

एउटालाई काखा अरुलाई पाखा तपाईको कार्यकालमा नहोस्। समाजका सबै सँघसँस्था चाहे खेलकुदसँग आबद्द होस् या सँस्कृतीसँग,चाहे ठाउँ बिशेषसँग जोडीएका सँस्था होस् या धर्मसँग जोडीएको सबैलाई समेटर अगाडी बढोस्। कम्सेकम कुनैपनि कार्यक्रमहुँदा एउटा ईमेल चाँही सबै सँघसँस्थालाई जोवस् ताकि ए सम्झिएछन भन्ने भान होस्। यहि कारणले भोली ठ्याक्क ठुक्क नपर्ला भन्न सकिन्न।

माथिल्लो स्तरमा गर्न पर्ने धेरै काम होलान् र त्यो सम्बन्धी त्यति सर्वसाधारणलाई हेक्का नहोला तर कम्तिमा पनि यस्ता केही कामहरु हुन् जसले टोनु गोथानेलाई चुनाबको दिन ढोका लगाउन आँटेको बेला हस्याङफस्याङ गर्दै हालेको मतको कदर होस् र अवको २३ महिना पछि पनि वहा टोनु दाई भनेर फेरी एकपल्ट सबैले मुक्तकण्ठले नाम लिन सकुन। अव एकचोटी हुनु पर्ने थियो भई हालीयो भनेर बार्बेक्यु र नेपाल फेस्टीभलमा मात्र सिमीत नरहोस् तपाईको कार्यकाल।
उही तपाईको शुभचिन्तक
मनोज

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349