eNepal

के को घमण्ड हो सुस्मिताको यस्तो

भुवन केसी नेपाली सिनेमा जगतमा सोर्निम अक्षरले लेखिने धेरै नामहरु मध्ये यक हो | सम्झना , कुसुमेरुमाल , नेपाली बाबु, करोडपति जस्ता हिट चलचित्र दियर दर्सकको मन मुटुमा बस्न सफल उनलाई दर्सकहरूले राजेश हमाल पश्च्यातको एकमात्र उत्क्रिस्त व्यक्तित्वका रुपमा चिन्छन | बालक देखि ब्रिद्द सम्मका रोजाईमा पर्न सफल हाम्रो अत्यन्तै प्रिय भुवन केसी यक सफल अभिनेता मात्र नभई सफल निर्माता पनि हुन् |

उनको पारिबारिक जीवन तेती सफल नदेखिय पनि फिल्मी जीवन भने बृहत रुपमा सफल मानिन्छ | उनिमात्र होइन उनको परिवार बाट उनकी पूर्व पत्नी सुष्मिता र छोरा अनमोल पनि चलचित्र जगतमा निकै सक्रिय छन् |

अनमोल केसी अहिलेक चल्तीका नायक हुन् | दर्सकहरुलाई मोहित बनौन सफल अनमोल केसीले सुरुवाती दिन पश्च्यात अहिलेसम्म अभिनय गरेका फिल्म बम्पर हिट भएका छन् | यिनै अनमोलकि आमा हुन् सुस्मिता केसी |

सुष्मिता केसीलै सिनेमा नगरीमा प्राय उनको नाम र कामले भन्दा
भुवन केसीको पूर्व पत्नी साथै अनमोल केसीको आमा भनेर बढी चिन्ने गर्दछन दर्सकहरु | हुनत नेपाली बाबु र करोडपति जस्ता राम्रा चलचित्र सुष्मिता अभिनित नै थिए तर पनि उनि चलचित्र जगतमा तेती धेरै लोकप्रिय भने छैनन् | भुवन र उनको सम्बन्धको गाठो फुकेको धेरै भैसक्दापनि उनि सिंगल छिन |

आजकल दर्सकहरुको नजरमा उनि धेरै बिबादित बनिरहेकी छिन | प्राय नेपालमा राम्रो लोकप्रियता कमायका तेस्ता धेरै सेलेब्रिटी छन् जसलाई का, कतिखेर, कोसँग,के अनि कसरि बोल्नुपर्छ भन्ने कुराको पर्याप्त जानकारी छैन | शुस्मिताको हिजोआजको गतिबिधि हेर्दा उनलाई पनि हाम्रा दर्सकहरुले बोल्न नजान्ने सुन्दरीहरुको लिस्टमा समाबेश गरेका छन् | कारण , उनि ताल न बेताल संग आजकल आफ्ना फेसबुक स्टाटस मार्फत हरकोही लाई तथानाम गाली गर्छिन |
केहि साता उता पूर्व पति भुवन केसीले सुष्मिता र उनको छोटपत्र अनमोल ५ वर्ष हुदा भएको र तेस्प्स्च्यत उनले नै अनमोलको रेखदेख गर्दै आएको खुलाएका थिए | उनले नत सुष्मितालै नराम्रो नै भनेका थिय नत गालीनै गरेका थिय | मात्र येति भनेका थिए अहिले उनको जीवनमा सुष्मिताको महत्व तेती छैन | तर खै किन भड्किन उनि , सामाजिक संजालमा भुवन लै ATM , Sugar daddy अनि डिङ्गो बा भन्दै तथानाम बोलिन | येति मात्र होइन आफ्ना अन्य साथीहरुलाई नि उक्त लेखमा ट्याग गरिन | साएद उनलाई भुवनले उनको महत्वो छैन भनेको चित्त बुझेन | तरपनि सुष्मिताको यो हर्कत सम्पूर्ण कलाकारहरुको बेइजत हुनेजस्तो थियो | देशको कलाकारले आफ्नो व्यक्तिगत जीवनको समस्याहरु तेसरी फेसबुकमा पोस्ट गरेर रिस पोख्नु के उचित होला ?

दर्सक भन्छन छोटपत्र पश्च्यात भुवनले तेसो भन्नु सोभाबिक हो | | होइन भने किन संगै बसिनन भुवन संग ? तेती मात्र होइन , अहिले सोसिअल मिडियामा सुष्मिताका बारेमा तेस्लाई लियर निकै नराम्रा टिका टिप्पणी हुदै छन् | दर्सक भन्छन बिनाकारण सामाजिक संजालमा भुवन केसीको मान हानी गरिन | आफु सोयम कलाकार भएर नत उनले एउटा कलाकारले अर्को कलाकारलै गर्नु पर्ने सम्मान गरिन नत आफ्नो छोराको बाऊ हुनुको लिहज गरिन | तर भुवन केसीको धैर्यता र संयमतालाई देखेर हाम्रो दर्सकभने चकित भय | पूर्व पत्नीको उक्त गतिविधिलाई नियालिरहेका भुवन केहि बोलेनन् | साएद छोराको मुख हेरे उनले | नत्र साएद सुष्मिताको ठाउँमा अरु हुदा हुन्त भुवन चुप लाग्दैनथे |

एसको टिकाटिप्पणी सेलौना नपाउदै उनले पुन सामाजिक संजालमा अभिनेत्री पूजा शर्मालाई तथानाम गाली गरेकी छिन | कारण रहेको थियो , अन्तरबार्ता दिने क्रममा पूजा शर्माले भाग्यले चलेका दुई कलाकारको नाम लिनु पर्दा भुवन र अनमोल लाई रोजेकी थिइन् | तेस्को उपच उनले हिजोको चल्ला धेरै चु चु नगर राम्रो हुन्न भन्दै मुखमा आएसम्म गालि गरेकी छिन | उनको यो हर्कतले हाम्रो दर्सकहरु अलमल्ल परेका छन् | दर्सक भन्छन आखिर के कुराको घमण्ड गर्दैछिन उनि ? अनमोल केसीको आमा भएर हो या भुवन केसीको पूर्व पत्नी भएर ? किनकि उनि संग जे छ आफ्नो छोरा र पूर्व पतिको कारणले छ |

भाग्यले चलेको भन्नु कुनै गलत होइन | मानिसको जीवन सफल हुने मूल मन्त्र कर्म र भाग्य हो | कर्मले मात्र केहि हुदैन | हरेक कोहिले गरेको कर्म र बलियो भाग्यरेखाले उनीहरुलाई जीवनमा सफल यात्रु बनौदछ | झन् यो कुरा कलाकारहरुको बिसयमा एकदम लागु भएको देख्न सकिन्छ | नेपाली चलचित्र जगत तेस्तो क्षेत्रहो जहाँ चलचित्र मुख्य पेस भएकाहरुलाई जीवन चलाउन धौ धौ पर्छ |

पहिलेको समय धेरैलाई अबगतनै छ | भुवन संगै चलचित्र जगतमा उदाएका सिब श्रेष्ठ , धिरेन साक्य, सुशील क्षेत्री जस्ता कलाकार केहि मात्रामा चलचित्र गरि निस्क्रिय हुनु भयो | झन् केहि कलाकार हरु नाम , दाम अनि काम हुदा हुदै पनि सोचेअनुरुपको आयस्रोत बनौन नसक्दा बिदेशिनु सम्म पर्यो | तर भुवन केसीलाई नत बिदेसिनु नै पर्यो नत नाम , दाम , र कामको नै अभाब भयो | अहिले भुवनको छोरा समेत सिने नगरीमा भित्रि सकेका छन् | नया पिढीहरु चलिरहेको समय हो अहिले | उह बेलामा सिने जगतमा यक छत्र राज गर्ने महानायक राजेश हमाल पनि खासै चलचित्रमा देखिनु भएको छैन | एस्तो अवस्थामा हाम्रो दर्सकले भुवन केसीले गरेको हरेक कामलै रुचाउनु , प्रोत्साहन दिनु निकै ठुलो कुरा हो | तेसैले होला हाम्रो दर्सक भन्छन एस्लाई अझ भाग्य मात्रा होइन अहोभाग्य ठान्नु पर्छ |

चलचित्र जगतमा साम , दाम सब्बै प्रयोग गरेर लागिपर्ने कति कलाकार हरु असफल भयका छन् | अब भन्नुस भुवन केसीको भाग्य बलियो भन्नु गलत हो कि सहि ?
दर्सकहरुको प्रस्न :कुरा नबुजि अरुलाई तथानाम बोल्ने अधिकार कसले दियो सुष्मितालाई ? सम्मान सामाजिक संजालमा रोई कराई गरेर पईदैना | देशको गौरब हो कलाकार | तेस्मा दाग किन लगाउनु हुन्छ ? एउटा सम्माननीय ब्यतित्वो भएर झिना मसिना कुरालाई पहाड बनाएर अरुको मान हानी गर्नु के उचित हुन्छ ?
आज हरेक कलाकार जे छन् संचारकर्मी कै कारण छन् | कलाकार र संचारकर्मी बीचको आत्मियता नग र मासु जस्तो हो | येसरी हरेक चोटी कहिले कुन कलाकार त कहिले कुन पत्रकारको अपमान गरेर के साबित गर्न चाहन्छिन उनि ?

संचार माध्यम , दर्सक र कलाकार बीचको दुरी मेटाउने साधन भएकाले जनताको चासोको बिसयालाई उठान गर्नु संचारकर्मीहरुको दायित्त्वो हो | हरेक कोहि आफ्नो मर्यादा बस्नु पर्छ | येसरी देशको उच्च व्यक्तिहरुले नै सहि गलत पहिचान गर्न नसक्ने हो भने अरु बाट केको अपेक्षा गर्ने ? जुनसुकै समस्याको समाधान हुन्छ | मेलमिलाप र आत्मीयताका साथ समाधान हुने चिजलाई किन चयिने भन्दा बढी बढावा दिन्छौ हामी ?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349